७ भदौ, कञ्चन
गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ रुपन्देहीको आयोजनामा हिजोदेखि प्रथम गौतमबुद्ध कप २०८१ शुरु भएको छ। हरेक बर्षको हरितालिका तीजको अवसरमा आयोजना गरिएको प्रतियोगितामा रुपन्देहीका १६ फुटवल टिमहरुले प्रतिस्पर्धा गर्नेछन।
प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर के.सी.ले गर्नु भयो। हिजो ढावा एफ.सी. कञ्चन र गोर्खा ब्वाईज बुटवल बिच भएको प्रतियोगिताको उद्घाटन खेलमा गोर्खा ब्वाईज बुटवलले ढावा एफ.सी. कञ्चनलाई ४-० गोल अन्तरले पराजित गरेको छ। गोर्खा ब्वाइजका लागि सदिप के.सी र समुन्द्र ज्ञवालीले २-२ गोल गरेका थिए।
यस्तै हिजो सुनगभा एफ.सी. र इभोलुसन क्लव तामनगर बिच भएको खेलमा इभोलुसन क्लव तामनगर बिजयी भएकाृ प्रतियोगिताका खेल संयोजक रोशन पुनले जानकारी दिनु भएको छ ।
आज प्रतियोगिताको दोश्रो दिन खस्यौली एफ.सी र चाँदनी युवा क्लव, कञ्चन बिच खेल हुने आयोजकले जनाएको छ। भदौ २० गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैया सहित कप र मेडल प्राप्त गर्ने खेल संयोजक रोशन पुनले जानकारी दिनु भएको छ । यस्तै उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित कप र मेडल प्राप्त गर्ने छ।
यसैगरी बिधागत रुपमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ। यस्तै हरे खेलको म्यान अफ द म्याचलाई पुरस्कारको ब्यबस्था गरिरएको आयोजकले जनाएको छ।
प्रगतीशिल आमा समूह कञ्चन ५ पिपरीचापाको समेत सहआयोजना भएको प्रतियोगिता पिपरीचापा स्थित चैपारी खेल मैदानमा संचालन भइरहेको छ।
साथै हरितालिका तीजको अवसरमा भदौ २१ गते राष्ट्रिय स्तरको कलाकार सहितको मौलिक तीज गीत प्रतियोगिता समेत आयोजना गरिएको गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ रुपन्देहीको अध्यक्ष कमल परियारले जानकारी दिनु भएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटवल संघका केन्द्रिय उपाध्यक्ष पदर्घ बहादुर के.सी.ले फुटवल खेल नेपाललाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउने खेलको रुपमा बिकास भइरहेको र फुटवल खेलको बिकासका लागि स्थानीय क्लव र संघसंस्थरस्तरबाट भएको प्रयास सह्रानिय कार्य भएको बिचार ब्यक्त गर्नु भयो।
यस्तै वडा नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले आफ्नो स्वास्थ्य, आफ्नो देशका लागि खेलिने हरेक खेलहरुले मानिसको शारीरिक, मानसिक र उसमा एकता, सहकार्य र समन्वयात्मक क्षमता सहितको व्यक्तित्व बिकास हुने बिचार ब्यक्त गर्नु भयो।