द ट्राइकन्टिनेन्टल
केरलामा किताबको बास्ना
दक्षिण–पश्चिम भारतको राज्य केरलाको जनसङ्ख्या झन्डै ३ करोड ३४ लाख छ । त्यहाँ वामपन्थी प्रजातान्त्रिक मोर्चाको शासन छ । त्यसको मूल पार्टी भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) हो । राज्यको जुनसुकै नगर वा सहरमा पुग्नुभयो भने तपाईँ त्यहाँका सार्वजनिक पुस्तकालयमा मान्छेको घुइँचो देख्न पाउनुहुन्छ । ती पुस्तकालयमा कतिपयले घर लिएर जान पुस्तक खोजिरहेका हुन्छन् भने कोही टेबलमा बसेर पढिरहेका हुन्छन् । केरलामा नौ हजारभन्दा बढी सार्वजनिक पुस्तकालय छन् । कम्युनिस्ट आन्दोलन सक्रिय हुनाले पढाइको गजबको परम्परा छ त्यहाँ ।
सन् १९२० को दशकमा बेलायती साम्राज्यवादलाई परास्त गर्ने आन्दोलन चरमचुलीमा थियो । उपनिवेशवादविरोधी भारतीय राष्ट्रवादले साक्षरतालाई ठुलो महत्व दियो । साक्षरता अभियानको एउटा हतियार थियो सार्वजनिक पुस्तकालय । उदार रजौटाहरूले शासन गर्ने भारतका विभिन्न राज्यमा पुस्तकालय विकासको महत्वपूर्ण अङ्ग बनिसकेको थियो । (बरोडा राज्य यसको उदाहरण हो ।) भारतमा पुस्तकालय आन्दोलनको कथाको एउटा रोचक पाटो छ । यस आन्दोलनको सुरुआत गर्नेमध्ये धेरैले साथीहरूको समूह बनाएर पुस्तक र पत्रपत्रिका जम्मा गरेका थिए । यसरी गाउँ–टोलमा ससाना पुस्तकालय बन्न थाले । एउटा दृष्टान्त हेरौँ । पिएन पनिकरलाई केरलामा पुस्तकालय आन्दोलनका पिता मानिन्छ । सुरुमा उहाँ एउटा पत्रिकाको ग्राहक बन्नुभएछ । त्यो सुविधा त्यसबेला हुनेखानेहरूलाई मात्र प्राप्त थियो । आठ–दसजना व्यक्ति उहाँको घरमा जम्मा हुने रहेछन् र उहाँलाई ठुलो स्वरमा पत्रिका वाचन गर्न भन्दा रहेछन् । उहाँले भन्नुभयो, “पत्रिका नआएको दिन म उनीहरूलाई महान् व्यक्तित्वहरूका जीवनी पढेर सुनाउँथेँ । मेरो एउटा साथी अरू दुइटा दैनिक पत्रिकाको ग्राहक बन्यो । ऊसँग पनि किताबहरूको सानो सङ्कलन थियो । यी पत्रपत्रिका र पुस्तकलाई एउटा सानो कोठामा जम्मा गरेपछि हामीले एउटा सानो पुस्तकालय सुरु ग¥यौँ । पुस्तकालय बनाउन हामीले त्यो कोठा बहालमा लिएका थियौँ । तर, त्यसको बहाल तिर्नुपर्दैनथ्यो ।” केरलामा पुस्तकालयका यस्ता हजारौँ कथा छन् । यीमध्ये धेरै पुस्तकालय पछि सरकारी पुस्तकालय सञ्जालका हिस्सा बने । सरकारी स्रोतसाधन पाएपछि यी पुस्तकालयको स्तर पनि उकासियो । यस्ता ससाना पुस्तकालयले आज पनि केरलाको पुस्तकालय आन्दोलनलाई टेवा दिँदै छन् । केरलामा ठोस आकार लिएपछि यो पुस्तकालय आन्दोलन भारतका अन्य भेगमा पनि सर्दै गयो ।
