रे जोन्स (Ray Jones)
मजदुर जनताको अधिकार र स्वतन्त्रतामाथि बेलायती सत्तारुढ वर्गको दमन जारी छ । न्याय प्रणाली, शरणार्थी समस्यामाथिको आक्रमण, परिचयपत्र (ID) र आतङ्कवादविरोधी कानुन सबै यस प्रक्रियाका हिस्साहरू हुन् र यी सबै प्रजातन्त्रको नाउँमा भइरहेको छ । अन्तर्राष्ट्रिय रूपमा बेलायत आम–विनाशका हतियारविरुद्ध आफ्नो रक्षार्थ ‘प्रजातन्त्र’ को युद्ध लडिरहेको छ । आम–विनाशका हतियारको विषय सँगसँगै कमजोर हुँदै गइरहेको छ । झूठो बोल्ने र भ्रम फैलाउने तानाशाहहरूको शासनमा बाँच्न बाध्य अभागी जनता प्रजातन्त्रको लागि पनि लडिरहेका छन् ।
प्रजातन्त्र एउटा स्पष्ट उपयोगी अवधारणा हो १ त्यसलाई प्राचीन ग्रीसेलीहरूले एथेन्समा प्रयोगमा ल्याएका थिए । पर्सियाली साम्राज्यवादको आक्रमणको प्रतिरोध गर्नमा ग्रीसेली नगर राज्यको सफलतालाई पश्चिमको प्रजातन्त्र रक्षा गर्ने काममा एउटा ठुलो उपलब्धिको रुपमा पश्चिमी प्राज्ञहरूले लिए ।
प्राचीन ग्रीसेली लेखकहरूले धूर्त, भ्रष्ट र अधिनायकवादी भीडको सामना गरेको तथा पराजित गर्ने बहादुर, इमानदार र साना राज्यहरूको कथा लेखेका छन् । त्यसलाई पश्चिमी इतिहासविदहरूले आत्मसात गरे । प्राचीन ग्रीसका सबै मूल्य र मान्यताहरू पश्चिमी सभ्यताको उदाहरण बन्यो ।
तर यी सबै मूर्खतापूर्ण कुरा हुन् । ग्रीसेलीहरूले प्रजातन्त्र ‘जनताको शासनसँगै’ अल्पतन्त्र वा सा¥है सानो समूहको शासन पनि देखेका थिए, तानाशाहीहरू र राजतन्त्र पनि देखेका थिए । प्लेटोको गणतन्त्र (Plato’s Republic) भन्ने ग्रन्थमा दार्शनिक राजकुमारको सिद्धान्त देखि पाय्थागोरस (Pythagoras) को सहकारी (कम्युन) अभ्याससम्म धेरै अवधारणाहरू प्राचीन ग्रीसमै उदाए । तिनीहरू दास व्यवस्थाबाट परिचित थिए, किनभने तिनीहरूको आर्थिक प्रणाली त्यसैमा आधारित थियो । प्राचीन एथेन्सको आधाभन्दा बढी जनसङ्ख्या र छेउछाउका सहरहरूको बहुसङ्ख्यक जनता खरीद बिक्री गर्न सकिने उपभोग्य सामाग्री थिए । ती दासहरूको श्रमको कारण अल्पसङ्ख्यक सानो समूहले राजनीतिमा परीक्षण गर्ने र दार्शनिक बन्ने अवसर पायो । कूल सङ्ख्याको आधा महिलाहरूको मतदान गर्ने अधिकार थिएन ।
