विगोल
यो पुस्तिका प्रजातान्त्रिक गणतन्त्र कोरियाका प्रिय नेता किम जङ इलले कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिका वरिष्ठ अधिकारीहरूलाई २० सेप्टेम्बर १९२० मा दिएको भाषण हो । प्रिय नेता किम जङ इलको भाषणलाई नेपाल कोरिया मैत्री सङ्घले सन् १९९६ मा पुस्तिकाको रूपमा प्रकाशित गरेको हो । पुस्तिकाको नाम ‘क्रान्ति र निर्माणमा बुद्धिजीवीहरूको भूमिकालाई अझ बढाऔँ’ रहेको छ ।
बुद्धिजीवीहरू क्रान्तिको प्रेरक शक्तिका अभिन्न हिस्सा हुन् । मजदुर वर्गीय सही नेतृत्वअन्तर्गत बुद्धिजीवीहरू क्रान्तिको स्वाधीन प्रेरक शक्तिको अभिन्न हिस्सा हुन् । विगतमा राष्ट्रिय मुक्ति सङ्घर्ष सुरु गर्नेहरू आखिर बुद्धिजीवीहरू नै थिए । जनतालाई क्रान्तिप्रति जागृत पार्न माक्र्सवाद– लेनिनवादलाई आम जनतामाझ फैलाउनेहरू बुद्धिजीवीहरू नै थिए । प्रजग कोरियामा पनि युवा, विद्यार्थी तथा बुद्धिजीवीहरूले मजदुर र किसानहरूलाई प्रगतिशील विचारबाट सुसूचित पार्ने काम गरेका थिए । उनीहरूले क्रान्तिकारी सङ्घर्ष र समाजको विकासलाई अगाडि बढाउन सक्छन् । तर, राजनीतिक रूपले तयार र सचेत नभएका बुद्धिजीवीहरू क्रान्ति र निर्माण गर्नुभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन्छन् भन्ने कुरा हामीले भुल्नु हुँदैन । बुद्धिजीवीहरू विज्ञान र प्रविधिको क्षेत्रमा अघि परे पनि उनीहरू इमानदार भएनन्† निःस्वार्थी भएनन् र उनीहरुलाई मजदुर वर्गीय पार्टीबाट सुसूचित पार्ने सकिएन भने क्रान्ति निर्माणमा साथ होइन विश्वासघाती हुनसक्छन् ।
शोषणयुक्त समाजमा धेरै बुद्धिजीवीहरू शासकवर्गको सेवामा जुट्छन् । तर, प्रगतिशील बुद्धिजीवीहरू श्रमिक जनतासित मिलेर शासकविरुद्ध लड्छन् । पुँजीवादी समाजमा धनाढ्य परिवारबाट आएका बुद्धिजीवीहरू अवसरवादी हुन्छन् । समाजवादी समाजबाट हुर्केका बुद्धिजीवीहरू श्रमिक वर्गीय मूलका हुन्छन् र उनीहरूजस्तालाई साथ दिन्छन् । स्वतन्त्रता, न्याय र समानता तथा क्रान्ति र निर्माणमा जुटेका बुद्धिजीवीहरू पुरानो थोत्रो र प्रतिक्रियावादी विचारको निन्दा गर्छन् । बुद्धिजीवीहरूसित होसियारी र जतनका साथ काम गर्नुपर्छ । किनभने अरु, वर्गभन्दा उनीहरू सजिलैसित अरुको विचारमा फस्छन् । उनीहरू राजनीतिक रूपमा सचेत नहुँदा साम्राज्यवादी, पुँजीवादी र प्रतिक्रियावादीसँग प्रभावित हुन्छन्† उनीहरूसँग घुस्न पुग्छन् । उनीहरू समाजवादी विचारको विरोध गर्न पछि पर्दैनन् । बुद्धिजीवीहरू बौद्धिकवर्गका हुन्छन् । उनीहरू अर्कालाई लुटेर बाँच्ने समाजका परजीवी होइनन् न त उनीहरू समाजको गतिलाई रोक्ने प्रतिक्रियावादीहरू नै हुन् । तर, उनीहरू बिक्न सक्छन् । यस अर्थमा बुद्धिजीवीहरूसित होसियारी र जतनसाथ काम गर्नुपर्छ ।