एउटा उदाहरण हेरौँ । केरलामा सबैभन्दा धेरै पुस्तकालय भएको जिल्ला हो कन्नुर । यस जिल्लामा ९३ स्थानीय तह छन् । यिनैमध्ये एक हो मायिल पञ्चायत ग्रामा । यसको जनसङ्ख्या २९ हजारको हाराहारीमा छ । केरला राजकीय पुस्तकालय परिषद्सँग सम्बद्ध मात्र ३४ पुस्तकालय छन् त्यहाँ । यसको अर्थ त्यहाँ एक वर्गकिलोमिटरमा एउटा पुस्तकालय छ । प्रत्येक पुस्तकालमा ८७२ व्यक्तिले एकसाथ बसेर पढ्न मिल्छ । विश्वभरि नै पुस्तकालयको यस्तो घनत्व बिरलै भेटिएला । यी पुस्तकालयलाई राज्य सरकारले खर्च दिन्छ । पुस्तकालयमा कम्प्युटर र सूचीपत्र राखिएको हुन्छ† तालिम प्राप्त कर्मचारीहरू हुन्छन् । उनीहरू आफ्नो टोलछिमेकका लागि ज्ञान प्राप्तिका सहायक जस्ता हुन्छन् । उनीहरू सक्रिय भएर आफ्नो समुदायको आँखा खोल्ने काममा लागेका हुन्छन् ।
त्यहाँका प्रत्येक पुस्तकालयका आआफ्नै कथा छन् । धेरै पुस्तकालयको नाउँ राष्ट्रवादी र कम्युनिस्ट नेताहरूको नाममा राखिएको छ । कन्नुरका केही पुस्तकालय निम्न हुन् :
(टिपोट : केरलामा बोलिने मलयालम भाषामा पुस्तकालयलाई ‘ग्रन्थालयम’ भनिन्छ । वाचनालयलाई ‘बयानशाला’ भनिन्छ । वाचनालयमा मानिसहरू बसेर पढ्न सक्छन् । कतिपय वाचनालय सानो कोठामा खोलिएका हुन्छन् । त्यहाँ दैनिकदेखि मासिक पत्रपत्रिका पाइन्छन् । त्यहाँ किताब नहुन पनि सक्छन् । कतिपय वाचनालयमा केही किताब पनि हुन्छन् । कहिलेकाहीँ ‘बयानशाला’ शब्दले पुस्तकालय पनि जनाउँछ । तलको सूचीमा राखिएका सबै संस्था पुस्तकालय हुन् र त्यहाँ बसेर पढ्ने व्यवस्था पनि छ । केरलाका सबैजसो पुस्तकालयमा बसेर पढ्ने सुविधा छ ।)
१. मायिलमा भेलम सार्वजनिक वाचनालय छ । सन् १९३४ मा भारतीय ईश्वरन् नम्बुदिरी मायिल पञ्चायत (गाउँ परिषद्) आएका थिए । उनी राष्ट्रिय कङ्ग्रेसका सदस्य थिए । गाउँलेहरूबिच हिन्दी भाषाको प्रचार गर्दै उनी मायिल पुगेका थिए । उनले विद्यालयको लागि एउटा अलग्गै टहरो बनाए । त्यही टहरो पछि गएर पुस्तकालय बन्यो । त्यसमा आज १८ हजार पुस्तक छन् ।
२. थालासेरीमा पारल सार्वजनिक वाचनालय छ । सन् १९३४ मा कौमुदी नामकी एक १६ वर्षे बालिकाले महात्मा गान्धीलाई आफ्नो सुनको गहना दान गरिन् । बेलायतको औपनिवेशिक शासनविरुद्ध स्वतन्त्रता आन्दोलनलाई उनले त्यो गहना दान गरेकी थिइन् । त्यो गहना बेचेर आएको रकमबाट एउटा पुस्तकालय खोलियो । यो पुस्तकालयमा आज जिल्लाको ऐतिहासिक अभिलेख राखिएको छ ।
