३ भदौ, कञ्चन
रुपन्देहीको कञ्चनमा जारी दोश्रो गौतमुबद्ध कप नाइन ए साइड फुटवल प्रतियोगिताको तेश्रो दिन दुई खेल सम्पन्न भएका छन। हिजो भएको खेलमा भैसाही युवा क्लव र योङ्ग ब्वाइज विजयी भएका छन।
भैसाही युवा क्लव, कञ्चन ५ भैसाही रुपन्देही र एम.वि. ब्रोदर्स बिच भएको पहिलो खेलमा भैसाही युवा क्लव विजयी भएको छ। भैसाहीले ३-२ गोल अन्तरले एम.वि. ब्रोदर्सलाई पराजित गरी दोश्रो चरणको खेल तालिकामा प्रवेश गरेको हो।
भैसाहीका लागि एलिस मगरले २ गोल र सवि गुरुङ्गले १ गोल गरेका थिए भने एम.वि. ब्रोदर्सका लागि बलराम न्यौपानेले २ गोल गरेका थिए। भैसाही र एम.वि. ब्रोदर्स बिच भएको खेलमा म्यान अफ द म्याच एलिस मगर भएका छन।
यस्तै योङ्ग ब्वाइज र चाँदनी युवा क्लव बिच भएको दोश्रो खेलमा योङ्ग ब्वाइज विजयी भएको छ। योङ्ग ब्वाइजले ३-० गोल अनतरले चाँदनी युवा क्लवलाई पराजित गरेको हो। योङ्ग ब्वाइजका लागि अशोक सुनार, अमृत क्षेत्री र टोनिस गुरुङ्गले १-१ गोल गरेका थिए । यस खेलमा टोनिस गुरुङ्ग म्यान अफ द म्याच भएको खेल संयोजक रोशन पुनले जानकारी दिनु भएको छ।

हरितालिका तीजको सन्दर्भ पारेर संचालन गरिएको प्रतियोगिताका विजेता टिमले १,११,१११ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन भने उपविजेता टिमले ६६,६६६ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद ५ हजार रुपैया सहित मेडल प्रदान गरिने बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुका लागि पनि आकर्षक पुरस्कार रहेको खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
प्रतियोगितामा न्यू सिर्जनशिल एफ.सि. कञ्चन ४ रूपन्देही, न्यू बुद्ध स्पोर्टस क्लब वाणगंगा नगरपालिका ११, रेन्बो एकेडमी कञ्चन ३ हरैया, रुपन्देही, मुर्गिया फुटवल क्लब सैनामैना ४ रुपन्देही, योङ्ग ब्याईज देवदह, रूपन्देही, चाँदनी युवा क्लब कञ्चन १ रुपन्देही, बुद्ध सेभेन स्टार क्लब सैनामैना ११ रूपन्देही, न्यू सिर्जना युवा क्लब तिलोत्तमा १३ रुपन्देही, सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चन ४ रूपन्देही, ईभोलुसन क्लब तामनगर, रूपन्देही, भैसाही युवा क्लब कञ्चन ५ रुपन्देही, एम.बि. ब्रोदर्श फर्साटिकर, रूपन्देही, करङ्गे एफ.सि. कञ्चन, रूपन्देही, गौतम बुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ रूपन्देही, सुनौलो संगम युवा क्लब कञ्चन ३ रूपन्देही, बिश्व शान्ति युवा क्लब सैनामैना १० सालझण्डी गरी १६ फुटवल क्लवहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन।
कञ्चन ५ पिपरीचापा खेलमैदानमा हरेक दिन दिउँस १ बजे शुरु हुने प्रतियोगिताको आज चौथो दिन पनि दुई खेल हुने छन। आज करङ्गे एफ.सी. र गौतमबुद्ध सामुदायिक बिकास केन्द्र तथा बुद्ध सेभेन स्टार र न्यू सिर्जना युवा क्लव बिच प्रतिस्पर्धा हुने खेल संयोजक पुनले जानकारी दिनु भएको छ।