द ट्राइकन्टिनेन्टल
विगतको सुखाभाष
सन् १९६५ अप्रिलमा सुकार्नोको उत्साही सरकारले बाङडुङ सम्मेलनको दसौँ वार्षिकोत्सवमा अर्को सम्मेलन ग¥यो । सैँतीस देशका प्रतिनिधि समारोहमा सहभागी भए । तर, त्यो सम्मेलन बाङडुङ सम्मेलनको धुमिल छायाँ मात्र साबित भयो । इन्डोनेसियाले त्यो वर्ष जनवरीमा राष्ट्रसङ्घको सदस्यता स्थगनमा राख्यो र अक्टोबरमा सुकार्नोको सरकार हटाउन त्यहाँका सेना छाउनीबाट बाहिर निस्कियो । सन् १९६५ मा अल्जेरियाको राजधानी अल्जायर्समा दोस्रो अफ्रो–एसियाली सम्मेलन हुँदै थियो । सोही वर्ष जूनको महिनामा अल्जेरियामा बेन बेल्लाको सरकार अपदस्थ भयो; चीन–सोभियत विवाद चर्कियो; भर्खर स्वतन्त्र भएका अफ्रिकी देशहरूमा आएको फुट (काजाब्लाङ्का समूह एक–अफ्रिकाको पक्षमा गयो भने ब्राजाभिले समूहले पुराना उपनिवेशवादी मालिक देशसँगको घनिष्ठतामा जोड दियो) । यिनै विविध कारणले अल्जायर्समा हुने भनिएको दोस्रो सम्मेलन स्थगित भयो । बाङडुङ सम्मेलनबाट बनेका धेरै संस्थाहरू साबुत रहेको र तिनले पछिका दसकौँसम्म विश्व मामिलामा छाप छोडेको हेर्दा दोस्रो सम्मेलन गर्न नसक्नुका पछाडि देखिने कारण मात्र छैन भन्ने बुझिन्छ । बाङडुङ भावनालाई ध्वस्त पार्ने कारक तेस्रो विश्वको ऋण सङ्कट थियो । यो सङ्कटले विकासशील देशहरूलाई ऋण र सार्वजनिक खर्च कटौतीको स्थायी खाडलमा धकेल्यो र विकास गर्ने तिनको आकांक्षालाई छियाछिया पा¥यो । यसरी बाङडुङ भावना हराएको थियो ।
तेस्रो विश्वको ऋण सङ्कट आफैमा नवउपनिवेशवादी श्रमविभाजनको भौतिक आधारलाई छिचोलेर बाङडुङ भावना अघि बढ्न सक्दैन भन्ने सङ्केत थियो । आपसी सहकार्य र आदानप्रदानको मनोगत आधार थियो तर त्यसको लागि वस्तुगत आधार थिएन । भर्खर स्वतन्त्र भएका देशहरूसँग जति पनि भौतिक पूर्वाधार थिए, ती सबै परिधिमा रहेका देशहरूको दोहनलाई सहज बनाउन साम्राज्यवादी देशले निर्माण गरेका पूर्वाधार थिए । सन् १९६३ मा विकासशील देशबाट गरिने ७० प्रतिशत निर्यात सामग्री विकसित देशमा जान्थ्यो । दक्षिणी गोलाद्र्धका देशहरूबिच रहेको प्राचीन व्यापारिक सम्बन्ध उपनिवेशवादले भत्काएको थियो । त्यो सम्बन्ध पुनः निर्माण गर्न सजिलो काम थिएन । यी नवस्वाधीन देशमा विश्वकै बहुमत जनता बस्थे । तर पनि यिनले विश्व व्यापारको थोरै हिस्सा मात्र ओगट्थे । निम्न स्तरको प्राविधिक विकासले पनि तिनलाई कुनै सार्थक प्राविधिक विज्ञता साटासाट गर्न रोक्थ्यो ।
बाङडुङमा भेला भएका यी नवस्वाधीन देशहरू पुँजी निर्माणको चरित्र र आन्तरिक वर्ग संरचनाका हिसाबले फरक थिए । साम्राज्यवादले तय गरिसकेको अन्तर्राष्ट्रिय श्रमविभाजनले गर्दा तिनीहरू विभिन्न हिस्सामा बाँडिएका थिए । औपनिवेशिक अविकासको ढाँचा तथा साम्राज्यवादले गराउने सत्ताविद्रोह र सशस्त्र विद्रोहबाट पार पाउन नसकेका यी देशबिच बढेको हातेमालोको भावनालाई तेस्रो विश्वको ऋण सङ्कटले प्रतिस्पर्धा गर्ने आम नियमतिर धकेल्यो । परिधिका देशहरूलाई भाँड्न र अनुशासनमा राख्न यो सङ्कटलाई प्रयोग गरियो । यसैलाई प्रयोग गरेर ती देशलाई बहुराष्ट्रिय पुँजीको अनुकूल हुने गरी विश्व बजारमा जोडियो ।