समाज विकासको क्रममा बुद्धिजीवीहरूको भूमिका बढ्दै गएको हुन्छ । समाजको सांस्कृतिक, विज्ञान र प्रविधिको विकाससँगै बुद्धिजीवीहरूको भूमिका मात्र होइन सङ्ख्या पनि बढ्दै जान्छ । पुँजीवादी समाजमा उनीहरू ढुलमुल हुन्छन्† कति द्वैधचरित्रका हुन्छन् । कति बुद्धिजीवीहरू देशमा जस्तो सङ्कट आए पनि बोल्दैनन् । सरकारले जस्तोसुकै गलत निर्णय र काम गरे पनि, असमान सन्धि सम्झौता गरे पनि आफ्नो जीवनमा समस्या पर्ला, आयआर्जनमा घाटा पर्ला र सेवाबाट बञ्चित होला भन्ने डरले मौन रहन्छन् । यसरी भर नभएका हुनाले कति बुद्धिजीवीहरू मूर्ख हुन्छन् भनिएको हो ।
हो, मजदुरवर्ग र पुँजीपतिवर्गभन्दा बुद्धिजीवीहरू फरक स्वभाव र चरित्रका हुन्छन् । उनीहरूलाई क्रान्तिकारी विचारबाट सुसूचित पारियो भने श्रमिक जनताको निम्ति लड्नु या पक्षमा जानु स्वाभाविक हो । मजदुर वर्गीय पार्टीको नेतृत्वमा रहेका, त्यसको विचारबाट प्रेरित बुद्धिजीवीहरू क्रान्तिकारी विचारलाई आत्मसात गरेर अघि बढ्छन् । त्यस्ता बुद्धिजीवीहरू मात्रै विचारबाट विचलित हुँदैनन्; प्रत्यक्ष या अप्रत्यक्षरूपमा क्रान्ति र निर्माणमा टेवा पु¥याउँछन् । प्रजगको पार्टीले बुद्धिजीवीहरूलाई पनि मजदुर र किसानहरूलाई झैँ अभिन्न हिस्सा मानेको छ । कोरियाली पार्टीले बुद्धिजीवीहरूलाई पनि सङ्गठित गर्ने काम ग¥यो; एकत्रित हुने शिक्षा दियो† क्रान्तिको प्रेरक शक्ति बनायो । क्रान्तिको सञ्चालक मजदुरवर्ग भए पनि क्रान्ति र निर्माणमा बुद्धिजीवीहरूको ठुलो महत्व हुन्छ । पार्टी, समाज र देश सञ्चालनमा बुद्धिजीवीहरूको साथ र सहयोग उत्तिकै आवश्यक हुन्छ । क्रान्तिको बाटोमा सङ्घर्षशील बनाउन, सही बाटोमा लैजान पार्टीले बेलाबखत शिक्षा दिइरहेको हुन्छ† दिइरहनुपर्छ । पार्टीले बुद्धिजीवीहरूलाई प्रशिक्षित बनाएर क्रान्तिकारी बन्न र बनाउन उत्प्रेरित गरिरहनुपर्छ । पार्टी र जनताको निम्ति काम गर्ने बुद्धिजीवीहरूलाई विश्वास पनि गर्नुपर्छ ।