३. कन्डाक्कीमा एसजेएम अध्ययन गृह तथा राष्ट्रिय पुस्तकालय छ । उन्नाइसौँ शताब्दीमा केरलामा समाज सुधारको अभियान चल्दै थियो । तिनैताका गाउँलेहरूलाई पढाउन श्री जाथवेदा गुरु नाउँका व्यक्ति कन्डाक्की पुगे । उनी गाउँलेहरूलाई जातीय उँचनीच र छुवाछुतविरुद्ध लड्न प्रेरित गर्न चाहन्थे । पुस्तकालय उनको अभियानमा सहायक बन्यो । उनले एउटा ससानो पुस्तकालय स्थापना गरे । आजका मितिमा त्यस पुस्तकालयमा १० हजारभन्दा बढी पुस्तकको राम्रो सङ्कलन छ ।
४. पिनारायीमा सी माधवन स्मृति वाचनालय छ । सन् १९३९ मा भारतीय कम्युनिस्ट पार्टीको प्रथम सम्मेलन भूमिगतरूपमा पिनारायीमा सम्पन्न भयो । त्यसको दुई दशकपछि एउटा प्रगतिशील युवा सङ्गठन ‘श्री नारायण आश्रित सङ्घम्’ ले सी माधवन स्मृति पुस्तकालय स्थापना ग¥यो । पुस्तकालयको नाउँ एक सामाजिक कार्यकर्ताको नाममा राखिएको थियो । प्रत्येक वर्ष हजारौँ पुस्तक जम्मा गरेर पुस्तकालयमा राखिन्छ । यसको लागि वरपरका मानिसहरूले दान गर्ने चलन नै चलाइएको छ । त्यो सामुदायिक भावना फस्टाएर गएको छ । आज आसपासको इलाकामा कुनै नयाँ घर निर्माण गर्दा घरनजिकै पुस्तकालयको नाउँमा एउटा फलफूलको बोट रोप्ने चलन छ ।
५. त्mोममा कुलापुरम वाचनालय तथा पुस्तकालय छ । सन् १९५० को दशकमा त्mोम गाउँका जुलाहाहरूले एउटा वाचनालयको निर्माण गरे । त्यसको नाउँ राखे – नवयुवा क्लव । त्यो वाचनालय अहिले तीनतले वातानुकूलित पुस्तकालयमा रूपान्तरण भएको छ । त्यहाँ सार्वजनिक कार्यक्रम पनि आयोजना गर्न मिल्छ । पुस्तकालयको आफ्नै ठुलो खेलमैदान तथा तरकारी बगान छ । पुस्तकालयले अनेक नौलो सामाजिक सेवाको काम पनि गर्छ । जस्तो पुस्तकालयले घरघरै पुस्तक पु¥याउँछ† महिलालाई मोटरसाइकल चलाउने तालिम दिन्छ । यसले गर्दा सयौँ महिलाले चालक लाइसेन्स पाइसकेका छन् । सन् २००८ मा पुस्तकालयले परियारमस्थित सरकारी मेडिकल कलेज कन्नुरका स्वास्थ्यकर्मीसँग मिलेर गाउँका ७ सय घरधुरीमा स्वास्थ्य जाँच कार्यक्रम चलाएको थियो । डाक्टर र पुस्तकालयकर्मीहरूको टोलीले आसपासका सबै घरमा गएर स्वास्थ्यसम्बन्धी सूचना सङ्कलन गरेको थियो† नगरपालिकाले दिने स्वास्थ्य सेवाबारे सबैलाई बताएको थियो ।