सन् २००५ मा अफ्रिका र एसियाका सबैजसो (१७७ मध्ये १०६) देशले बाङडुङमा आयोजित पचासौँ वार्षिकोत्सव समारोहमा सहभागी भए । (अफ्रो–एसियाली सम्मेलन नाम दिइएको सो सम्मेलनमा इजरायल, अस्ट्रेलिया वा न्युजील्यान्डलाई डाकिएको थिएन । तर, प्रशान्त महासागरका सबैजसो टापु र प्यालेस्टिन त्यसमा सहभागी थिए ।) सम्मेलनमा ल्याटिन अमेरिकाका धेरै देशलाई पर्यवेक्षकको रूपमा बोलाइएको थियो । पचास वर्षअघि सहभागी देशका सरकार प्रमुखहरूले अपनाएकै शैली अपनाएर यसपालि ती नेताहरू सोभे होमान होटल छोडेर एसियाली–अफ्रिकी सडकमा हिँड्दै कार्यक्रम स्थल पुगे । (बाङडुङ सम्मेलनको स्मृतिमा अगुवा नेताहरू हिँडेको बाटोलाई ‘एसियाली–अफ्रिकी सडक’ नामाकरण गरिएको छ ।) कार्यक्रम विगतको सुखाभाषमा डुब्यो । त्यतिबेला संसार अमेरिकाको कुरूप ‘आतङ्कवादविरोधी युद्ध’ को चपेटामा थियो† अफगानिस्तान र इराक ध्वस्त भइसकेको थियो† छिट्टै यो युद्ध अन्त फैलिने सम्भावना थियो† (इन्डोनेसिया आफै यसको चपेटामा प¥यो† सन् २००२ को अक्टोबरमा बाली सहरमाथि बमबारी भयो र ‘आतङ्कवादविरोधी युद्ध’ दक्षिणपूर्वी एसियामा घुस्यो) । तैपनि, सम्मेलनका सहभागीहरूले संसार सङ्क्रमणको क्षणमा रहेको महसुस गरे । सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्य ‘एसियाली–अफ्रिकी रणनीतिक साझेदारी’ तुलनात्मक लाभ र विकास लक्ष्यका जेलिँदा नवउदारवादी अवधारणाले ग्रस्त थियो । बाङडुङ सम्मेलनको साम्राज्यवादविरोधी मूल मर्मबाट यो वक्तव्य एकदम विपरीत थियो । बाङडुङ भावना सेलाइसकेको थियो । सम्मेलनको मुख्य उद्देश्य बाङडुङको प्रेतलाई ब्युँताउनु मात्र थिएन बरु फेरि एकपल्ट त्यो प्रेतलाई खोज्नु थियो ।
दक्षिणी गोलाद्र्धको नयाँ मनोदशा
तेस्रो महामन्दी (सन् २००७–२००८) को बेला पश्चिमाहरूले दक्षिणी गोलाद्र्धका देशलाई अघि बढ्न दिन्नन् वा सघाउँदैनन् भन्ने बलियो अनुभूति सबैले गरे । यही अनुभूतिबाट सन् २००९ मा ‘ब्रिक्स’ (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) को जन्म भयो । सन् २०२५ सम्म आइपुग्दा यसमा पाँच सदस्य (इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान र संयुक्त अरब इमिरेट्स) थपिएका छन् भने तेह्र साझेदार देश छन् । सुरुमा ‘ब्रिक्सका शिखर सम्मेलनहरू’ दक्षिण–दक्षिणको साझेदारी, दक्षिणी विश्वभरि व्यापार र लगानीमा केन्द्रित हुन्थे । पछिल्ला सम्मेलनहरू उत्तरी गोलाद्र्धका देशहरूबाट