
२ भदौ, कञ्चन
गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५, पिपरीचापा रुपन्देहीको आयोजनामा सञ्चालन भइरहेको दोश्रो गौतमुद्ध कप नाइन ए साइड फुटवल प्रतियोगिताको दोश्रो दिन दुई खेल सम्पन्न भएका छन।
हिजो भएको दोश्रो दिनको पहिलो खेलमा सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देही विजयी भएको छ। सुनगाभाले इभुलुसन क्लव अफ तामनगरलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो। दुबै टिमबाट निर्धारित समयमा ३-३ बराबरी गोल भएपछि निर्णायकद्वारा अन्तिममा पेनाल्टी शुटआउटमा खेलको टुंगो लगाइएको थियो। सुनगाभाका लागि रोशन गुरुङ्गले २ गोल सुदिप थापाले १ गोल गरेका थिए भने इभुलुसनका लागि भूवन फौंजाले २ गोल र सुदिप बि.क.ले १ गोल गरेका थिए। उक्त खेलमा सुनगाभाका करन क्षेत्री म्यान अफ द म्याच भएका थिए।
यसैगरी मुर्गिया स्पोर्टस क्लव र रेन्बो एकेडेमी बिच भएको दोश्रो खेलमा रेन्बो एकेडेमी विजयी भएको छ। रेन्बो एकेडेमीले मुर्गियालाई ९-३ गोल अन्तरले पराजित गरेको हो।
रेन्बो एकेडेमीका लागि सुरज थारु एक्लैले ६ गोल गरी डवल ह्याट्कि गरेका थिए । यस्तै विश्व थापा, आकाश थापा र अरुण चौधरीले १-१ गोल गरेका थिए।
यस्तै मुर्गिया स्पोर्टस क्लवका लागि भने अरुण पुन, प्रविण भारी र बिकास बस्नेतले १-१ गोल गर्न सफल भएका थिए। हिजो भएको दोश्रो खेलमा रेन्वो एकेडेमीका सुरज थारु म्यान अफ द म्याच बन्न सफल भएका थिए।
भदौ १० गते सम्म सञ्चालन हुने प्रतियोगिताको तेश्रो दिनको पहिलो भैसाही युवा क्लव, कञ्चन ५ रुपन्देही र एम.वि. ब्रोदर्स, फर्साटिकर बिच खेल हुने छ भने योङ्ग व्वाईज, देवदह र चाँदनी युवा क्लव, कञ्चन १ रुपन्देही बिच दोश्रो खेल हुने गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका खेल संयोजक रोशन पुनले जानकारी दिनु भएको छ।
हरितालिका तीजको सन्दर्भ पारेर संचालन गरिएको प्रतियोगिताका विजेता टिमले १,११,१११ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन भने यपविजेता टिमले ६६,६६६ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने खेल संयोजक पुनले जानकारी दिनु भएको छ। यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद ५ हजार रुपैया सहित मेडल प्रदान गरिने बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुका लागि पनि आकर्षक पुरस्कार रहेको खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
प्रतियोगितामा न्यू सिर्जनशिल एफ.सि. कञ्चन ४ रूपन्देही, न्यू बुद्ध स्पॉटस क्लब वाणगंगा नगरपालिका ११, रेन्बो एकेडमी कञ्चन ३ हरैया, रुपन्देही, मुर्गिया फुटवल क्लब सैनामैना ४ रुपन्देही, योङ्ग ब्याईज देवदह, रूपन्देही, चादनी युवा क्लब कञ्चन १ रुपन्देही, बुद्ध सेभेन स्टार क्लब सैनामैना ११ रूपन्देही, न्यू सिर्जना युवा क्लब तिलोत्तमा १३ रुपन्देही, सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चन ४ रूपन्देही, ईभोलुसन क्लब तामनगर, रूपन्देही, भैसाही युवा क्लब कञ्चन ५ रुपन्देही, एम.बि. ब्रोदर्श फर्साटिकर, रूपन्देही, करङ्गे एफ.सि. कञ्चन, रूपन्देही, गौतम बुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ रूपन्देही, सुनौलो संगम युवा क्लब कञ्चन ३ रूपन्देही, बिश्व शान्ति युवा क्लब सैनामैना १० सालझण्डी गरी १६ फुटवल क्लवहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन।
कञ्चन ५ पिपरीचापा खेलमैदानमा हरेक दिन दिउँस १ बजे शुरु हुने दैनिक २ खेल हुने खेल संयोजक पुनले जानकारी दिनु भएको छ।