२१ फागुन,कञ्चन
नेपाल भुतपुर्व सैनिक संघ,कञ्चन गाउ कार्य समितिको दोश्रो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ। नेपाल भुतपुर्व सैनिक सघका केन्द्रिय सभापति कर्णेल धन बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले मोती बहादुर खत्रीको सभापतित्वमा २३ सदस्यिय नेपाल भुतपुर्व सैनिक संघ,कञ्चन गाउ कार्यसमिति निर्वाचित गरेको छ ।
यस्तै उप सभापतिमा नारायण थापा,सचिवमा लोक बहादुर थापा,सह सचिवमा बल बहादुर थकाली र कोषध्यक्षमा रिम बहादुर क्षेत्री निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य चित्र तुलाचनले जानकारी गराउनु भएको छ। यस्तै सदस्यहरुमा हर्क बहादुर थापा, कन्चन-३ चेत बहादुर खत्री, कन्चन-१ शिव बहादुर क्षेत्री, कन्चन-१, छबिलाल पुन, कन्चन-१, भिम बहादुर थापा मगर, कन्चन-१, केअरसिंह कार्की, कन्चन-२ निर्वाचित गरेको छ ।
अधिबेशनलाई सम्बोधन गर्दै नेपाल भुतपुर्व सैनिक संघका केन्द्रिय सभापति धन बहादुर रानाले आफ्नो बल बैस र जवानी हुदा सम्म बिदेशी भुमिमा रहेर तिनै देशको सिमा रक्षा र शान्ती सुरक्षाको लागि बलिदानी पुर्ण संघर्ष गर्यौं र अव बाकी जिवन आफ्नै देश र जनताको सेवाको लागि सेवा गर्न सम्पुर्ण भुतपुर्व सेना तथा प्रहरीहरु संगठित हुनु पर्ने बताउनु भएको छ।जसरी बिदेशमा रहेर त्यहांको शान्ती,सुरक्षा र सिमा सरक्षाको लागि लड्यौं त्यसरी नै आफ्नो देश माथी कसैले हवला गरे हामी देशको रक्षा र शान्ती सुरक्षाको लागि सरकारलाई सहयोग गर्न तयार हुनु पर्ने बताउदै प्रमुख अतिथि रानाले भुतपुर्व सेना प्रहरी साथीहरु राजनैतिक,आर्थिक,सांस्कृतिक र सामाजिक रुपमा पनि सचेत हुनु पर्ने उल्लेख गर्नु भएको थियो ।
यस्तै नेपाल भुतपुर्व सैनिक संघ,महिला बिभागका केन्द्रिय अध्यक्ष लिला मास्की रानाले महिलाहरु पनि घरको चुल्हो चौकामा सिमित नभई घर बाहिर निस्केर समाज चिन्नु पर्ने बताउनु भयो ।यसैगरी नेपाल भुतपुर्व संघ,रुपनदेही जिल्ला सभापति खगेश्वर पुनले अव भुतपुर्व सेना तथा प्रहरीहरुले बाकी जिवन देश र जनताको लागि राजनैतिक रुपमा सचेत भई आफु रहने गाउ ठाउमा रहेर भुपुहरुलाई समाजसेवा प्रति सचेत गराउन आवस्यक रहेको उल्लेख गर्नु भयो ।
नेपाल भुतपुर्व सैनिक संघ,कञ्चन गाउ कार्यसमितिका उप सभापति गंगा बहादुर के.सी.को सभापतित्वमा भएको अधिबेशनमा नेपाली कांग्रेसका रुपन्देही जिल्ला सदस्य देबिराम रेग्मी,डोल बहादुर थापा,महासमिति सदस्य देबिलाल पौडेल,नेपाल आदीवासी जनजाती महासंघ रुपन्देही जिल्ला समितिका महासचिव चित्र तुलाचन लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रममा नेपाल भुतपुर्व सैनिक संघका गेम बहादुर थापाको स्वागत तथा गिरी प्रसाद पुनले कार्यक्रम संचालन गर्नु भएको थियो ।