६. चाला नाउँको गाउँमा स्वदेश उत्थान वाचनालय तथा सार्वजनिक पुस्तकालय छ । खजुरका बोटहरूको छहारीमा छ यो पुस्तकालय । यसको स्थापना सन् १९६० को दशकमा स्थानीय किसानहरूले गरेका थिए । यी किसानले बिँडी बनाएर, कपडा बुनेर र दिहाडी मजदुरी गरेर पेट पाल्थे । यी किसानले किताब पढ्न र जीवन–जगतबारे चिन्तन गर्न आफ्नो कमाइ जम्मा गरेर यो पुस्तकालय बनाएका थिए । आज त्यहाँ झन्डै ९ हजार पुस्तक छन् ।
७. काभुम्बयीमा थलियाँ रमन नाम्बियर स्मृति सार्वजनिक वाचनालय छ । थलियाँ रमन सामाजिक कार्यकर्ता थिए । काभुम्बयीमा किसान विद्रोह हुँदा सन् १९४६ मा रमनलाई प्रहरीले पक्राउ ग¥यो । चार वर्षपछि सलिम जेलमा भएको हत्याकाण्डमा प्रहरीले रमनको हत्या ग¥यो । सन् १९६२ मा स्थानीय किसानहरूले उनको सम्मानमा यो पुस्तकालयको स्थापना गरे ।
८. कारिभेल्लुरमा आभोन पुस्तकालय छ । आभोन क्लव नै सन् १९७३ मा पुस्तकालयमा रूपान्तरण भएको थियो । आज यहाँ १७ हजार ५७४ पुस्तक र ६१९ सदस्य छन् । पुस्तकालयले बालबालिकाका लागि पुस्तक वाचन कार्यक्रम र चलचित्र प्रदर्शनीको आयोजना गर्छ । ज्येष्ठ नागरिकलाई पुस्तकालयले घरघरमै पुस्तक पु¥याउने काम पनि गर्छ । पुस्तकालयमा एउटा इतिहास कक्ष छ । यहीबाट प्रेरित भएर स्थानीय विद्वान्हरूले इतिहाससम्बन्धी दुइटा थेसिस लेखिसकेका छन् ।
कोभिड महामारीको बेला पुस्तकालय आन्दोलनका भौतिक पूर्वाधारले गाउँछिमेकलाई सुरक्षित राख्न र विद्यार्थीलाई पढाइ जारी राख्न मुख्य भूमिका खेलेका थिए । यसको गजबको उदाहरण हो नेटवर्क आयोजना । यसको सुरुआत कन्नुरमा भएको थियो । जिल्लाको आदिवासी क्षेत्रमा सामाजिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो आयोजना थालिएको थियो । आयोजनाका अगुवा थिए डा. भी. शिवदासन । उनी भाकपा (माक्र्सवादी) का नेता र भारतको राज्यसभाका सदस्य हुन् । लगत्तै यो परियोजना ‘सामाजिक विकासको निम्ति जनअभियान’ को अभिन्न अङ्ग बन्यो । यो ‘जनअभियान’ कन्नुर जिल्ला पुस्तकालय परिषद्मातहत आउँछ । यसका संरक्षक केरलाका मुख्यमन्त्री पिनारायी विजयन हुन् । ‘जनअभियान’ ले वडा–वडामा पुस्तकालय स्थापना गर्न सघाउने प्रतिबद्धता गरेको छ । यस नीतिअन्तर्गत ‘जनअभियान’ ले कन्नुर विश्वविद्यालय तथा केरलाको पुस्तकालय परिषद्सँग मिलेर सन् २०२३ को जनवरीमा भारतीय पुस्तकालय सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा पाँच लाख सहभागी थिए । सम्मेलनको लागि आयोजकहरूले विविध विषयमा १५ सयवटा सेमिनार गरेका थिए । तीमध्ये ३ हजार पुस्तकालयकर्मी थिए । कतिपय स्थानीय निकायका कर्मचारी, सरकारी पदाधिकारी, सहकारीकर्मी, विद्यार्थी, शिक्षक र अन्य पेसाकर्मी थिए ।