स्वतन्त्र अलग्गै अर्थतन्त्रको पुनः निर्माण तथा अमेरिकामुखी एकध्रुवीय विश्वको ठाउँमा राजनीतिक बहुपक्षीयतामा केन्द्रित हुन थालेका छन् । ब्रिक्सको अभियान सुरु भएको जम्मा सो¥ह वर्ष भयो । यति छोटो समयमै यसको मूल्याङ्कन गर्न सकिन्न । यही अवधिलाई हेर्ने हो भने पनि यसका सदस्य देशबिच राजनीतिक मतभेद देखियो । (भारत र चीन यसका उदाहरण हुन् ।) तिनका नेताको प्रवृत्तिमा पनि फरक आयो । (जस्तो, ब्राजिलमा डिल्मा रुसेफको वामपन्थी सरकार थियो । पछि जायर बोल्सोनारोको नवफासिवादी सरकार बन्यो । अहिले त्यहाँ पुनः लुइज इनासियो लुला डा. सिल्भाको वामपन्थी सरकार छ ।) चीन, भियतनाम, भारत, बङ्गलादेश र इन्डोनेसियाजस्ता एसियाका विशालकाय देशहरू आर्थिकरूपमा सबल बन्दै गएको हुनाले ब्रिक्सको अभियानका साथै अन्य दक्षिण–दक्षिण संरचनाहरूको निर्माणमा टेवा पुगेको हो । सन् २०२५ को जनवरी महिनामा बाङडुङ सम्मेलनको ७० औँ वार्षिकोत्सव मनाए सँगै इन्डोनेसिया ब्रिक्सको पूर्ण सदस्य बन्यो ।
विश्व अर्थतन्त्रको केन्द्र एसियातिर सर्दै छ । यसले गर्दा दक्षिणी गोलाद्र्धमा नयाँ आत्मबल वा ‘नयाँ मनस्थिति’ जन्मिएको छ । किनभने, अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका देशहरूले वित्त र प्रविधिका लागि अब उत्तरी गोलाद्र्धका संस्थानहरूको मुख ताकिरहनुपर्ने स्थिति रहेन । तेस्रो महामन्दीको सामना गर्न सन् २०१३ मा चीनले अघि सारेको बेल्ट र रोड अगुवाइ (बिआरआई) यो दिशामा निकै अहम खुड्किलो हो । किनभने, यसले दक्षिण–दक्षिण सहकार्यका लागि वस्तुगत आधार सिर्जना गरेको छ । बाङडुङ सम्मेलनताका यस्तो आधार थिएन । पूर्वी अफ्रिकामा रेलमार्ग, पेरुमा नयाँ बन्दरगाह आदिको निर्माणले दक्षिणी गोलाद्र्धका देशहरूबिच आन्तरिक व्यापार गर्ने माहोल बन्यो । सन् २०२३ सम्ममा चीनको वैदेशिक व्यापारको ४६.६ प्रतिशत व्यापार ‘बिआरआई’ सञ्जालमा रहेका देशहरूसँगको भयो । पश्चिमसँगको सम्बन्ध चुँडेकै हो (डिलिङ्किङ) भनी घोषणा गरिहाल्नु हतार होला । तर, चीन विश्वका १२० भन्दा बढी देशको प्रमुख व्यापारिक साझेदार बन्नु ठूलो बदलाव भइरहेको सङ्केत हो । ‘बिआरआई’ ले नागबेली बाटो लिँदै छ । यस्तोमा संलग्न देशहरूले आआफ्ना राष्ट्रिय विकास योजनाहरू एक ठाउँ ल्याएर छलफल गर्न जरुरी छ ।
आजको अवस्थालाई व्याख्या गर्न हामीले ‘नयाँ मनस्थिति’ शब्दावली प्रयोग गरेका छौँ । ‘दक्षिणी गोलाद्र्धको यो नयाँ मनस्थिति’ का मुख्य दुई लक्ष्य छन् – क्षेत्रीयता र बहुपक्षता । विश्व व्यवस्थालाई आर्थिक र राजनीतिक रूपमा प्रजातान्त्रिक बनाउने आकाङ्क्षाले यी दुई अवधारणा आएका छन् । शाङघाई साझेदार सङ्गठनदेखि लिएर दक्षिणी साझा बजार (मेर्कोसुर) सम्म यो क्षेत्रीयता विकसित भइसकेको छ । स्थानीय मुद्रामा आधारित