
८ भदा, कञ्चन
गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ पिपरीचापा रुपन्देहीको आयोजनामा सञ्चालित दोश्रो गौतमबुद्ध कप नाइन ए साइड फुटवल प्रतियोगिताको पहिलो फाइनलिस्ट कञ्चनको रेन्वो एकेडेमी बन्न सफल भएको छ।
हिजो रेन्वो एकेडेमी र योङ्ग ब्वाइज बिच भएको पहिलो सेमीफाइनल खेलमा रेन्वो एकेडेमी विजयी भएको हो। रेन्वो एकेडेमीले १-० गोल अन्तरले योङ्ग ब्वाइजलाई पराजित गरेको हो। रेनवो एकेडेमीका लागि निर मगरले १ गोल गरेका थिए।
उक्त खेलमा योङ्ग ब्वाइजका लागि दर्जन भन्दा बढी सुनौलो गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसकदा रेन्वो एकेडेमीका निर रानाले गरेको १ गोल नै रेन्वो एकेडेमीका लागि फाइनल प्रतिस्पर्धाको यात्रा तय गर्ने अवसर प्राप्त भएको हो। रेन्वो एकेडेमीले आज सुनगाभा सामुदायिक बिकास केन्द्र र बिश्व शान्ती युवा क्लब, सैनामैना-१० बिच हुने सेमीफाइन खेलबाट विजयी हुने टिमसंग उपाधीका लागि प्रतिस्पर्धा गर्ने छ।
यस्तै हरितालिका तीजको सन्दर्भ पारेर संचालन गरिएको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद ५ हजार रुपैया सहित मेडल प्रदान गरिने र बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुका लागि पनि आकर्षक पुरस्कार रहेको खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
पिपरीचापा खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा न्यू सिर्जनशिल एफ.सि कञ्चन ४ रूपन्देही, न्यू बुद्ध स्पोर्टस क्लब वाणगंगा नगरपालिका ११, रेन्बो एकेडमी कञ्चन ३ हरैया, रुपन्देही, मुर्गिया फुटवल क्लब सैनामैना ४ रुपन्देही, योङ्ग ब्याईज देवदह, रूपन्देही, चाँदनी युवा क्लब कञ्चन १ रुपन्देही, बुद्ध सेभेन स्टार क्लब सैनामैना ११ रूपन्देही, न्यू सिर्जना युवा क्लब तिलोत्तमा १३ रुपन्देही, सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चन ४ रूपन्देही, ईभोलुसन क्लब तामनगर, रूपन्देही, भैसाही युवा क्लब कञ्चन ५ रुपन्देही, एम।बि। ब्रोदर्श फर्साटिकर, रूपन्देही, करङ्गे एफ.सि. कञ्चन, रूपन्देही, गौतम बुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ रूपन्देही, सुनौलो संगम युवा क्लब कञ्चन ३ रूपन्देही, बिश्व शान्ति युवा क्लब सैनामैना १० सालझण्डी गरी १६ फुटवल क्लवहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन।
आजआज बिश्व शान्ती युवा क्लब, सैनामैना-१० र सुनगाभा सामुदायिक बिकास केन्द्र, कन्चन-४ बिच दोश्रो सेमीफाइनल खेल हुने खेल संयोजक पुनले जानकारी दिनु भएको छ। आजको खेल दिउँस ३ः३० बजेबाट शुरु हुने आयोजकले जनाएको छ। फाइनल खेल पर्सी भदौ १० गते हरितालिका तीजका दिन हुने छ।