दलबहादुर गुरुङ
नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख थिए जीवराज आश्रित । मदन भण्डारीसँगै उनकाे रहस्मय मृत्यु दासढुङ्गामा २०५० जेठ ३ गते भएकाे थियाे ।
मदन र आश्रितकाे संयुक्त फाउन्डेसन बने,प्रतिष्ठान बने । शालीक बने । पार्क बने । बाटिका बने । छुट्टाछुट्टै पनि बने र बन्दैछन् र बन्ने छन् पनि ।
जीवराज आश्रित गुल्मीकाे चन्द्रकाेट आँपारुखमा २००१ साउन १८ गते जन्मिएका थिए । निम्नवर्गीय परिवारमा जन्मिएका उनी,संघर्षका पर्यायवाची हुन् । पञ्चायती व्यवस्थाका बिरुद्धमामात्र हाेईन अभाव,भाेक र शाेकका बिरुद्धमा उनी उरालिएका थिए । आश्रितले आफूलाई आन्दोलनकाे आरनमा खारेर क्रान्तिका ओैजार बनाए । जसका सहायतामा देशमा प्रजातन्त्र,लाेकतन्त्र आयाे । आजकाे लाेकतान्त्रिक गणतन्त्र पनि उनीजस्ता क्रान्तिकारीका जगमा उभिएकाे हाे ।
बुटवलमा समेत जीवराज आश्रितकाे सम्झनामा जीवराज आश्रित स्मृति प्रतिष्ठान गठन भयाे । संस्थापक अध्यक्ष बने देवेन्द्र घिमिरे । उनकै पालामा स्मृति ग्रन्थ छापियाे र जीवराजलाई जिउँदाे बनाउने काम भयाे । आलिशान भवन बन्याे । आश्रितकाे वृत्तचित्रकाे विजाराेपण भयाे । अमरप्रताप थापा,उमाकान्त बस्याल र चरण तिमिल्सिना पूर्वअध्यक्ष भईसकेका छन् । यतिबेला युवराज घिमिरे अध्यक्ष भएर आफ्नाे क्षमता प्रदर्शन गरिरहेका छन् ।
जीवराजकाे ८२ ओैं जन्मजयन्तीकाे अवसरमा आईतवार बुटवलमा रहेका माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता प्रतिष्ठानले आयाेजना गरेकाे थियाे । १७ वटा माध्यमिक विद्यालयका विद्यार्थीले प्रतियोगितामा सार्थक सहभागिता जनाएका थिए । उनीहरुले जीवराजकाे फाेटाेसँग आकर्षक चित्रकला काेरेका थिए ।
कालिका-मानवज्ञान मावि, बुटवलकाे कक्षा-११ मा फाईन आर्टस् पढ्ने भाइ भिमल राना प्रथम भएर सात हजार रुपैयाँ, द्वितीय हुने पामिर एकेडेमीका राजन थापाले पाँच हजार रुपैयाँ ट्रफी,प्रमाणपत्र प्राप्त बुझेका थिए । तृतीय हुने दीप बाेर्डिङकी पृष्टि पुन र हाेराईजनबाट सान्त्वना प्राप्त गर्ने दीपा थापाले क्रमश: तीन र दुई हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भए । सहभागी विद्यार्थी कलाकारहरुलाई प्रमाणपत्र र नगद एक हजारका दरले रकम प्रदान गरिएकाे थियाे ।

प्रतियोगिताकाे निर्णायकमा नेपाल व्यवसायिक कलाकार संघका कलाकारहरु एचबी रम्तेल,बेनु थापा दीलिप रसाईली थिए । निर्णायक संयाेजक बेनु थापाले कलाकारकाे कला कहिले नमर्ने र जीवन्त रहने बताउँदै बुटवलकाे कालिका मानवज्ञान माविमा फाईन आर्ट्स पढाईकाे सुरुवात् यसै शैक्षिक सत्रदेखि थालनी भएकाे सूचिकृत गराए ।
हुन त प्रतिष्ठानले जीवराजकाे स्मृति दिवस र जन्मजयन्तीका अवसरमा उनीसँग सन्दर्भित विचार विमर्श कार्यक्रम,कविता,निबन्ध,गीत प्रतियोगिता आयाेजना गरिसकेकाे छ । भवनभित्रै संग्रहालय छ । त्यहाँ जीवराजले प्रयाेग गर्ने कपडा, रेडियाे, घडीलगायतका सामग्री राखिएका छन् । उनी दुर्घटित जीप, हृदयविदारक फाेटाे राखिएका छन् । त्यहाँ प्रतिष्ठानले निर्माण गरेकाे "जिउँदा जीवराज" डकुमेन्ट्री हेर्न, सुन्न पाइन्छ ।
जीवराजलाई विद्यार्थीबीच चिनाउनका लागि चित्रकला प्रतियाेगिता आयाेजना गरिएकाे अध्यक्ष युवराजले बताए । प्रथम उपाध्यक्ष कल्पना थापाले भनिन्- बहुआयामिक जीवराजलाई चिनाउन र बुझाउन विद्यार्थी,युवालगायत सबैसँग प्रतिष्ठान पुग्ने अभियानमा छ।
चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि माननीय नेत्र पन्थी,संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे,जीवराजकी जीवनसंगीनी माया ज्ञवाली,अध्यक्ष, प्रथम उपाध्यक्ष लगायतले प्रमाणपत्र, ट्रफी र नगद वितरण गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्रीका शिक्षा विज्ञ डीबी गुरुङ,जीवराजका सुपुत्र डा. सागर,जीवनसंगीनी माया ज्ञवाली,संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे,प्रमुख अतिथि माननीय नेत्र पन्थीलगायतले जीवराजकाे व्यक्तित्व र कृतित्व रक्षाका लागि सबैले आआफ्ना क्षेत्रमा क्रियाशील हुनुपर्नेमा जाेड दिए ।
विद्यार्थीद्वारा तयार पारिएका उत्कृष्ट फाेटाे प्रतिष्ठानमै फ्रेममा प्रेमपूर्वक सजाईने प्रतिष्ठानकी महासचिव विष्णु केसीले बताईन् । उनले भनिन्- विद्यार्थीले जीवराजकाे चित्र काेरिरहँदा आगन्तुक धेरैका आँखा रसाए । एकपटक चित्रमा सबैले जीवराजकाे ईतिहास खाेजिरहे । वर्तमानमा अभाव खड्किरह्याे सबैलाई ।
अनुशासनमा कडा,व्यवहारमा नरम भएका जीवराजका समकक्षी देवेन्द्रले जीवराजलाई सबैकाबीच पुराउन सबैले पहल गर्नुपर्ने ओैंल्याए । जीवराजका जीवनगाथा सबैले पढ्नुपर्छ,बुझ्नुपर्छ । यही नै आश्रितप्रतिकाे सच्चा श्रद्धासुमन हुने देवेन्द्रले बताए ।
