१५ असोज, कञ्चन
रुपन्देहीको कञ्चनमा विजया दशमीको अवसरमा प्रथम हिमालय ७ ए साइड फुटवल प्रतियोगिता सोमवार देखि शुरु भएको छ। प्रतियोगितामा स्थानीय २२ फुटवल टिमहरुले सहभागिता जनाएका छन। वडाकपको रुपमा संचालन भइरहेको प्रतियोगिताको उद्घाटन कञ्चन गउापालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले गर्नु भएको थियो।
प्रतियोगिताको उद्घाटन गर्दै वडा अध्यक्ष खत्रीले खेलकुदको माद्यमबाट युवाहरुलाई गाउँको सहभागिता मुलक बिकासमा अगाडी बढाउन सकिने बताउनु भयो। खेलकुद आफै एकता र सहार्यले खेलिने खेल भएको हुँदा खेलाडीहरुमा सहनहिलता, संयमता र आपसी सहकार्यको शुत्र हुने वडा अध्यक्ष खत्रीले बताउनु भयो।
प्रतियोेगिता विजेताले नगद २५ हजार रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन भने उपविजेता टिमले नगद १५ हजार रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने हिमालय सामुदायिक बिकास केन्द्रका बिकास पुनले जानकारी दिनु भएको छ। हिमालय सामुदायिक बिकास केन्द्रको खेलमैदानमा संचालन भइरहेको प्रतियोगिता कार्यपालिका सदस्य सुशिला थापा, वडा सदस्य श्रीमाया नेपाली, स्थानीय सहयोगदाता लगायतको आतिथ्यता रहेको थियो।
हिजो सुनौलो संगम (सोगा) र हिमालय सामुदायिक विकास केन्द्र बिच भएको उद्घाटन खेलको पहिलो खेलमा खेलमा दुवै टिमबाट २-२ गोलको बराबरी भएपछि पेनाल्टी सुट आउटको आधारमा सुनौलो संगम (सोगा)ले जित हात पारेको छ। उक्त खेलको म्यान अफ द म्याच सुनौलो संगम (सोगा) का जसी नः २३ प्रकास पुन भएका छन।
यस्तै हिजो नै भएको दोस्रो खेलमा सुनगाभा सामुदायिक बिकास केन्द्र “बि” र नव अभियान यूवा क्लव (सुकेताल) बिच भएको खेलमा सुनगाभा सामुदायिक बिकास केन्द्र “बि”ले ४-० गोलका साथ नव अभियान यूवा क्लव (सुकेताल) लाई प्राजित गरेको छ। दोश्रो खेलको म्यान अफ दि म्याच सुनगाभा सामुदायिक बिकास केन्द्रका जसी नंः१० अंकित ठकुरी भएका छन।
हिमालय सामुदायिक बिकास केन्द्रका अध्यक्ष प्रकाश थापाको अध्यक्षता भएको प्रतियोगिताको उद्घाटन खेलमा दियो धावा टोल बिकास संस्थाका अध्यक्ष केशव बहादुर गाहाले स्वागत गर्नु भएको थियो भने बिकास पुनले संचालन गर्नु भएको थियो।