
१ भदौ, कञ्चन
रुपन्देहीको कञ्चनमा लोकप्रिया बन्दै गइरहेको गौतमबुद्ध कपको दाश्रो संस्करण हिजो शनिवारदेखि शुरु भएको छ। नाइन ए साइड फुटवल प्रतियोगिताको रुपमा सञ्चालन हुदै आइरहेको गौतमबुद्ध कपको दोश्रो संस्करण कञ्चन ५ स्थित पिपरीचापा खेल मैदानमा सञ्चालन हुने छ।
प्रतियोगिताको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले खेलकुदले समाजलाई एकता, सहकार्य, धैर्यता, सहनशिलता र अनुशासनलाई व्यबहारिक रुपमा सिकाउने बताउनु भयो। जहाँ खेलकुदको बिकास हुन्छ त्यहा अनुशासन र सहकार्यलाई प्राथमिकता दिने बताउदै फरक प्रसंगमा कञ्चनवासीलाई जग्गाधनी पूर्जा दिने कार्यलाई तिव्रता दिइरहेको बताउनुभयो । कञ्चनका ल भूमिहिन दलित, भूमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोबासीहरुलाई आगामी २ बर्षभित्र जग्गाधनी पुर्जा दिएर चुनावमा आफुले प्रतिवद्धता गरेको पुरा गर्ने समेत बताउनुभयो।
यसैगरी जिल्ला फुटवल संघ रुपन्देहीका अध्यक्ष लोक पुनले युवाहरुलाई समाजको बिकाससंग जोड्न खेलकुद अनिवार्य रहेको र खेलकुदको बिकासका लागि अव स्थानीय सरकारको भूमिका महत्वपुर्ण रहने बताउनु भयो। स्थानीय सरहकारले खेलकुद बिकासका लागि संस्थागत बजेट विनियोजन नगर्दासम्म कञ्चन लगायत कुनैपनि स्थानीय तहमा खेलकुदको बिकास हुन नसक्ने बताउदै संघका अध्यक्ष पुनले कञ्चनमा पछिल्लो पटक फुटवल प्रतियोगिताहरु ब्राण्डिङ्ग हुदै गइरहेको र प्रतियोगिताहरुको निरन्तरताको कामना समेत गर्नुभयो।
यसैगरी गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ पिपरीचापाका अध्यक्ष कमल परियारले कञ्चनको सबै खेलकुदको संस्थागत र एकिकृत बिकास गर्न खेलकुद बिकास समिति तत्काल गठन गर्न समेत माग गर्नुभयो। स्थानीयस्तरबाट संचालन हुने हरेक खेलकुद प्रतियोगिताहरुलाई स्थानीय तहले आंशिक रुपमा सहयोग गर्दै आएको उल्लेख गर्दै जनसहयोगलाई दीगो र संस्थागत गर्न स्थानीय तहबाट आगामी दिनमा पूर्ण सहयोगको समेत अध्यक्ष परियारले अपेक्षा गर्नुभयो।
गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ पिपरीचापा रुपन्देहीको आयोजनामा सञ्चालित प्रतियेगिता अन्तर्गत न्यू सिर्जनशिल फुटवल क्लव र न्यू बुद्ध स्पोर्ट क्लव बिच भएको उद्घाटन खेलमा न्यू सिर्जनशिल फुटवल क्लवले २/० गोल अन्तरले न्यू बुद्ध स्पोर्ट क्लवलाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेको छ। न्यू सिर्जनशिलका लागि आसमान क्षेत्रीले २ गोल गरेका थिए। हिजोको खेलमा न्यू सिर्जनका आसमान क्षेत्री म्यान अफ द म्याच बन्न सफल भएका छन।
हरितालिका तीजको सन्दर्भ पारेर संचालन गरिएको प्रतियोगिताका विजेता टिमले १,११,१११ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन भने यपविजेता टिमले ६६,६६६ रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका खेल संयोजक रोशन पुनले जानकारी दिनु भएको छ। यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद ५ हजार रुपैया सहित मेडल प्रदान गरिने बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुका लागि पनि आकर्षक पुरस्कार रहेको खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
भदौ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा न्यू सिर्जनशिल एफ.सि. कञ्चन ४ रूपन्देही, न्यू बुद्ध स्पोर्टस क्लब वाण्गंगा नगरपालिका ११ कपिलबस्तु, रेन्बो एकेडमी कञ्चन ३ हरैया, रुपन्देही, मुर्गिया फुटवल क्लब सैनामैना ४ रुपन्देही, योङ्ग ब्याईज देवदह, रूपन्देही, चादनी युवा क्लब कञ्चन १ रुपन्देही, बुद्ध सेभेन स्टार क्लब सैनामैना ११ रूपन्देही, न्यू सिर्जना युवा क्लब तिलोत्तमा १३ रुपन्देही, सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चन ४ रूपन्देही, ईभोलुसन क्लब तामनगर, रूपन्देही, भैसाही युवा क्लब कञ्चन ५ रुपन्देही, एम।बि। ब्रोदर्श फर्साटिकर, रूपन्देही, करङ्गे एफ।सि। कञ्चन, रूपन्देही, गौतम बुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ रूपन्देही, सुनौलो संगम युवा क्लब कञ्चन ३ रूपन्देही, बिश्व शान्ति युवा क्लब सैनामैना १० सालझण्डी गरी १६ फुटवल क्लवहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन।
दिउँस १ बजे देखि सञ्चालन प्रतियोगिता हरेक दिन दुई खेल हुने खेल संयोजक पुनले जानकारी दिनु भएको छ। गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका अध्यक्ष कमल परियारको अध्यक्षतामा भएको प्रतियोगिताको उद्धघाटन सत्रको सञ्चालन हिमा बेलवासेले गर्नु भएको थियो भने स्वागत केन्द्रका सचिव हिरालाल विशकर्माले गर्नुभएको थियो।