राज्य, जनता र पार्टीप्रति वास्ता नगर्ने, ढुलमुलमा परेका डरछेउवा बुद्धिजीवीहरूलाई पनि क्रान्तिकारी विचारबाट सुसूचित पार्ने काम गर्नुपर्छ । उनीहरू मौन रहे, समयको गतिसँगै अघि बढेन भनेर बेवास्ता गरे उनीहरू झन् टाढा बस्नेछन् । यसले समाजलाई नै घाटा हुन्छ । बरु, उनीहरूबाट भएको कमी कमजोरी औँल्याएर, गल्ती सच्याएर अघि बढ्ने वातावरण तयार गर्नुपर्छ र वैचारिक, सैद्धान्तिक शिक्षा दिइनुपर्छ । त्यही कारण प्रजग कोरियाले समाजका सबै सदस्यलाई सच्चा कम्युनिस्ट बनाएर जुछे विचारधाराको आवश्यकताअनुसार सामाजिक जीवनका सबैसँग बदल्न विचारधारात्मक, प्राविधिक र सांस्कृतिक क्रान्तिलाई जोड दिएको हो । प्रजग कोरियाले यी तीन क्रान्तिलाई व्यापक जनताको पूर्ण स्वाधीनता प्राप्त गर्ने सर्वोच्च चरणको क्रान्ति सम्झेको हो ।
विचारधारात्मक क्रान्ति भनेको पुँजीवादी विचारलगायत सबै थोत्रा विचारबाट मुक्त गर्नु हो । समाजका सबै सदस्यलाई मजदुरवर्गको क्रान्तिकारी विचारबाट सुसूचित गर्नु हो । प्राविधिक क्रान्तिको अर्थ उत्पादक क्षेत्रलाई दु्रतगतिले अगाडि बढाउनु हो । विज्ञान र प्रविधिको ज्ञान बढाउनु हो । देश र जनताको आवश्यकताअनुसार सामान आपूर्ति गर्नु हो; उत्पादन गर्नु हो; प्राविधिक र वैज्ञानिक अनुसन्धानलाई अघि बढाउनु हो । मुलुकको राष्ट्रिय अर्थतन्त्रको विकासको निम्ति उत्पादन बढाउनु हो । जनताको निम्ति समुन्नत, सुन्दर र सभ्य समाज निर्माण गर्न, जनताको सैद्धान्तिक र वैचारिक स्तर उठाउन प्रजग कोरियाले सांस्कृतिक क्रान्तिमा जोड दिएको हो । राष्ट्रिय संस्कृतिको विकास गरी समाजवादी समाज निर्माण गर्न र कायम गर्न सांस्कृतिक क्रान्ति जरुरी हुन्छ । बुद्धिजीवीहरूले समाजवादी संस्कृतिको निर्माणको लागि पार्टीले लिएको नीतिलाई इमानदारीसाथ पालना गर्नुपर्छ । जनताको सांस्कृतिक स्तर उठाउने काममा बुद्धिजीवीहरूको महत्वपूर्ण हात हुन्छ । जनताको स्तर उठाउन बुद्धिजीवी, लेखक, कवि, कलाकार, गायकले कविता, कथा, निबन्ध, नाटक लेखेर, गीत गाएर सुसूचित पार्नुपर्छ । बुद्धिजीवीलाई क्रान्तिकरण गर्नुको अर्थ मजदुरवर्गको क्रान्तिकारी विचारबाट सुसूचित बनाउने हो । बुद्धिजीवी साँच्चै सच्चा कम्युनिस्ट बनाउनु हो । बुद्धिजीवीहरू साँच्चै सच्चा कम्युनिस्ट भए भने समाजका सबै सदस्यको सांस्कृतिक, प्राविधिक ज्ञानको स्तर बढाउन टेवा पुग्छ । यसले आखिर क्रान्ति र निर्माणमा सहयोग पु¥याउँछ । समाजवादी समाज टिकाउनमात्र होइन अझ अघि बढाउन सहयोग गर्छ ।
