१३ भदौ, कञ्चन
गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ रुपन्देहीद्वारा संचालित 9A साइड नक आउट फुटवल प्रतियोगिता अन्तर्गत पहिलो चरणका सबै खेलहरु सम्पन्न भएको छ। हिजो भएको पहिलो चरणको अन्तिम खेलमा गौतमबुद्ध सामुदायिक बिकास केन्द्र (आयोजक) विजयी भएको छ।
प्रतियोगिताको सातौं दिन आयोजक टिम र बुद्ध सेवेन स्टार सैनमैना ११ बिच भएको खेलमा २-१ गोल अन्तरले आयोजक टिम विजयी भएको हो। आयोजक टिमका लागि एरोन थापाले दुई गोल गरेका थिए भने असिम गुरुङ्गले १ गोल फिर्ता गर्न सफल भएका थिए।
आजबाट क्वाटर फाइनल खेलको शुरु
हरितालिका तीजको अवसरमा आयोजना गरिएको प्रतियोगिताको दोश्रो चरण्ण अन्तर्गतको क्वाटर फाइनल खेल आजबाट शुरु हुनेछ। क्वटर फाइनल खेलका लागि आयोजक टिम सहित हरैया एफसी, श्री बिश्वशान्ती युवा क्लव, फर्साटिकर एफसी, गोर्खा ब्वाइज, खस्याली एफसी, इभोलुसन युवा क्लव, जनज्योति युवा क्लव, डिङ्गरनगर गरी आठ टिम प्रबेश गरेका छन।
आज क्वाटर फानल खेलको पहिलो प्रतिस्पर्धा गोर्खा ब्याइज र खस्यौली एफ.सी बिच दिउँस ३ः३० बजे हुने खेल संयोजक रोशन पुनले जानकारी दिनु भएको छ। प्रतियोगिताका विजेता टिमले १ लाख १ हजार १११ रुपैया सहित कप, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैया नगद सहित कप, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक रोशन पुनले जानकारी दिनु भएको छ।
यस्तै प्रतिायेगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्बाधिक गोल रक्षक, उत्कृष्ट मिड फर्वाडर, उत्कृष्ट डिफेण्डर र उदयमान खेलाडीले ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितालाई सफल बनाउन स्थानीय तह, स्थानीय संघ संस्था र सहयोगदाताहरुबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको केन्द्रका अध्यक्ष कमल परियारले जानकारी दिनु भएको छ।