पर्सियाली आक्रमणलाई पराजित गर्ने प्राचीन स्पार्टा (Sparta) ले आफ्नो श्रमिक समस्या सुल्झाउने आफ्नो नजिकैको देशमाथि आक्रमण गरे तथा सम्पूर्ण जनतालाई दास (Helots) बनाए । दुई राजाहरूको शासन रहेको स्पार्टामा रोचक साम्प्रदायिक संरचना थियो, तर त्यसलाई प्रजातान्त्रिक भन्न मिल्दैनथ्यो । सभ्यताको जन्मस्थल ग्रीस नभई मध्यपूर्व र पर्सिया थियो भन्ने कुरामा धेरैले तर्क गर्नेछन् ।

तर पश्चिमी इतिहासमा सत्तारुढ वर्ग र तिनीहरूका इतिहासविदहरूले प्राचीन ग्रीसबाट आफूलाई उपयुक्त कुराहरू मात्र छानेर आफ्नो उद्देश्यको लागि प्रयोग गरे ।
रोमन सत्तारुढ वर्गले ग्रीसेली सभ्यता र ग्रीसेली दासहरू प्रयोग गरे । मध्ययुगीन क्याथोलिक चर्चले सोक्रेट्स (Socrates) र प्लेटो (Plato) को प्रतिक्रियावादी पक्षहरूलाई प्रयोग गर्यो र प्रशंसा गर्यो । तर १९ औँ शताब्दीमा सबभन्दा बढी बेलायती पँुजीपति वर्गले प्राचीन ग्रीसको विचार र संस्कृति प्रयोग गर्यो । बेलायतमा सार्वजनिक विद्यालयहरूको नाममा तिनीहरूले साम्राज्यको ‘भार’ बोक्न तयार भई संभ्रान्त वर्ग उत्पादन र शिक्षित बनाउने प्रयास गरे । प्राचीन ग्रीसेलीहरूको यौन नैतिकताप्रति भने तिनीहरूले आँखा चिम्ले ।
त्यसो भए ‘प्रजातन्त्र’ को अर्थ के हो त ? प्रजातन्त्रको शाब्दिक अर्थ जनताको शासन होइन ? तर एउटा प्रश्न गर्न सकिन्छ जनता भनेको को हुन् ? झ्वाट्ट हेर्दा यो प्रश्न मूर्खतापूर्ण जस्तो लाग्न सक्छ, किनभने के हामी सबै जनता होइनौँ ? तर यो शब्द आविष्कार गर्ने ग्रीसेलीहरूको लागि त्यो मुखर्तापूर्ण थिएन । तिनीहरूको लागि जनता भन्नु सहरका स्वतन्त्र नागरिक थिए, सबैजसो सम्पत्ति पैदा गर्ने दासहरू होइनन् । त्यो समयदेखि नै वर्ग सङ्घर्षले आफ्नो वैचारिक सङ्घर्षमा ‘जनता’ शब्द भित्र कसलाई सामेल गरिनुपर्दछ भन्ने विषयमा विवाद सुरु गर्यो । सबै तल्लो वर्गले आफूलाई शासन गर्ने वर्गको एक हिस्सा भनी दावी गरेका छन् भने सबै सत्तारुढ वर्गले तिनीहरूको दावीको प्रतिरोध गरेका छन् ।
ऐतिहासिक दस्तावेजहरू पढ्दा यो कुरा झन् अन्यौलपूर्ण हुन सक्तछ । जब लेखकहरू अत्याचारको विरोधमा र स्वतन्त्रताको पक्षमा गर्जन्छन्, एउटा प्रश्न सोध्न सकिन्छ, “कसको अत्याचार, कसको स्वतन्त्रता ?”
