
५ भदौ, कञ्चन
रुपन्देहीको कञ्चनमा जारी दोश्रो गौतमबुद्ध कप नाइन ए साइड फुटवल प्रतियोगिता २०८२ अन्तरगत पहिलो चरणका सम्पुर्ण खेलहरु सकिएका छन। गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ चौपारी रुपन्देहीको आयोजनामा सञ्चालन भएको हिजोको पाचौं दिनमा विश्वशान्ति युवा क्लव र सुनौलो संगम फुटवल क्लव बिच प्रतिस्पर्धा भएको थियो।
विश्वान्ति युवा क्लव र सुनौलो संगम एफ.सी. बिच भएको पहिलो चरण अन्तरगतको अन्तिम खेलमा विश्वशान्ति विजयी भएको छ। विश्वशान्तिले सुनौलो संगमलाई ३-२ गोल अन्तरले पराजित गरेसंगै विश्वशान्ति क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो।
हिजो भएको खेलमा विश्वशान्तिका लागि विश्वास श्रेष्ठ, रोशन थापा र आशिस रानाले १-१ गोल गरेका थिए भने सुनौलो संगमका लागि विक्की राई र बसन्त थापाले १-१ गोल गरेका थिए। हिजो खेलमा विश्वशान्तिका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भएको गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका खेल संयोजक रोशन पुनले जानकारी दिनु भएको छ।
हरितालिका तीजको सन्दर्भ पारेर संचालन गरिएको प्रतियोगिताका विजेता टिमले १,११,१११ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन भने उपविजेता टिमले ६६,६६६ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद ५ हजार रुपैया सहित मेडल प्रदान गरिने बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुका लागि पनि आकर्षक पुरस्कार रहेको खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
प्रतियोगितामा न्यू सिर्जनशिल एफ.सि. कञ्चन ४ रूपन्देही, न्यू बुद्ध स्पोर्टस क्लब वाणगंगा नगरपालिका ११, रेन्बो एकेडमी कञ्चन ३ हरैया, रुपन्देही, मुर्गिया फुटवल क्लब सैनामैना ४ रुपन्देही, योङ्ग ब्याईज देवदह, रूपन्देही, चाँदनी युवा क्लब कञ्चन १ रुपन्देही, बुद्ध सेभेन स्टार क्लब सैनामैना ११ रूपन्देही, न्यू सिर्जना युवा क्लब तिलोत्तमा १३ रुपन्देही, सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चन ४ रूपन्देही, ईभोलुसन क्लब तामनगर, रूपन्देही, भैसाही युवा क्लब कञ्चन ५ रुपन्देही, एम.बि. ब्रोदर्श फर्साटिकर, रूपन्देही, करङ्गे एफ.सि. कञ्चन, रूपन्देही, गौतम बुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ रूपन्देही, सुनौलो संगम युवा क्लब कञ्चन ३ रूपन्देही, बिश्व शान्ति युवा क्लब सैनामैना १० सालझण्डी गरी १६ फुटवल क्लवहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन।कञ्चन ५ पिपरीचापा खेलमैदानमा हरेक दिन दिउँस १ बजे देखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तरगत आज देखि क्वाटरफइनलका खेलहरु शुरु हुने खेल संयोजक पुनले जानकारी दिनु भएको छ। प्रतियोगिताको अन्तिम फाइनल खेल भदौ १० गते हरितालिका तीजका दिन हुने केन्द्रका अध्यक्ष कमल परियारले जानकारी दिनु भएको छ।
आज क्वाटरफाइनल खेल अन्तरगत न्यू श्रृजनशिल युवा क्लव र रेन्वो एकेडेमी तथा सुनगाभा सामुदायिक बिकास केन्द्र र भैसाही युवा क्लव बिच खेल हुने आयोजकले जनाएको छ।