हुनाले यो व्यापारले तीव्रता लिँदै छ । क्युवाली राजदूत डा. इन्दिरा लोपेज आर्गुलिजको शब्दमा ‘आर्थिक आत्मनिर्णय’ र ‘क्षेत्रीय हातेमालो’ हासिल गर्न भौतिक रूपमै सम्भव छ । यो क्षेत्रीयतासँग जोडिएर आउँछ बहुपक्षताको विस्तार । अर्थात्, संयुक्त राष्ट्रसङ्घ र विश्व व्यापार सङ्गठनजस्ता वैश्विक संस्थानहरू उत्तरी गोलाद्र्धका हतियार बन्नु हुँदैन । बरु, तिनले सबै सदस्य देशको आधारमा आफ्नो मुद्दा तय गर्नुपर्छ ।
बाङडुङ भावना आज छैन
सन् १९५० र १९६० को दशकमा राष्ट्रिय मुक्ति आन्दोलनहरूको ठूलो जनाधार थियो । बहुसङ्ख्यक जनता ती आन्दोलनको पक्षमा थिए । यी आन्दोलनको नेतृत्व खासगरी निम्न पुँजीवादी र भूमिपतिहरूको हातमा थियो । तैपनि, राष्ट्रिय मुक्तिप्रतिको आन्दोलनको मूलप्रवाहका कारण उनीहरू समाजवादी बाटोमा जान बाध्य भए । नवउपनिवेशवादी संरचनाभित्र रहेका तिनका सरकारले आफूमुनि सङ्गठित जनाधारकै बाटो पछ्याउनुप¥यो । यी ‘समाजवादहरू’ अनेक आकारप्रकारका थिए । भारतको दोस्रो पञ्चवर्षीय योजना (सन् १९५६–६१) मा अपनाइएको ‘समाजवादी बाटो’, (तान्जानियाका जुलियस नेरेरेले सन् १९६७ मा लेखेको) आरुशा घोषणामा आधारित अफ्रिकी समाजवाद वा अर्जेन्टिनाको पेरोनवादजस्ता ल्याटिन अमेरिकाका लोकप्रियतामा आधारित जनमुखी शासन । (पेरोनवादीहरू ‘साम्राज्यवादी होइन, माक्र्सवादी होइन, पेरोनवादी !’ भन्थे ।) नेतृत्व वर्गका आआफ्नै वर्गीय स्वार्थ थिए । तिनको दृष्टिकोण साँघुरो थियो । तैपनि राजनीतिक रूपमा सक्रिय जनसमूहले तिनलाई राष्ट्रिय मुक्तिको फराकिलो कार्यक्रम त्याग्न दिँदैनथे । अब हामी बाङडुङबारे चर्चा गर्न सक्छौँ ।
आज जनताका आन्दोलनहरू कमजोर छन् । दक्षिणी गोलाद्र्धका थोरै देशका समाजमा मात्र जनताको पकड छ । हाम्रो युगका प्रगतिशील सरकारहरूलाई प्रायशः अनेकथरी वर्गका दलको गठबन्धनले चलाउँदै छन् । यी गठबन्धनमा नवउदारवादको कहर थेग्न नसकेका निम्न पुँजीपति र उदारवादी बुर्जुआहरू समेत छन् । तर, उनीहरू पुराना विचारहरूबाट सजिलै बाहिर निस्किन सक्ने छैनन् । ल्याटिन अमेरिकामा दोस्रो जनउभार आइरहेको बेला सेनेगल र श्रीलङ्का जस्ता देशमा प्रगतिशील सरकारहरू उदाए । यो नवउदारवादको विघटनको परिणाम हो भने अर्कोतिर दक्षिणपन्थीहरूको अत्याचारलाई जवाफ पनि हो । यी सरकारहरू सङ्गठित जनसमूहको काँधमा चढेर बनेका होइनन् । यिनीहरू नवउदारवादसँग सम्बन्ध तोड्ने कुनै कार्यक्रमका आधारमा सङ्गठित भएका होइनन् । अफ्रिकाको साहेल क्षेत्र (नाइजर, माली र बुर्किना फासो) मा भएका साम्राज्यवादविरोधी सैन्य विद्रोहलाई सामाजिक आन्दोलनको नयाँ लहरले साथ थियो । देशको सार्वभौमिकता तथा विकासको फराकिलो लक्ष्य पूरा गर्न उनीहरू नयाँ बाटो खान्दै छन् । ‘ब्रिक्स भावना’ लगायत घटनाक्रम हेर्दा नयाँ मनस्थिति पैदा भएको भन्न सकिन्छ । तैपनि यिनलाई बाङडुङ भावनासँग दाँज्न मिल्दैन । हाम्रो युगमा जनस्तरबाटै बाङडुङ भावनाकै हाराहारीकै कुनै परिघटना घट्ला भनी घोषणा गर्नु कच्चो कुरा हुनेछ । इतिहासको वास्तविक गतिलाई धकेल्न सक्ने जनस्तरको प्रयास होला भनिहाल्नु आदर्शवादी कुरा पनि हुन सक्छ ।