भारतीय पुस्तकालय सम्मेलन आज भारतका विभिन्न राज्यमा वार्षिकरूपमा आयोजना गरिन्छ । निम्न विचारलाई मलजल गर्नु नै यस सम्मेलनको उद्देश्य रहँदै आएको छ :
१. सकेसम्म देशभरि टोलैपिच्छे पुस्तकालय स्थापना गर्नुपर्छ । यी पुस्तकालयमा पुस्तक मात्र होइन, सबैभन्दा उन्नत प्रविधि पनि राख्नुपर्छ ।
२. यी पुस्तकालय सहरमा मात्र होइन, विकट गाउँहरूमा पनि स्थापना गर्नुपर्छ । उत्तर–पूर्वी केरलामा पर्ने वायानादजस्ता दुर्गम पहाडी इलाकामा समेत पुस्तकालय हुनुपर्छ ।
३. समुदायका लागि यी पुस्तकालय महत्वपूर्ण र सक्रिय सार्वजनिक स्थल बन्नुपर्छ । यहाँ संस्कृति फस्टाउनुपर्छ । विभिन्न सङ्घ सङ्गठनले क्रियाकलाप गर्ने थलो बन्नुपर्छ । पुस्तकालयले चलचित्र प्रदर्शन, खेलकुदका कार्यक्रम, कला प्रदर्शनी, साहित्य मेला र सीपमूलक कक्षा सञ्चालन गर्नुपर्छ । यी पुस्तकालयको बगलमा स्वास्थ्य केन्द्र र विज्ञान कक्षाहरू हुनुपर्छ ।
कामदार जनताले दिनकै पुस्तकालय आन्दोलनलाई आकार दिँदै छन् । तीमध्ये एक हुन् राजन भिपी । उनी पायन्नुर अन्नुरमा बस्छन् । ६ कक्षा मात्र पढेका राजन बिँडी मजदुर थिए । सानै उमेरमा उनले बिँडी कारखानामा काम गर्न थाले । त्यहाँका मजदुरहरूले दिनकै पत्रपत्रिका पढेको देखेर उनी औधी प्रभावित भए । मजदुरहरूले एकअर्कालाई पत्रिका वाचन गरेर सुनाउँथे । खाजा खानुअघि पत्रिका पढिन्थ्यो भने खाजापछि कुनै उपन्यास पढिन्थ्यो । (क्युवाका सिगार कारखानामा पनि यस्तै अभ्यास भएको पढ्न पाइन्छ ।) पढाइले राजनलाई थप पढ्न प्रेरित ग¥यो । उनले औपचारिक पढाइ अगाडि बढाए । पढेपछि उनले घरनजिकै एउटा सहकारी बैङ्कमा खजान्चीको नयाँ जागिर पाए । सन् २००८ मा उनी बैङ्कको म्यानेजर नै बने । त्यो वर्ष राजनले ‘जनपुस्तकालय तथा वाचनालय’ को स्थापना गरे । आज यो पुस्तकालय उनको नगरको सांस्कृतिक जीवनको केन्द्र बन्न पुगेको छ ।
पुस्तकालय आन्दोलनका अर्की अभियन्ता हुन् राधा भिपी । उमेर उनी साठी पुगिन् । उनी पनि बिँडी मजदुर हुन् । उनले सात कक्षा मात्र पढेकी थिइन् । सानै उमेरमा उनले घरव्यवहार सम्हाल्नुप¥यो । कलिलो उमेरबाटै उनले भाकपा (माक्र्सवादी) को साप्ताहिक पत्रिका ‘देशाभिमानी’ पढ्न थालिन् । उनी सम्पादकलाई चिठी लेख्थिन् र लेख्थिन् कथा–कविताहरू । सन् २००२ मा राधा जवाहर पुस्तकालयले सञ्चालन गर्ने ‘वृद्धा पुस्तक वितरण कार्यक्रम’ की सदस्य बनिन् । यस कार्यक्रमलाई ‘घुम्ती पुस्तकालय’ पनि