२० भदौ, कञ्चन
रुपन्देहीको कञ्चनमा भदौ ६ गतेदेखि जारी प्रथम गौतमबुद्ध कप २०८१ को उपाधी बुटवलको खस्यौली एफ.सी.ले हात पारेको छ। गौतम बुद्ध बिकास केन्द्र, कञ्चन ५ पिपरीचापा रुपन्देहीले संचालन गरेको 9 A साइड नकआउट फुटवल प्रतिया्ेगितामा जनज्योति फुटवल क्लव, डिङ्गरनगरलाई ३-२ गोल अन्तरले पराजित गरी उपाधी चुमेको हो।
आज खस्यौली एफ.सी र जनज्योति एफ.सी. बिच भएको अन्तिम प्रतिस्पर्धामा खस्यौली एफ.सीका गणेश हमाल खेलको १० औं मिनेटमा १ गोल गरेर आफ्नो टिमलाई १-० गोल अन्तरले अग्रता दिलाएका थिए। यस्तै
जनज्योतिका लागि बिक्की चामलिङ्ग राईले खैलको २० औं मिनेटमा १ गोल गरे प्रतिस्पर्धालाई १-१ गोलको बराबरीमा पुर्याएको उत्साह नसेलाउदै पुनः जनज्योतिका आयुष गुरुङ्ग खेलको २२ औं मिनेटमा १ गोल गरी आफ्नो टिमलाई २-१ गोलको अन्तरले अग्रता बनाउन सफल भएका थिए।
पहिलो हाफसम्म २-१ गोलको अन्तरले अग्रता कायम गरिरहेको जनज्योतिलाई दोश्रो हाफ पछिको ३ मिनेटमा खस्यौलीका सबि गुरुङ्गले सनसनीपुर्ण गरेपछि २-२ गोलको बराबरी बनाएका थिए । दुबै टिमबाट भएको कडा प्रतिस्पर्धाले दर्शकहरुबाट दुबै टिमका लागि बराबरी हौसलाका उर्जा थपिरहेको अवसरलाई खस्यौलीका गणेश हमालले पुनः खेलको दोश्रो हाफको १५ औं मिनेटमा १ गोल गरेर खस्यौलीलाई ३-२ गोल अन्तरले अग्रता दिलाउन सफल भएका थिए। दुबै टिमबाट भएको एकपछि अर्को गोलको प्रतिस्पर्धाले गर्दा उपाधी कसले हात पार्छ भन्ने कुनै आँकलन कसैले पनि गर्न सकिरहेका थिएनन।
निर्धारित समयमा जनज्योतिका खेलाडीहरुले गोलगर्ने दर्जनभन्दा बढी अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा अन्ततः जनज्योति ३-२ गोल अन्तरले उपविजेतामा चित्त बुझाउनु परेको थियो।
प्रतियेगिताका विजेता टिमहरु तथा खेलाडीहरुलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश भौतिक पुर्वाधार मन्त्री भूमिश्वर ढकालले राज्यले खेलकुदको बिकासमा नियमित्ता गर्न नसकेपनि स्थानीय गैरसरकारी क्लव, संघसंस्था तथा समूहहरुले गाउँमा आर्थिक श्रोत संकलन गरेर प्रतियोगिता संचालन गर्नु सकारत्मक सरकारका लागि चुनौतीको बिषय बन्न पुगेको उल्लेख गर्नु भयो। विगतमा भन्दा तिनै तहका सरकारहरुले खेलकुदको क्षेत्रमा लगानी बढाइरहेको उल्लेख गर्दै मन्त्री ढकालले कञ्चनका अधिकांश खेलमैदानहरुको स्तरउन्ततीका लागि हरेक बर्ष बजेट ब्यबस्थापन गर्दै आइरहेको बताउनु भयो।
प्रतियोगितामा विजेता टिम खस्यौली एफ.सी.ले नगद १ लाख १ हजार १११ रुपैया सहित कप र मेडल प्राप्त गरेको छ भने उपविजेता भएको जनज्योति एफ.सी.ले नगद ५५ हजार ५५५ रुपैया सहित कप र मेडल प्राप्त गरेको छ। यस्तै फाइनल खेलको म्यान अफ द म्याच खस्यौलीका गणेश हमाल भएका छन।
यसैगरी प्रतियोगिता अवधीभर बिधगत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगद पुरस्कार सहित ट्रफीद्वारा सम्मान गरिएको थियो। यस प्रतिया्गिताबाट उदयमान खेलाडीको रुपमा गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका सिजन दगामी सम्मानित भएका छन भने सर्बोकृष्ट खेलाडीको रुपमा खस्यौलीका अनुज गैरे, उत्कृष्ट गोल रक्षकको रुपमा खस्यौलीका कुशल सुनार सम्मानित भएका छन। यस्तै उत्कृष्ट डिफेण्डरको रुपमा गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका सुमित मल्ल, उत्कृष्ट मिड फिल्डरको रुपमा जनज्योतिका आयुस गुरुङ्ग, उत्कृष्ट फरवार्डरको रुपमा खस्यौलीको सबि गुरुङ्ग र सर्बाधिक गोलकर्ताको रुपमा फर्साटिकर एफ.सीका अवतार थापा सम्मानित भएका छन। उनले खेल अवधिभर १० गोल गरेका थिए।
कार्यक्रममा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो भने प्रतियोगितामा रुपन्देही र कपिलबस्तुका १६ फुटवल टिमहरुले सहभागिता जनाएका थिए।
भोली महिलाहरुको महान पवै हरितालिका तीजको अवसरमा मौलिक तीज गीत प्रतियोगिता हुनुको साथै राष्ट्रय कलाकारहरुको समेत प्रस्तुती रहने प्रगतशिल प्रगतीशिल आमा समूहले जानकारी दिएको छ।