केही दिनअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले बोलाएको जी २० को शिखर सम्मेलन बहिष्कार गरेका छन् । रामाफोसाले निमन्त्रणा गरेको उक्त सम्मेलनमा सहभागी नहुने धम्की ट्रम्पले दिए । उनले रामाफोसालाई गोराहरूको जातीय नरसंहार गरेको मिथ्या आरोप लगाए । रामाफोसाले ट्रम्पले लगाएको आरोपलाई तत्काल अस्वीकार गरे । ट्रम्पले रामाफोसालाई मिथ्या आरोप लगाउनुमा दक्षिण अफ्रिका आफूले भनेजस्तो बसेन भन्ने कुरा अनुमान लगाउन गा¥हो छैन । ट्रम्पले शिखर सम्मेलनमा सहभागी नहुने र गोराहरूको जातीय नरसंहार गरेको आरोप लगाउनुको कारण रामाफोसाले अमेरिकासँग भन्दा बढी चीनसँग बढाउँदै गएको न्यानो असल मित्रको सम्बन्ध हो भन्दा फरक नपर्ला । दक्षिण अफिका ब्रिक्स (Brics) को सदस्य हो भन्ने कुरा जगजाहेर नै छ । यो सम्बन्ध टुटाउन अफ्रिकी महादेशलाई लुट्न रामाफोसालाई ट्रम्पले जेलेन्स्की बनाउन चाहेका थिए । तर, त्यो ट्रप्पको दिवास्वप्न मात्र हुनेछ । नाइल नदीमा धेरै पानी बगिसकेको छ । हालसम्म पनि दक्षिण अफ्रिकाको कुल खेतीयोग्य भूमिको ७०/८० प्रतिशत धनी गोराहरूकै कब्जामा रहेको सञ्चारमाध्यममा आएको छ ।
दक्षिण अफ्रिका मात्र होइन अफ्रिका महादेशलाई नै विकास, सहयोग, व्यापारको नाममा अमेरिका र युरोपेली पुँजीवादी देशहरूले हस्तक्षेप र आक्रमण गरी उपनिवेश जमाएका थिए । अफ्रिकी जनताको नरसंहार गरेको, कमारा कमारी या दास बनाएको, पशुलाई जस्तै हात–खुट्टा, कम्मर घाँटीमा सिक्रीले बाँधेर अमेरिका, युरोप लगेको इतिहास अफ्रिकी जनता र विश्वका जनतालाई थाहा छ । त्यसको विरोधमा लड्ने, जनतालाई उठाउने योद्धाहरू प्रजातान्त्रिक गणतन्त्र कङ्गोका प्याट्रिस इमेरी लुमुम्बा, गिनीका शेकु तुरे, बुर्किनाफासोका थोमस सङ्कारा, घानाका क्वामे एनक्रुमा, तान्जानियाको जुलियस न्येरेरे, दक्षिण अफ्रिकाका क्रिस हानी, अल्जेरियाका बेन बेल्ला, लिबियाका कर्णेल मुअम्मर गद्दाफीलगायतका थुपै देशभक्त नेताहरूको हत्या भएका छन् । त्यस्तै अफ्रिकामा वर्णभेद, अफ्रिकी जनतामाथि गरिएको निर्मम दमनको विरोधमा लडेका नेल्सन मन्डेलालाई २७ वर्षसम्म बन्दी बनाएको पनि संसारलाई थाहा छ । आज पनि अमेरिका, पश्चिम युरोपले अफ्रिकी जनतालाई सहयोग, विकास, प्रजातन्त्र, मानव अधिकारको जाति, क्षेत्र, धर्म, सम्प्रदाय आदिका नाममा एक आपसमा लडाइरहेका छन् । उनीहरूले त्यो हतियार प्रयोग गरेर त्यहाँ देशभक्त, प्रजातन्त्रवादी नेता, जनताको नरसंहार गराइरहेका छन् । उनीहरूले त्यहाँको सुन, हिरा, चाँदी, तामा, तेल, ग्यासलगायतका प्राकृतिक सम्पत्ति लुटिरहेका छन् ।
ट्रम्पले यदि दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसा जेलेन्स्की र नेतन्याहुजस्तो भइदिएको भए गोराहरूको जातीय नरसंहार गर्यो भनी आरोप लगाउने पक्कै पनि थिएन । रामाफोसामाथि आरोप लगाउने ट्रम्पले आफूहरूले हिजो चीन, कोरिया, भियतनाम, जापान, इन्डोनेसिया, फिलिपिन्स, अफ्रिका र ल्याटिन अमेरिकालगायतका देशहरूमा लाखौँ, करोडौँ देशभक्त, नेता र जनताको नरसंहार गरेको किन देखेनन् ? आज पचासौँ हजार निहत्था प्यालेस्टिनी जनताको जातीय नरसंहार गरेको उनले किन देखेनन् ? उनका कठपुतली इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई १५/१६ हजार प्यालेस्टिनी अबोध बालबालिका, महिला, आमाहरूको बम प्रहार गरी