भनिन्छ । यो कार्यक्रम सन् २००१ मा सुरु भएको थियो । यसमा कार्यक्रमका सदस्यले पाठकका घरघरमा पुस्तक लग्छन् । खासगरी महिला र वृद्धाहरूलाई पुस्तक दिइन्छ । कारखानाको काम सकेपछि एक हातमा पुस्तकालयको रजिस्टर र काँधमा झोलाभरि पुस्तक बोकेर राधालाई घरघर पुस्तक पु¥याएको देख्दा टोलछिमेकको मनै हर्रर हुने गर्छ । सन् २०१८ मा राधाले दस कक्षा उत्तीर्ण गरिन् । त्यसपछि उनले उच्च शिक्षा लिनका लागि दिनुपर्ने राज्य–परीक्षा पनि पास गरिन् । पढाइ र काम दुवैलाई अघि बढाइरहे तापनि राधाले पुस्तकालयको काममा कहिल्यै ढिलासुस्ती गरिनन् । उनले भनिन्, “यो काम मलाई मन पर्छ । मलाई यो झोला कहिल्यै बोझ लागेन । किताबको बास्नाले मलाई अपार आनन्द दिन्छ ।”
राजन र राधाजस्ता मजदुर मानवीय अगुवाइका प्रतिमूर्ति हुन् । यस्तै मानिसहरूका प्रयासले केरलाभरि पुस्तकालय आन्दोलन फल्दै–फुल्दै छ ।
लालपुस्तक दिवस, जापानदेखि चन्द्रमासम्म
सन् २०१९ फेब्रुअरी २१ को कुरा हो । भाकपा (माक्र्सवादी) सम्बद्ध ‘वामपन्थी प्रकाशकहरूको भारतीय समाज’ ले एउटा प्रचलन सुरु ग¥यो । लगत्तै त्यसलाई ‘लालपुस्तक दिवस’ भन्न थालियो । माक्र्स–एङ्गेल्सकृत ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ लेखिएको १७१ औँ वार्षिकोत्सव तथा विश्व मातृभाषा दिवसको अवसरमा त्यो नौलो काम थालिएको थियो । ‘घोषणापत्र’ को प्रकाशन तथा विश्व मातृभाषा दिवसले सामूहिक जीवनलाई धर्मनिरपेक्ष, सुसंस्कृत र समाजवादी आधार दिन खोज्छ । ‘लालपुस्तक दिवस’ ले छिट्टै विश्वभरिका प्रकाशकहरूको ध्यान तान्यो । सन् २०२० मा दक्षिण कोरियादेखि क्युवासम्मका ३० हजारभन्दा बढी मानिसले यो दिवस मनाए । सन् २०२४ सम्ममा विश्वका दसौँ लाख मानिसले ‘लालपुस्तक दिवस’ मनाए । केरलाकै पाँच लाख मानिसले सो दिवस मनाए । त्यो दिन इन्डोनेसियादेखि चिलीसम्म विभिन्न कार्यक्रम गरियो ।
सन् २०२० मा अर्थात् पहिलो वर्षमै भारतबाहिर पनि ‘लालपुस्तक दिवस’ मनाइएको थियो । तमिल नाडुमा किसान सङ्गठन र विभिन्न ट्रेड युनियनले गाउँगाउँमा सडकनजिकै प्लास्टिकका कुर्सीमा बसेर ‘कम्युनिस्ट घोषणापत्र’ बारे छलफल गरे । यसबिच ब्राजिलमा ‘भूमिहीन कामदारको आन्दोलन’ सक्रिय रहेका बस्तीहरूमा चाडपर्वको मौका पारेर त्यसका सदस्यहरूले सँगै बसेर पालैपालो पुस्तक वाचन गरे । नेपालका पहाडहरूमा कृषि मजदुरहरूका सङ्गठनले स्वदेशी ‘लालपुस्तक’ बारे छलफल गरे । तान्जानियाका भूमिहीन किसानले साक्षरताको महत्वबारे कुराकानी गरे ।