यो नयाँ मनस्थितिलाई भित्रैबाट मलजल गर्दै छ उग्र–साम्राज्यवादले । उग्र–साम्राज्यवादको बढ्दो खतराले बाङडुङ भावनालाई ब्युँताउनुपर्ने आवश्यकता चर्काउँदै छ । हाम्रो अनुसन्धानबाट के देखिन्छ भने अहिले विश्वमा एउटै मात्र वास्तविक राजनीतिक–आर्थिक–सैनिक गुट छ । त्यो हो – अमेरिकाको नेतृत्वमा रहेको नेटो र इजरायलको गठबन्धन । आर्थिक र प्राविधिक शक्तिमा ¥हास आइरहे तापनि यो गुटसँग अझै पनि बेजोड सैन्य अग्रता र विश्व सूचना जगतमाथि उल्लेख्य नियन्त्रण छ । यस गुटले सविनय सार्वभौमसत्ताका लागि सङ्घर्ष गरिरहेका देशविरुद्ध समेत बहुपक्षीय हाइब्रिड युद्धकला, धाकधम्की एवम् हिंसाको प्रयोग गर्छ । दक्षिणी गोलाद्र्धका देशहरूले यस गुटलाई सामूहिक जवाफ दिन जरुरी छ । यो जवाफ दिने क्रममै बाङडुङ भावनाको मसाल पुनः बल्न सक्छ ।
दक्षिणी गोलाद्र्धमा नयाँ बाङडुङ युगको सुत्रपात गर्ने बाटोमा केही निश्चित छेकबार छन् :
१. पश्चिमा नेतृत्व पटकपटक असफल, पतनोत्मुख र खतरनाक देखिए पनि त्यसको डर र त्यसप्रतिको अनुराग अझै कायम छ । दक्षिणी गोलाद्र्धका देशहरू युद्ध हुन सक्ने आकलनले डरको स्थितिमा छन् । युद्ध भयो भने एकतर्फी धाकधम्की दिनेदेखि हवाइ बमबारी गर्नेसम्म सबैखाले युद्धकलाको प्रयोग हुन सक्छ । युद्ध अब सैद्धान्तिक सम्भावना मात्र होइन, यथार्थ तथ्य बनिसकेको छ । त्यसैले दक्षिणी गोलाद्र्धका देशहरू डराउनु जायज छ । अर्कोतिर, पश्चिमा वर्चस्वयुक्त विश्व व्यवस्थाको अवशेष बाँकी नै हुनाले पश्चिमको नेतृत्व आवश्यक छ भन्ने बन्धनकारी अनुभूति पनि छ ।
२. दक्षिणी गोलाद्र्धका देशहरू एसिया र खासगरी चीनले ठूलो फड्को मारेको विषयमा प्रस्ट नभएको बुझिन्छ । यी देशले गुणात्मक रूपमै नयाँ उत्पादक शक्ति हासिल भइसकेको र तिनलाई आआफ्नो देशमा लागु गर्न सकिने सम्भावना देखिरहेका छैनन् । यसकारण, यी देशले दक्षिणी गोलाद्र्ध एकजुट भएका खण्डमा बन्न सक्ने सामथ्र्यलाई कम आँकिरहेका छन् । अर्कोतिर, उत्तरी गोलाद्र्धका देशहरूले दक्षिणी गोलाद्र्ध अघि बढ्दै गएका खण्डमा खासगरी गरिब देशहरू खतराको भीरतिर धकेलिँदै जाने विचार पनि प्रसार गर्दै छन् । विशेषगरी एसियाली देशहरूले फड्को मार्दै गए तिनले उत्तरी गोलाद्र्धले बितेका सयौँ वर्षमा नल्याएको विपत्ति ल्याउने प्रचार गरिँदै छ । यो कुरा पुष्टि गर्ने यथेष्ट प्रमाण पनि छन् ।