जुछे विचारधारा मजदुरवर्गको सच्चा क्रान्तिकारी विचारधारा हो । जुछेमुखी समाजवाद भन्नु मानिस या जनतामा केन्द्रित समाजवाद हो । कति बुद्धिजीवीहरू समाजवादी निर्माणमा कठिनाइ आउँदा पछि हट्छन् या ढुलमुल हुन्छन् । यसकारण, बुद्धिजीवीहरूमा उत्साहपूर्ण देशभक्तिको क्रान्तिकारी भावना या परिवर्तन गर्ने भावना हुनुपर्छ† क्रान्तिकारी भावना या परिवर्तन गर्ने भावना हुनुपर्छ । विद्वानलाई सर्वत्र पुज्छन् त्यसै भनिएको होइन । प्रजग कोरियाले बुद्धिजीवीहरूलाई क्रान्तिकारी र मजदुर वर्गीय ढाँचामा बदल्ने काम ग¥यो । क्रान्तिकारी सङ्गठनात्मक जीवन भनेको बुद्धिजीवीहरूको लागि क्रान्ति, सङ्गठन र अनुशासनको भावना विकास गर्ने पाठशाला हो । बुद्धिजीवीहरूमा सङ्गठनबारे सही दृष्टिकोण हुनुपर्छ । व्यापक दृष्टिकोण हुनुपर्छ । सङ्कीर्ण विचारका अवसरवादी बुद्धिजीवीहरू बढी टिक्दैनन्; जता फाइदा हुन्छ त्यतै पल्किएको हुन्छ । अतः बुद्धिजीवीहरू फराकिलो मनको हुनुपर्छ† युग सुहाउँदो र विज्ञानसम्मत विचारमा टेक्नुपर्छ । उनीहरू जनताबिच पुग्ने, घुलमिल गर्ने या जनतालाई सुसूचित बनाउन प्रशिक्षणात्मक कार्यक्रममा सरिक गराउनुपर्छ । उनीहरूको बुद्धि र विवेक जनतामाझ पु¥याउने कोसिस गरिरहनुपर्छ । बुद्धिजीवीहरूको बिचमा विचार गोष्ठी, छलफल, अन्तरक्रिया गरिरहनुपर्छ । उनीहरूको अध्ययन र आकाङ्क्षालाई व्यापक रूपले प्रचारप्रसार गर्नुपर्छ । यस्ता क्रियाकलाप भएमा, गरिएमा जनतामाझ बुद्धिजीवीहरू पुग्ने अवसर हुन्छ; चिन्ने माध्यम बन्छ र बुद्धिजीवीहरूको अनुभव र विचार पनि जनतामाझ पुग्छ । यसले जनता सुसूचित हुने मौका पाउँछ ।
यसको आधारमा प्रजग कोरियाले गरिरहेको बुद्धिजीवीकरणको अभियान अनुकरणीय छ । मजदुर, किसान तथा सबै श्रमिक जनतालाई बुद्धिजीवीकरण गर्ने सफलता मिल्ने कामना पनि छ । सम्पूर्ण समाजलाई बुद्धिजीवीकरण गर्ने लक्ष्य राम्रो हो तर, त्यो त्यतिकै कठिन पनि छ । यो लक्ष्य पूरा गर्न प्रजग कोरियामा कारखाना कलेज, मछुवा कलेज र किसानका कलेजहरू खोलिएका छन् । यो मजदुर, किसान, माझीहरूको निम्ति बुद्धिजीवीकरण गर्ने भरपर्दो माध्यम र आधार पनि हो ।
तर, विडम्बना ! नेपाल अहिलेसम्म साक्षर मुलुक पनि बनेको छैन । साक्षर मुलुक बनाउने सरकारको लक्ष्य पनि दशक बित्न लाग्यो । सत्तासीन दलका नेताहरू देश र जनताप्रति जिम्मेवार नभएको, चिन्तित नभएको यसले थाहा हुन्छ । प्रजग कोरियामा कारखाना, उद्योग, खेतमा कार्यरत या संलग्न वरिष्ठ अधिकारीहरू कलेजमा अनुकूल अध्ययन परिस्थिति सिर्जना गर्न विशेष ध्यान दिन्छन् ।