चार वर्षपछि क्युवाको हवानामा भएको दसदिने पुस्तक मेलाको एउटा कुनामा ‘लालपुस्तक दिवस’ (फेब्रुअरी २१) का घटनाक्रमको विशेष प्रदर्शन गरियो । केरलामा चेम पार्वदीले ‘लालपुस्तक दिवस’ भिडियो निर्माण गरिन् । भिडियोमा उनी त्रिवेन्द्रम सहरका बजार र कारखानामा फ्रान्सेली भाषाको ‘अन्तर्राष्ट्रिय गान’ मा नाचेको देख्न सकिन्छ । गीतको अन्त्यमा चेम पार्वदीले समुद्रको तटमा कम्युनिस्ट झन्डा फहराउँछिन्† पर क्षितिजमा रातो सूर्य देखिन्छ । उनको भिडियोसँगै ‘लालपुस्तक दिवस’ मनाउन विश्वभरिका कलाकारले डिजाइन गरेका मौलिक पोस्टरहरू सार्वजनिक भए । ती पोस्टरले धेरैभन्दा धेरै मानिसलाई तिनका टोलछिमेकमा पुस्तक वाचनलगायत विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्न उत्साहित गरे ।
सन् २०२० मा पहिलो अन्तर्राष्ट्रिय लालपुस्तक दिवसको तयारी चल्दै थियो । ‘वामपन्थी प्रकाशकहरूको भारतीय समाज’ ले विश्वभरिका प्रकाशकहरूको भेला बोलायो । सोही भेलाबाट ‘वामपन्थी प्रकाशकहरूको अन्तर्राष्ट्रिय युनियन’ (आईयूएलपी) गठन भयो । यस युनियनमा अहिले पैँतालिस प्रकाशकहरू छन् । यो युनियनको स्थापना खालि लालपुस्तक दिवसको प्रचारका लागि गरिएको होइन । दक्षिणपन्थीहरूबाट हुने आक्रमणको प्रतिकार गर्न तथा सुसङ्गत र समाजवादी विचारलाई अघि बढाउन वामपन्थी प्रकाशकहरूको एउटा मञ्च बनोस् भनेर यस युनियनको स्थापना भएको हो । युनियनले एकै दिनमा विभिन्न भाषामा अनेकौँ संयुक्त पुस्तक प्रकाशित गरेको छ । रोमानियादेखि इन्डोनेसियासम्म चे ग्वेभाराका रचनादेखि पेरिस कम्युनको सम्झनामा पुस्तक छापिएका छन् । लेखक तथा प्रकाशकमाथि आक्रमण हुँदा तिनको प्रतिरक्षामा युनियनले प्रेस वक्तव्यहरू पनि जारी गरेको छ ।
पुस्तकालय आन्दोलनले केरलाभरिका सार्वजनिक पुस्तकालयहरूमा लालपुस्तक दिवसमा विभिन्न कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा संस्कृतिकर्मीहरूले नाचगान प्रस्तुत गरे । लाखौँ सहभागीहरू तार्किक भावना तथा समाजवादी आजुले ओतप्रोत भए ।
लालपुस्तक दिवस एउटा फराकिलो सांस्कृतिक सङ्घर्षको हिस्सा हो । यो क्रान्तिकारी पुस्तक लेख्ने, छाप्ने र पढ्ने अधिकारको प्रतिरक्षा हो । तर्कवितर्क गर्ने परिपार्टीलाई भुत्ते पार्ने भ्रामक विचारको वर्तमान प्रसारविरुद्ध एउटा हाँक हो लालपुस्तक दिवस । हामीलाई विश्वास छ, यो दिवस ‘आईयूएलपी’ को घेराभन्दा परपर पुग्नेछ र संसारभरिका