
६ भदौ, कञ्चन
रुपन्देहीको कञ्चनमा जारी नाइन ए साइड फुटवल प्रतियोगिता अन्तरगत छैठौं दिनमा सञ्चालन भएको क्वाटर फाइनल खेलमा दुई खेल सम्पन्न भएको छ। हिजो भएको क्वाटरफाइनल खेलमा रेन्वो एकेडेमी र सुनगाभा सामुदायिक बिकास केन्द्र सेमीफाइनल खेलमा प्रबेश गरेका छन।
हिजो रेन्वो एकेडेमी र न्यू सिर्जनशिल युवा क्लव बिच भएको पहिलो क्वाटर फाइनल खेलमा रेन्वो एकेडेमी विजयी भएको छ। रेनवोले न्यू सिर्जनशिललाई ३-० गोल अन्तरले पराजित गरेको हो। रेनवोका लागि सन्दिप चौधरी, मिलन आले र सुरज थारुले १-१ गोल गरेका थिए। पहिलो क्वाटरफाइनल खेलमा सन्दिप चौधरी म्यान अफ द म्याच भएका छन।
यसैगरी सुनगाभा सामुदायिक बिकास केन्द्र र भैसाही युवा क्लव बिच भएको दोश्रो क्वाटर फाइनल खेलमा सुनगाभा विजयी भएको छ। सुनगाभाले भैसाही युवा क्लका विरुद्ध ३-१ गोल गरेको थियो। सुनगाभाका लागि अजित गुरुङ्गले २ गोल र कमल भट्टराइले १ गोल गरेका थिए भने भैसाहीका लागि सञ्जु सेनले १ गोल गरेका थिए।
गौतमुबद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ पिपरीचापा रुपन्दहीको आयोजनामा सञ्चालित दोश्रो गौतमुबद्ध कप नाइन ए साइड फुटवल प्रतियोगिताको विजेताले विजेता टिमले १,११,१११ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन भने उपविजेता टिमले ६६,६६६ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
यस्तै हरितालिका तीजको सन्दर्भ पारेर संचालन गरिएको प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद ५ हजार रुपैया सहित मेडल प्रदान गरिने बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुका लागि पनि आकर्षक पुरस्कार रहेको खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
पिपरीचापा खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा न्यू सिर्जनशिल एफ.सि. कञ्चन ४ रूपन्देही, न्यू बुद्ध स्पोर्टस क्लब वाणगंगा नगरपालिका ११, रेन्बो एकेडमी कञ्चन ३ हरैया, रुपन्देही, मुर्गिया फुटवल क्लब सैनामैना ४ रुपन्देही, योङ्ग ब्याईज देवदह, रूपन्देही, चाँदनी युवा क्लब कञ्चन १ रुपन्देही, बुद्ध सेभेन स्टार क्लब सैनामैना ११ रूपन्देही, न्यू सिर्जना युवा क्लब तिलोत्तमा १३ रुपन्देही, सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चन ४ रूपन्देही, ईभोलुसन क्लब तामनगर, रूपन्देही, भैसाही युवा क्लब कञ्चन ५ रुपन्देही, एम.बि. ब्रोदर्श फर्साटिकर, रूपन्देही, करङ्गे एफ.सि. कञ्चन, रूपन्देही, गौतम बुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ रूपन्देही, सुनौलो संगम युवा क्लब कञ्चन ३ रूपन्देही, बिश्व शान्ति युवा क्लब सैनामैना १० सालझण्डी गरी १६ फुटवल क्लवहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन।