
७ भदौ, कञ्चन
रुपन्देहीको कञ्चनमा जारी दोश्रो गौतमबुद्ध कप नाइन ए साइड फुटवल प्रतियोगिता अन्तर्गत हिजो क्वाटर फाइनलका सबै खेलहरु सकिएका खेलहरु सकिएा छन। हिजो सम्पन्न दुई क्वाटर फाइनल खेलमा योङ्ग ब्वाइज र विश्वशान्ति विजयी भई सेमीफाइनलमा प्रवेश गरेका छन।
योगङ्ग ब्वाइज र न्यू सृजना बिच भएको तेश्रो क्वाटर फाइनल खेलमा योङ्ग ब्वाइज विजयी भएको छ। योङ्ग ब्वाइजले न्यू सृजनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो। उक्त खेलमा योङ्ग ब्वााइजका लागि मन्नु कुमाल, निखिल पुन र मनिस तामाङ्गले १-१ गोल गरेका थिए भने न्यू सृजनाका लागि दिनेश गुरुङ्गले २ गोल गरेका थिए। तेश्रो क्वाटर फाइइनल खेलमा योङ्ग ब्वाइजका निखिल पुन म्यान अफ द मयाच बन्न सफल भएका छन।
यसैगरी विश्वशान्ति युवा क्लव र गौतमबुद्ध सामुदायिक बिकास केन्द्र (आयोजक) बिच भएको हिजोको अन्तिम तथा चौथो क्वाटर फाइनल खेलमा विश्वशान्ति विजयी भएको हो। विश्वशान्तिले गौतमबुद्धलाई २-० गोल अन्तरले पारजित गरेको हो। विश्वशान्तिका लागि आकाश रानाले एक्लैले २ गोल गरेका थिए। उक्त खेलमा विश्वशान्तिका आकाश राना म्यान अफ द म्याच बन्न सफल भएका छन।
गौतमुबद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ पिपरीचापा रुपन्दहीको आयोजनामा सञ्चालित दोश्रो गौतमुबद्ध कप नाइन ए साइड फुटवल प्रतियोगिताको विजेताले विजेता टिमले १,११,१११ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन भने उपविजेता टिमले ६६,६६६ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
यस्तै हरितालिका तीजको सन्दर्भ पारेर संचालन गरिएको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद ५ हजार रुपैया सहित मेडल प्रदान गरिने र बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुका लागि पनि आकर्षक पुरस्कार रहेको खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
पिपरीचापा खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा न्यू सिर्जनशिल एफ.सि. कञ्चन ४ रूपन्देही, न्यू बुद्ध स्पोर्टस क्लब वाणगंगा नगरपालिका ११, रेन्बो एकेडमी कञ्चन ३ हरैया, रुपन्देही, मुर्गिया फुटवल क्लब सैनामैना ४ रुपन्देही, योङ्ग ब्याईज देवदह, रूपन्देही, चाँदनी युवा क्लब कञ्चन १ रुपन्देही, बुद्ध सेभेन स्टार क्लब सैनामैना ११ रूपन्देही, न्यू सिर्जना युवा क्लब तिलोत्तमा १३ रुपन्देही, सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चन ४ रूपन्देही, ईभोलुसन क्लब तामनगर, रूपन्देही, भैसाही युवा क्लब कञ्चन ५ रुपन्देही, एम.बि. ब्रोदर्श फर्साटिकर, रूपन्देही, करङ्गे एफ.सि. कञ्चन, रूपन्देही, गौतम बुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ रूपन्देही, सुनौलो संगम युवा क्लब कञ्चन ३ रूपन्देही, बिश्व शान्ति युवा क्लब सैनामैना १० सालझण्डी गरी १६ फुटवल क्लवहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन।
आज रेन्वो एकेडेमी र योङ्ग ब्वााइज बिच पहिलो सेमीफाइनल खेल हुने खेल संयोजक पुनले जानकारी दिनु भएको छ। आजको खेल दिउँस ३ः३० बजेबाट शुरु हुने आयोजकले जनाएको छ।