११ भदौ, कञ्चन
रुपन्देहीको कञ्चनमा हरितालिका तीजको अवसरमा संचालन भइरहेको 9A साइड नकआउट फुटवल प्रतियोगिताको छैठौं दिनमा भएको खेलमा सैनामैना १० सालझण्डीको बिश्वशान्ती युवा क्लव क्वाटर फाइनलमा प्रबेश गरेको छ।
आज न्यू सृजना युवा क्लव, बुटवल र श्री बिश्वशान्ती युवा क्लव बिच भएको पहिलो चरणको खेलमा बिश्व शान्तीले न्यू सृजनालाई २-० गोल अन्तरले पराजित गरी दोश्रो चरण अन्तर्गत क्वाटर फाइनल खेलमा प्रबेश गर्न सफल भएको हो।
बिश्व शान्तीका लागि सुरज थारुले खेलको पहिलो हाफ र दोश्रो हाफमा गरी १-१ गोल गरेका थिए। न्यू सृजनाले गोल गर्ने दर्जनभन्दा बढी अवसर पाएपनि बिश्व शान्तीका गोल रक्षकको छेकवारका कारण शुण्य गोलमा सिमिति हुन पुगेको हो। आज भएको खेलमा बिश्व शान्तीका सुरज थारु म्यान अफ म्याच बन्न सफल भएका छन।
गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ पिपरिचापा रुपन्देहीको आयोजनामा संचालन भएको प्रतियोगिताको भोली हुने सातौं दिनको खेल बुद्ध सेवेन स्टार क्लव र गौतमबुद्ध सामुदायिक बिकास केन्द्र (आयोजक) बिच प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल संयोजक रोशन पुनले जानकारी दिनु भएको छ।
प्रतियोगितामा विजेता टिमले १ लाख १ हजार १११ रुपैया नगद सहित कप, मेडल र प्रमाण पत्र पाउनेछ भने उपविजेता टिमले ५५ हजार ५५५ रुपैया नगद सहित कप, मेडल र प्रमाण पत्र पाउने प्रतियोगिताका मिडिया संयोजक माधव परियारले जानकारी दिनु भएको छ। प्रतियोगितामा बिभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार उत्कृष्ट खेलाडी, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्डर, उत्कृष्ट गोल रक्षक, सर्बाधिक गोलकर्ता र उदयमान खेलाडीलाई मेडल र बिधागत ट्रफी प्रदान गरिने भएको हो।
भदौ २० गते अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगितामा रुपन्देहीका उत्कृष्ट १६ फुटवल टिमहरुले सहभागिता जनाएका छन। प्रतियोगिताको प्रत्यक्ष प्रसारण लुम्बिनी खेलकुद डटकमले गरिरहेको छ। प्रगतीशिल आमा समूह सह आयोजक रहेको प्रतियोगितासंगै हरितालिक तीजको दिन भदौ २१ गते मौलिक तीज गीत प्रतियोगिता समेत हुने गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका अध्यक्ष कमल परियारले जानककारी दिनु भएको छ।
तीज गीत प्रतिायेगितामा प्रथम हुने समूहले नगद १० हजार रुपैया, द्वितिय हुने समूह्ले ५ हजार र तृतीय हुने समूहले ३ हजार रुपैया पुरस्कार प्राप्त गर्ने केन्द्रका सल्लाहकार गा्पाल घर्तिले जानकारी दिनु भएको छ। प्रतियोगिता हरेक दिन दिउँस ३ः३० बजेदेखि चौपारी खेलमैदानमा भइरहेको छ।