९ असोज, कञ्चन
रुपन्देहीको कञ्चनमा भोली देखि हुने भनिएको आठौं चाँदनी कप बर्षाका कारण ३ दिन पछि ढकेलिएको छ। चाँदनी युवा क्लव, कञ्चन १ दानापुर रुपन्देहीले कञ्चन खवरलाई दिएको जानकारी अनुसार मौसम पुर्वानुमानका आधारमा ३ दिन मनसुन हुने र उक्त मनसुनले खेललाई प्रभावित पार्ने भएकोले भोली देखि शुरु हुने भएको प्रतियोगिता असोज १२ गते देखि शुरु हुने भएको हो।
रुपन्देही, कपिलबस्तु र नवलपरासीका १२ फुटवल टिमहरुले सहभागिता जनाउने भएको उक्त प्रतियोगिता विजया दशमीको अवसरमा संचालन गरिएको हो। प्रतियोगितामा गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन, बुद्ध सेभेन स्टार सैनामैना, विश्वशान्ती युवा क्लव, सैनामैना, मुर्गिया एफ.सी. सैनामैना, इभुलुसन क्लव तामनगर, बसन्तफुलवारी, कञ्चन, फर्साटिकर एफ.सी., देवदह ब्वाइज, देवदह, फर्साटिकर एकेडेमी, चाँदनी युवा क्लव, स्कोलर्सहोम बुटवल र राजापानी योङ्ग कपिलबस्तुले सहभागिता जनाउने भएको चाँदनी युवा क्लवका खेल संयोजक रेम बहादुर पुनले जानकारी दिनु भएको छ।
प्रतियोगितामा विजेता हुने टिमले १,५०,०००/- हजार रुपैया पुरस्कार राशी सहित चाँदनी कप, मेडल र प्रमाण पत्र पाउने छन भने उपविजेताले ७५ हजार रुपैया सहति कप र मेडल पाउने क्लवका अध्यक्ष निम प्रसाद थापाले जानकारी दिनु भएको छ। यस्तै सेमीफाइनलमा पुग्ने अन्तिम २ टिमलाई समेत सान्तवना पुरस्कारको रुपमा जनही १०,१०५/- रुपैया पाउनेछन।
आठौं संस्करणको रुपमा संचालन हुन गइरहेको चाँदनी कप फुटवल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ५ विधाका लागि खेलाडीहरुले जनही ५ हजार रुपैया नगद पुरस्कार पाउने खेल संयोजक रेम बहादुर पुनले जानकारी दिनु भएको छ। असोज २४ गते अन्तिम फाइनल खेल हुने उक्त प्रतियोगितामा टिम दर्ता शुल्ःक १०,१०५/-रुपैया रहेको छ भने फिफा नियम अन्तर्गत रहेर खेल हुने आयोजकले जनाएको छ।
यस्तै उक्त प्रतियोगिताकै अवसरमा प्रथम चाँदनी महिला फुटवल प्रतियोगिता समेत हुने भएको छ। २३ गते हुने उक्त महिला फुटवल प्रतियोगिताले फुटवल खेल प्रति महिलाहरुको आकर्षण बढाउने क्लवका अध्यक्ष निम प्रसाद थापाले जानकारी दिनु भएको छ। महिलाहरु घरधन्दा मात्र होइन खेलकुदमा पनि महिलाहरुले उत्कृष्टता प्रदान गर्न सक्छन र फुटवल खेलमा महिला खेलाडीहरुलाई थप प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरिएको क्लवका खेल संयोजक रेम बहादुर पुनले बताउनु भएको छ।
प्रतियोगिताको विजेताले नगद ५ हजार रुपैया र मेडल प्राप्त गर्ने छन भने उपविजेता टिमले नगद २,५०० रुपैया सहित मेडल पाउने आयोजकले जनाएको छ।प्रतियोगिता कञ्चन १ दानापुर खेलमैदानमा संचालन हुने छ। प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि बिभिन्न स्थानीय, संघ संस्था र शुभेच्छु तथा फुटवलप्रेमीहरुबाट आर्थिक सहयोग प्राप्त भइरहको समेत क्लवका अध्यक्ष थापाले जानकारी दिनु भएको छ। प्रतियोगिताको मेडिया पार्टनरको रुपमा खेलकुद डटकम र कञ्चन खवर रहने आयोजकले जनाएको छ।