सभ्यता र प्रजातन्त्रको नाममा बेलायती सत्तारुढ वर्गले संसारमा सबभन्दा ठुलो साम्राज्य बनायो । उसले अरूले जस्तै लुटपाट र डकैती गर्यो, दास बनायो । त्यस साम्राज्यले अरुले जस्तै पँुजीवादी उत्पादन, व्यापार र शोषणमा आधारित दासता फैलायो । उ अप्रत्यक्ष रूपमा र लचकदार भएर काम गर्न सक्षम थियो । विना शक्ति प्रयोग पर्याप्त नाफा कमाउन सकिने ठाउँमा सैनिक नियन्त्रण प्रयोग उसले गरेन । भारतमा बेलायतले आधिकारिक आधिपत्य बिस्तारै र आकस्मिक रुपमा लागु ग¥यो, निजी सिमाधिकारी इष्ट इण्डिया कम्पनी (East India Company) को हातबाट बेलायती राज्यले अधिकार खोस्यो । व्यक्तिलाई आवश्यकभन्दा बढी सम्पत्ति रहन नवीन करहरू लगाएर उपयुक्त भाग दिने गरियो ।
साम्राज्यको यो इतिहासमा जातिवाद गाँसिएको छ तर त्यो नः स्थिर थियो न अपरिवर्तनशील नै । अरु समाज र संस्कृतिहरूको अन्वेषण प्रायःजसो रोचक, सम्मानजनक वा डरलाग्दो थियो । तर पँुजीवादभित्र निहित धेरै नाफाको चाहना र पश्चिमी सैन्य प्रविधिमा भएको विकासले यो प्रवृतिमा परिवर्तन ल्यायो । पहिलो आर्थिक अभियानसँगै त्यो प्रवृत्ति वैचारिक कारक बन्यो । नाफा कमाउन चाहिने चरम शोषक र बर्बरतापूर्ण क्रियाकलापहरू सही ठह¥याउने निहुँहरू सृजना गरियो । अन्य संस्कृतिहरूलाई तल्लो ठानियो । अन्य मानिसहरूलाई ‘जनता’ को एक भाग, मानिस समेत ठानिएन । तिनीहरूलाई मताधिकार थिएन, तिनीहरूलाई साँचो मानवसमेत मानिएका थिएनन् ।
पर्सियासँगको प्राचिन ग्रीसेली भीडन्त, इसाईहरूको यहुदीविरोधी सङ्घर्ष, इस्लामसँगको धर्मयुद्धदेखि पश्चिमी संस्कृति अस्तित्वसम्ममा रहँदै आएको विदेश घृणा (Xenophobia) अफ्रिकाको त्यो दास व्यापारको विभत्सता आफ्नो चरम सीमामा पुग्यो ।
दासताको त्रासदीले अफ्रिकालाई पीडित बनायो र नाफाको दर घट्न थालेपछि मात्र त्यो क्रम अन्त्य भयो । त्यसपछि मात्र मुठ्ठीभर बहादुर दासप्रथा विरोधी अभियानकर्ताहरू उदाए । शोषण जारी रह्यो तर त्यसको गति अलि कम भयो । शोषण ‘विदेशीहरूमाथि’ मात्र भएन, साम्राज्यवादले आफ्नो नाफाको भाग आफ्नै तल्लो तहका ‘गैर नागरिकहरूलाई’ पनि बाँड्यो, तर त्यो सान्दै सानो भाग थियो । यसका साथै त्यसले आफ्नो संसदीय प्रजातन्त्र फैलाउन थाल्यो । फ्राइश्चेलीहरूको लामो र कठीन सङ्घर्ष तथा बढ्दो मजदूर सङ्घको आन्दोलनपछि यो बिस्तारै तल्लो वर्गमा सर्यो । भिक्टोरियाली युगमा चाल्र्स डिकेन्स (Dickens) को रचनामा त्यसबेलाको दरिद्रता राम्रोसँग चित्रण गरिएको छ ।
प्रथम विश्वयुद्धपछि मात्र यो महिलाहरूमा स¥यो । युद्धभन्दा पहिला पादरी सोफ्रागेट्स (Suffra Gettes) से सुरु गरेको महिलाहरूले पनि मतदान गर्न पाउने नाटकीय अभियान माथि धेरै तर्क–वितर्कहरू भए । सरकार कमजोर बन्यो तर युद्धको बेला महिलाको श्रममाथिको निर्भरता र यसले ल्याएको सांस्कृतिक परिवर्तनले यो विषयलाई टुङ्ग्यायो ।