प्रगतिशील समूहको क्यालेन्डरमा एउटा महत्वपूर्ण तिथि बन्नेछ । ‘आईयूएलपी’ को दायराभन्दा बाहिर बसेका व्यक्ति तथा सङ्घसङ्गठन तथा वामपन्थीहरूले लालपुस्तक दिवसलाई आफ्नो बनाएका छन् । बिस्तारै यो दिवस आफैमा एउटा शक्ति बन्दै छ; प्रगतिशील समूहहरूको क्यालेन्डरको हिस्सा बन्दै छ । यो दशकको अन्त्यसम्ममा एक करोडभन्दा बढी मानिस लालपुस्तक दिवसका कार्यक्रममा सहभागी हुने हामीले आशा लिएका छौँ ।
सन् १९३० को दशकमा उत्तरी ककेससमा पर्ने ज्योर्जिएभ्स्कीको कृषि सहकारीका महिला सदस्यहरूले सोभियत सरकारलाई पत्र लेखे । तिनले लेखे, “ठुलो आकारको खेतीपातीलाई राम्ररी व्यवस्थापन गर्नका लागि हामीले पढ्नैपर्छ नि । हामी हिउँदभरि अध्ययन गर्न चाहन्छौँ; पढ्न र लेख्न सिक्न चाहन्छौँ; राजनीति र वैज्ञानिक खेतीपातीको बा¥हखरी अध्ययन गर्न चाहन्छौँ । हामीलाई अझ धेरै किताब र नोटकापी दिनुस् किनभने महिलाहरूमा अध्ययन गर्ने ठुलो हुटहुटी छ ।” पत्र लेख्ने महिलाहरूमध्ये एक थिइन् फेकला गोलोभ्चेन्को । उमेरले उनी पचास वर्ष पुग्नै लागेकी थिइन् । पत्रमा उनले थपिन्, “मैले राम्ररी पढ्न पाइनँ । म आफ्नो श्रमिक दललाई मिलाएर काम गराउन सक्दिनँ । शिक्षा अब विलासको वस्तु होइन । तिर्खाएको मान्छेलाई पानीजस्तै अब यो अति आवश्यक चीज बनिसकेको छ ।”
‘मुक्तिका लागि पढ्ने पल्टन’ की पालोमा सेज तेजेरोको भनाइमा अझै पनि ज्योर्जिएभ्स्की सहकारीका महिलाहरूको विचार गुञ्जिरहेको छ । पालोमाले हामीलाई भनिन्, “पढ्ने जनताले आलोचनात्मक सोचको निर्माण गर्छन् । तिनले नौलो समाजलाई मलजल गर्छन् । आफ्नो इतिहास थाहा पाएका जनताले त्यसलाई अपनाउँछन् र आफ्ना जराहरू सम्झेर गर्व गर्छन् । पढाइले जनतालाई सामाजिक बनाउँछ । पठनबाट अनुभव तथा सूचनाहरू आदानप्रदान हुन्छ । किताबले हामीमा र हाम्रो इतिहासमा रहेको तर्कसङ्गति बुझ्न सघाउँछ । तिनले हाम्रो चेतनालाई स्थान र समयको घेराभन्दा परपर फैलिन सघाउँछन् । किताबको बाटो हुँदै चेतनाले हाम्रो विगत र वर्तमान भेटाउँछ । पढाइले असल नागरिक जन्माउँछ । किताबकै कारण हामी असम्भव कुरामा विश्वास गर्न र स्वाभाविक लाग्ने कुरामा अविश्वास गर्न सिक्छौँ; नागरिकको रूपमा हाम्रा हकअधिकार माग्न र आफ्ना कर्तव्य पूरा गर्न सिक्छौँ । पढाइले व्यक्तिको निजी र सामाजिक व्यक्तित्वमा प्रभाव छोड्छ । नपढी कुनै पनि समाजले प्रगति गर्न सक्दैन ।”
समाप्त
स्रोत : द ट्राइकन्टिनेन्टल
अनुवाद : सम्यक