१० जेठ, कञ्चन
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.सूर्यपुरा शाखाले वातावरण संरक्षण, हरियाली प्रवर्धनको निम्ति समाजलाई सहयोग गरी स्वच्छता अपनाउने उद्धेश्यका साथ वृक्षारोपण सहित फोहोर व्यबस्थापनका लागि स्टिलको डस्टविन वितरण गरेको छ। बैंकको वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व तथा सरसफाई कार्यक्रम अन्तर्गत गैडहवा गाउँपालिका वडा नं. ४ को गैडातामा उक्त कार्यक्रमको आयोजना गरेको हो।
वृक्षारोपण कार्यक्रम पश्चात भएको डस्टविन तथा झोला र म्याट वितरण कार्यक्रममा बोल्दै गैंडहवा गा.पा. वडा नं. ४ वडा सदस्य तुल बहादुर वि.क.ले समाजलाई सुन्दर, स्वच्छ र वातावरणीय दृष्टिकोणले हरियाली बनाउने कार्यमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको यो अनुकरणीय कार्यको स्रहना गर्नु भएको थियो। सबैले आ आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै जान सकेमा समाज रुपान्तरणले नयाँ रुप दिने बिचार समेत वडा सदस्य वि.क.ले व्यक्त गर्नु भएको थियो।
.jpeg)
यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि. सूर्यपुरा शाखा प्रमुख दिनेश थारुले बैंक सदैव नाफाका लागिमात्र काम गर्छ भन्ने समाजको हेर्ने दृष्टिकोणलाई परिवर्तन ल्याउन पनि बैंकले नियमित रुपमा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदै आइरहेको बताउनु भएको थियो। यो सरसफाई अभियान एउटा सुरुवात मात्र भएको र यसले हामी सबैलाई आफ्नो घर, टोल र कार्यक्षेत्र सफा राख्न प्रेरणा दिनेछ भन्ने मैले विश्वास समेत लिएको शाखा प्रमुख थारुले व्यक्र गर्नु भएको थियो।

यस्तै सालझण्डी शाखा प्रमुख दिपक पौडेलले हाम्रो संस्थाले व्यावसायिक सफलतालाई मात्र आफ्नो उद्देश्य नमान्ने र सामाजिक उत्तरदायित्वू अन्तर्गत समाजको हित र दिगो विकासमा टेवा पुर्याउनु बैंकको मुख्य प्राथमिकता रहेको बतउनु भएको थियो । शाखा प्रमुख पौडेलले हामी जुन समाजमा बस्छौँ, जुन धर्तीमा श्वास फेर्छौँ, त्यसलाई स्वच्छ र सुन्दर राख्नु हाम्रो पहिलो कर्तव्य भएको उल्लेख गर्दै वातावरण संरक्षणू कुनै एउटा संस्था वा व्यक्तिको मात्र जिम्मेवारी नभई हामी सबैको साझा दायित्व भएको समेत बताउनु भएको थियो ।
.jpeg)
कार्यक्रमको अध्यक्षता गर्दै ब्राइटदीक्षा ईङ्गलिस स्कुल, गैडहवा ७ शान्तिबजारका प्रधानाध्यापक ईश्वरी अधिकारीले बैंक र समाज एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै एक अर्काको साथ र सहयोगले हरेक क्षेत्रको विस्तार र बिकास सम्भव हुने बिचार व्यक्त गर्नु भएको थियो। सरसफाईलाई हामीले केवल एक दिने कार्यक्रमका रूपमा मात्र होइन, आफ्नो दैनिक बानीका रूपमा विकास गर्नु पर्नेमा जोड दिदै अधिकारीले यो अभियानले बैंक र समाजको सम्बद्ध अझ सुदृढ र मजबुत बन्नेकुरामा कुनै दुई मत नहुने बताउनु भएको थियो।
.jpeg)
स्थानीय अगुवा यम प्रसाद अधिकारीको स्वागत तथा सुर्यप्रसाद अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा गैडाताल परिसरमा १०० वटा विरुवा वृक्षरोपण सहित ३० जना गरिब असहाय व्यक्तिहरूलाई झोला, म्याट तथा सरसफाईको सामाग्री वितरण गरिएको थियो। यस्तै हरियाली प्रवर्धन गरौं, वातावरण जोगाऔं, स्वस्थ जीवन अपनाऔं भन्ने उद्धेश्यका साथ सूर्यपुरा बजारमा स्टिलको डस्टबिन समेत वितरण गरिएको थियो।
कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रुद्रपुर शाखा प्रमुख बाबुराम आचार्य, छपिया शाखा प्रमुख राजु शर्मा, गैडहवा गाउँ समाजका सभापति बाबुराम मल्ल लगायत बैंकका कर्मचारी र स्थानीयहरू सहभागिता रहेको थियो।