हत्या गराएको उनले किन देखेनन् ? उनले प्यालेस्टिनी जनतालाई जबरजस्ती निकालेर, लखेटेर सबै प्यालेस्टिनी भूमि खाली गर भनेर आफ्नो नोकर, कठपुतली नेतन्याहुलाई किन आदेश दिए ? यो विश्वका स्वतन्त्रता र न्यायका लागि लडिरहेका जनताका प्रश्न हुन् । यो भूमि मध्यपूर्वको रणनीतिक, दृाष्टिकोणले महत्वपूर्ण ठाउँ हो । जहाँ उसको सैनिक अखडा राखेर, खडा जमाएर एसिया, युरोपलाई तह लगाउने उनको सोच, स्वार्थी रहेको छ । त्यो भूमि प्राकृतिक तेल, ग्यास, खनिजलगायत भण्डार रहेको ठाउँ हो ।
प्यालेस्टिनी भूमि कब्जा गर्न, त्यहाँको प्राकृतिक स्रोत हात पार्न नेतन्याहुले अमेरिकाको आडभरोसामा, निर्देशनमा, आदेशमा प्यालेस्टिनी जनतामाथि अत्याचार गरिरहेका छन् । जल, जमिन, आकाशलाई प्यालेस्टिनी जनतामाथि बमबारी गरिरहेको छ । अमानवीय नाकाबन्दी थोपरिरहेको छ । त्यसले गर्दा प्यालेस्टिनी जनताले खान, पिउन पाएका छैनन् । प्यालेस्टिनी जनता भोकभोकै मर्दै छन् । उनीहरू भोक, रोग र शोकले पीडित छन् । प्यालेस्टिनी जनताले आफ्नो देशलाई जोगाउन, जातीय नरसंहार तुरुन्त रोक्न, स्वतन्त्र भई बाँच्नका लागि सहयोग, समर्थन गर्ने, साथ दिन विश्वका जनतासँग हात फैलाइरहेका छन् । उनीहरू त्यस्तो सङ्कटको घडीमा पनि आफ्नो भूमि जोगाउन र स्वाभिमानपूर्वक बाँच्न ज्यानको बाजी लगाएर बलिदानपूर्ण सङ्घर्ष गरिरहेका छन् । त्यस्तो सङ्केत घडीमा आफ्नो भूमिको लागि लडिरहेका प्यालेस्टिनी जनताको सङ्घर्षलाई समर्थन गर्न पनि यहाँको सरकार डराइरहेको छ । हाम्रो देशलाई पनि भोलि कुनै विदेशीले आक्रमण ग¥यो† हस्तक्षेप ग¥यो† दुःखपीडा दियो भने हामीलाई पनि प्यालेस्टिनी जनताको साथ र सहयोग चाहिन्छ भन्ने कुरा हाम्रा शासकहरूमा पसेका छैनन् । विश्वका न्यायप्रेमी जनताले इजरायली, अमेरिकी दूतावास अगाडि र अन्त्य प्रमुख सहरहरूमा प्यालेस्टिनी जनताको साथ र समर्थनमा, जुलुस, विरोध प्रदर्शन गरिरहेका छन् । नेपालमा नेपाल मजदुर किसान पार्टीबाहेक कसैले प्यालेस्टिनी जनताको पक्षमा जातीय नरसंहारको विरोधमा आवाज उठाएका छैनन् ।
हालै मात्र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सिँगापुर भ्रमणको क्रममा यसपालि देशहरूले इजरायलविरुद्ध सामूहिक स्थिति कडा पार्नुपर्ने बताउनुभएको छ । गाजामा बढ्दो भोकमरी सङ्कटलाई लिएर इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै जाँदा उनले आगामी केही घण्टा र दिनहरूमा इजरायललाई कारबाही गर्नुपर्ने बताएका छन् । जाकार्तामा म्याक्रोँ र इन्डोसियाका राष्ट्रपति प्राब्रोबो सुबिआन्तोले गाजालाई नियन्त्रणमा लिने इजरायली योजना र प्यालेस्टिनी जनतालाई आफ्नो मातृभूमिबाट जबरजस्ती हटाउने कुनै पनि कदमको निन्दा गर्दै संयुक्त वक्तव्य जारी गरेका छन् । सङ्कटको बेलाको मित्र असल मित्र भनेझैँ चीनले दुई महिनादेखि प्यालेस्टिनी जनतामाथि जबरजस्ती थोपरिरहेको इजरायली अमानवीय नाकाबन्दी तोडेका छन् । चीनले इजरायली गोलाबारी र नाकाबन्दीका कारण भोक, रोगले ग्रस्त राष्ट्र प्यालेस्टिनी जनतालाई मानवीय सामग्रीहरू त्यहाँ पठाएर सहयोग गरेको सञ्चारमाध्यममा आएका छन् । त्यसैले विश्वका न्यायप्रेमी जनताले प्यालेस्टिनी जनताको नरसंहार तुरुन्त रोक, इजरायली सेना त्यहाँबाट तुरुन्त फर्क र उनीहरूको भूमि ससम्मान तुरुन्त फिर्ता गर भनेर आवाज उठाइरहेका छन् ।