महिलाहरूलाई मतदानको अधिकार दिइएपछि प्रतिगामी तत्वहरूले त्यसप्रति आक्रोश व्यक्त गरे । त्यसले सभ्यताको अर्थात पँुजीवादी सभ्यताको अन्त्य हुने तिनीहरूको विचार थियो । सत्तारुढ वर्गमा रहेका बुद्धिमान व्यक्तिहरूलाई मतदानको अधिकार वास्तविक शक्ति नभएको कुरा थाहा थियो । सत्तारुढ वर्गलाई स्वतन्त्रताको भ्रम र बहुसङ्ख्यकको शासन भन्ने झूटो विश्वासभन्दा बढी त्यसबाट हुने हल्लाबाट बेफाइदा थियो ।
संसदीय निर्वाचनमा गर्ने मतदान प्राचीन प्रजातान्त्रिक एथेन्समा ढुङ्गा फ्याक्नुजस्तो होइन, यो अप्रत्यक्ष चुनाव हो । यसमा तपाई एक प्रतिनिधिलाई मतदान गर्नुहुन्छ, एउटा विषयलाई होइन । एकपटक छानिएपछि आगामी निर्वाचन नभएसम्म उसले जे पनि गर्न सक्छ । एथेन्समा पनि सबै ढुङ्गाहरूको तौल उही छैन । हरेक नागरिकको एउटै मात्र मत हुन्छ । तर धनीहरूको प्रभाव र शक्ति भनेको सहरमाथि तिनीहरूको आधिपत्य हो ।
राजनीतिले जस्तोसुकै रुप लिए तापनि उत्पादनका साधन, सांस्कृतिक समाज र जीवनलाई जिउँदो राख्ने साधनहरू भएका जनता नै शासक बन्नेछन् । संसदीय प्रजातन्त्रले यो तथ्यलाई लुकाउन मद्दत गर्छ तर त्यसलाई परिवर्तन गर्दैन । पँुजीवादी शोषणको लुकेको प्रवृत्तिसँगै संसदीय प्रजातन्त्रको भ्रम जोडिएपछि मजदुरहरूको श्रमको नाफाको वास्तविक स्रोतलाई अस्वीकार गरिन्छ, यसबाट एउटा पन्छाउन नसकिने दिगो प्रणाली स्थापित हुन्छ ।
प्रथम विश्व युद्धको आघातले रुसमा महान अक्टोबर क्रान्ति गर्न मद्दत गर्यो तथा दोस्रो विश्वयुद्धले चिनियाँ क्रान्ति र राष्ट्रिय मुक्ति सङ्घर्षको लहर ल्यायो ।
ती क्रान्तिहरूले स्वामित्वको नयाँ प्रणाली, सर्वहारावादी हुकुम र समाजवादमा आधारित नयाँ प्रजातन्त्रलाई जन्माए । ‘क्रान्तिकारी’ वामपन्थीहरूमाझ पनि संसदीय प्रजातन्त्रको दन्त्य कथाले जरा गाडेको छ । बेलायतको कम्युनिष्ट पार्टीको ‘समाजवादतर्फ बेलायती बाटो’ देखि बेलायती कम्युनिस्ट पार्टीको भनाइ, समाजवादी गठबन्धन (Socialist Alliance), समाजवादी लेवर पार्टी (Social Labour Party) र जर्ज ग्लोवोको सम्मान गठबन्धन (George GallowayÚs Respect Coalition) मा समेत संसदीय प्रजातन्त्रको मोह छ । यी सबैको कारण श्रमिक (Labour Party) पार्टीको वास्तविक चरित्र, यसको शक्ति र कमजोरीहरूलाई सहीरूपमा बुझ्न लामो समयदेखिको असफलता तथा क्रान्तिकारी समय नआएको बेला उग्र वामपन्थी र सुधारवादप्रतिको ‘स्वाभाविक’ प्रवृत्ति पनि आंशिकरूपमा जिम्मेवार छ ।
व्यापक मजदुर वर्गको समर्थन तथा मजदुर आन्दोलनसँग सम्बन्ध भएको श्रमिक पार्टी (Labour Party) विरुद्ध सीधै नजाने गरी वामपन्थीहरू तत्कालीन मागहरूलाई लिएर एकजुट हुन सकेमा हामीले केही सुरुवात गर्न सक्नेछौँ ।
(प्रतिध्वनि वर्ष १० पूर्णाङ्क १३ बाट)