३. डिजिटल जगत, मिडिया र वित्ततन्त्रमाथिको पश्चिमा नियन्त्रणको यथार्थ तस्बिरसामु झुक्ने अर्को प्रवृत्ति छ । यो नियन्त्रणको घेरा नाघ्नै नसकिने प्रचार त्यत्तिकै प्रबल छ ।
४. दक्षिणी गोलाद्र्धका धनकुवेर शासकको उल्लेख्य हिस्सा विश्वव्यापी वित्तीय पुँजीसँग गहिरोगरी जोडिएको छ । यसबाट उनीहरू सुरक्षित लगानीका लागि अमेरिकी डलरमाथि निर्भर रहेको प्रस्ट हुन्छ । आफ्नै देशबाट धन दोहन गरेर उत्तरी गोलाद्र्धका घरजग्गा कारोबार र वित्त बजारमा लगानी गर्नका लागि पनि तिनीहरू डलरमाथि निर्भर छन् । यो वर्गीय स्वार्थको पक्षमा लाग्न बुद्धिजीवी र नीति–निर्माताहरूको फौज सदा हाजिर रहन्छ । यो फौज नवशास्त्रीय अर्थशास्त्र र वासिङ्टन समझदारीभन्दा पर नदेख्ने रोगले ग्रस्त छ । त्यसकारण, हामीले दक्षिणी गोलाद्र्धको निम्ति नौलो विकास सिद्धान्तलाई अघि सारेका छौँ ।
५. सामाजिक आन्दोलनमा लागेका हामी धेरैजनाको एउटा पुरानो बानी छ । वामपन्थीहरूले सधैँ वर्गीय राजनीतिको वास्तविकतालाई गाली गरिहाल्नुपर्छ र यो अवस्थामा हामीले कहिल्यै सत्ता हत्याउन सकिन्न भन्ने सोच छ । सत्ता हत्याउन र हाम्रो मुद्दालाई अघि बढाउनका निम्ति यथार्थसँग कुनै पनि किसिमको सम्झौता गर्नु हाम्रो अन्तिम आजुलाई छोड्नु हो भन्ठानिन्छ । विजयी हुन नसक्नु एउटा बोझिलो अनुभूति हो । राष्ट्रिय मुक्तिको युगको बेला कसैलाई पनि यस्तो अनुभूति हुँदैनथ्यो । त्यसबेला राजसत्ता हत्याउनुलाई पछि हट्नै नमिल्ने र तत्काल पूरा गर्नुपर्ने आजु ठानिन्थ्यो । एउटा धार भन्दै छ – वामपन्थी आन्दोलन दक्षिणपन्थविरोधी सङ्घर्षमा लाग्नुपर्छ, नवउदारवादविरुद्ध शक्ति निर्माण गर्नुपर्छ र पछि राजसत्ताको माग वा कब्जातिर नलागी सारा सत्ता सिद्धान्तनिष्ठ वामपन्थीहरूलाई दिनुपर्छ । तर, राजसत्ताको निम्ति सङ्घर्ष नै नगर्नु कुनै विकल्प होइन ।
दक्षिणी गोलाद्र्धका जनताले माथि उल्लेख भएका (र यहाँ उल्लेख नभएका) चुनौतीहरूको सामना गर्न सामथ्र्य नजुटाएसम्म बाङडुङ भावना इतिहासको वास्तविक उत्प्रेरक बन्ने छैन । हामी इतिहासको एउटा मृतप्रायः चरण अथवा साम्राज्यवादी युगबाट बिस्तारै बाहिर निस्किँदै छौँ । तर, हामी (तोड्नका लागि सबैभन्दा कडा संरचना ठहरिएको) साम्राज्यवादभन्दा पर्तिरको नयाँ युगमा अझै उक्लिसकेका पनि छैनौँ ।
(‘ट्राइकन्टिनेन्टल : सामाजिक अध्ययन संस्थान’ आन्दोलन केन्द्रित अन्तर्राष्ट्रिय संस्था हो । यसले राजनीतिक आन्दोलनलाई सघाउ पुग्ने गरी अनुसन्धानहरू गर्दै आएको छ । यसले राजनीतिक अर्थशास्त्र अनि सामाजिक सोपानको ज्ञानलाई आन्दोलनबिचको खाडल पुर्ने प्रयास गर्ने गर्छ । यसरी यो संस्था एउटा बुद्धिजीवीदेखि लिएर सामान्य कामदार समेतलाई प्रभावित गर्ने पुँजीवादी विचारधाराविरुद्ध ‘विचारको लडाइँ’ मा समर्पित हुँदै आएको छ ।
स्रोत : एमआर अनलाइन । सम्यक)