
४ भदौ, कञ्चन
गौतमबुद्ध सामुदायिक बिकास केन्द्र कञ्चन ५ पिपरीचापा रुपन्देहीको आयोजनामा जारी दोश्रो गौतमबुद्ध कप २०८२ नाइन ए साइड फुटवल प्रतियोगिता अन्तर्गत चौथो दिन दुई खेल सम्पन्न भएको छ।
हिजो गौतमुबद्ध सामुदायिक बिकास केन्द्र (आयोजक) र करङ्गे फुटवल क्लव कञ्चन ३ विच भएको पहिलो खेलमा गौतमबुद्ध विजयी भएको छ। गौतमबुद्धले करङ्गेलाई १-० गोल अन्तरले पराजित गरी प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेको छ। गौतमबुद्धका प्रविन बि.क.ले १ गोल गरेका थिए। उक्त खेलमा गौतमुबद्धका निशान थापा म्यान अफ द म्याच बन्न सफल भएका छन।
यस्तै न्यू श्रृजना युवा क्लव र बुद्ध सेभेन स्टार बिच भएको दोश्रो खेलमा न्यू श्रृजना युवा क्लव २-० गोल अन्तरले विजयी भएको छ। न्यू श्रृजनाका लागि सुवास गोले र निखिल थापाले १-१ गोल गरेका थिए। उक्त खेलमा न्यू श्रृजनशिल युवा क्लवका निखिल थापा म्यान अफ द म्याच भएका छन।
हरितालिका तीजको सन्दर्भ पारेर संचालन गरिएको प्रतियोगिताका विजेता टिमले १,११,१११ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन भने उपविजेता टिमले ६६,६६६ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद ५ हजार रुपैया सहित मेडल प्रदान गरिने बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुका लागि पनि आकर्षक पुरस्कार रहेको खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
प्रतियोगितामा न्यू सिर्जनशिल एफ.सि. कञ्चन ४ रूपन्देही, न्यू बुद्ध स्पोर्टस क्लब वाणगंगा नगरपालिका ११, रेन्बो एकेडमी कञ्चन ३ हरैया, रुपन्देही, मुर्गिया फुटवल क्लब सैनामैना ४ रुपन्देही, योङ्ग ब्याईज देवदह, रूपन्देही, चाँदनी युवा क्लब कञ्चन १ रुपन्देही, बुद्ध सेभेन स्टार क्लब सैनामैना ११ रूपन्देही, न्यू सिर्जना युवा क्लब तिलोत्तमा १३ रुपन्देही, सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चन ४ रूपन्देही, ईभोलुसन क्लब तामनगर, रूपन्देही, भैसाही युवा क्लब कञ्चन ५ रुपन्देही, एम.बि. ब्रोदर्श फर्साटिकर, रूपन्देही, करङ्गे एफ.सि. कञ्चन, रूपन्देही, गौतम बुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ रूपन्देही, सुनौलो संगम युवा क्लब कञ्चन ३ रूपन्देही, बिश्व शान्ति युवा क्लब सैनामैना १० सालझण्डी गरी १६ फुटवल क्लवहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन।
कञ्चन ५ पिपरीचापा खेलमैदानमा हरेक दिन दिउँस १ बजे शुरु हुने प्रतियोगिताको आज पाँचौ दिन पनि दुई खेल हुने छन।