नेपाली जनता तथा लोकतन्त्र माथि जब जब जुनसकै प्रकारको तानाशाही प्रबृत्ति हावी भई एकतन्त्रीय शाषनसत्ता लाद्न खोज्ने दुष्प्रयास हुदा तब तब नेपाली काँग्रेस कवच बनेर रोक्दै आईरहेकाले यतिखेर पनि काँग्रेसकै अगुवाईमै बिघटित संसद पुर्नस्थापनाका लागि पार्टी द्वारा हेर र पर्खाईको रणनीतिक योजना अनुरुप आन्दोलनको आँधीबेरी ल्याउने भईरहेको तयारी बारे सो पार्टीका लुम्बिनी प्रदेश सचेतक तथा रुपन्देही निर्बाचन नं. ५ ख को बिधायक फकरुद्दीन खान र पत्रकार बिन्दु कुमार चौहान बीच भएको कुराकानी
यतिबेला बिघटित संसद बिरुद्ध नेपाली काँग्रेसको लुम्बिनी प्रदेशमा गतिबिधी कस्तो छ ?
त्यो त लुम्बिनी प्रदेश मात्र होईन नेपाली कांग्रेस राष्ट्रिय स्तरमै प्रमुख प्रतिपक्षी दलको हैसियतले देश ब्यापी रुपमै जे निर्णय गर्छ त्यसैलाई केन्द्रबिन्दु मानेर सातवटै प्रदेशका नेता तथा कार्यकर्ताहरुको नीति तथा कार्यक्रम अगाडी बढाउनु पर्छ । रहयो सवाल लुम्बिनी प्रदेशको जहाँनिया राणाशाषन बिरुद्ध २००७ सालको जनक्रान्ति देखि हाल सम्म यो प्रदेशले आन्दोलनमा अग्रभूमिका निर्बाह गर्दै आईरहेको ईतिहास साक्षी छ । यतिबेला बिरोधका कार्यक्रम र आमसभाहरु बिभिन्न ठाँउमा भईरहेका छन ।
तर बिगतका आन्दोलनहरुमा काँग्रेसले अन्य दलहरुको अगुवाई गरेको ईतिहास हुदाहुदै पनि अहिले एक्लिएको किन ?
म त पहिले नै भनि सके कि काँग्रेस भनेको लोकतन्त्रको खम्बा हो। हुरी आउदा पहिला हाँगा बिगा र पात हल्लिन्छन रुख पछि हल्लिछ त्यही अनुरुप सर्बोच्च अदालतको फैसला नआउन्जेल सम्म पार्टी हेर र पखाईको रणनिितक योजना अनुरुप आफनो गृहकार्य गरिरहेको छ भने अदालतको फैसला आउने बित्तिकै कांग्रेस एक्लै आन्दोलनमा होमिन्छ बाकी दलहरुले पनि पछि पछि साथ दिदै जानेछन । किनभने धेरै पहिलाका त कुरै छोडौ पछिल्लो समयमा जंगल भित्रबाट तात्कालीन माओबादीलाई २२ बूंदे सहमतीमा ल्याएर पूर्बराजा ज्ञानेन्द्रको हुकुमी शाषन बिरुद्ध तेस्रो जनआन्दोलन मार्फत देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकै हो ।
त्यसो भए अदालतको फैसला कुर्दै चुनावको तयारी गरिरहेको कांग्रेस माथि अन्य दलहरुको आरोप छ नि ?
ती भनाईहरु निराधार भएको हुदा काँग्रेसले चुनाव बारे आफनो धारणा केही सार्बजनिक गरेको छैन । बरु देश ब्यापी रुपमा भईरहेको बिरोधका स्वरुपहरुलाई एकत्रित गरि प्रधानमन्त्री ओलीको एकतन्त्रीय कम्युनिष्ट तानाशाही कदम बिरुद्ध आवाज बुलन्द गरि चौथो जनआन्दोलनका तयारी भईरहेको हुदा घोषणा हुने बित्तिकै लुम्बिनी प्रदेशको गाँउगाँउबाट जनता उतारी आन्दोलनको अग्रणी भूमिका खेल्ने नै छ ।
आन्दोलनलाई अझै मजबूत बनाउन अन्य दलहरु सँग सहकार्य बारे तपाई के भन्नुहुन्छ ?
म त पहिले नै भनि सकें कि काँग्रेस लोकतन्त्रको हिमायती हो यसले कुनै प्रकारको तानाशाह सहनै सक्दैन अहिले तत्काल सहकार्य नगरेपनि देशब्यापी रुपमा आन्दोलनको अगुवाई गरे पछि त अरु लोकतन्त्र पक्षधर शक्तिहरु बीच आप से आप सहकार्य हुन्छ । त्यसमा कुनै दईमत छैन तर सर्बोच्चको फैसला नआए सम्म त्यो माहौल बनाउन कठिन छ ।
यदि संसद पुर्नस्थापना नभए मुलुकमा के हुन्छ ?
प्रधानमन्त्री ओलीले पार्टी भित्रको झगडा नमिलाउन सकेपछि असम्बैधानिक कदम चालेर आफू सत्तामा टिक्नका लागि संसद बिघटन गरेका हुन । तर त्यो सपना साकार हुदैन । किनभने एकाईसऔ शताब्दीका नेपाली जनता उकुसमुकस भित्र बाँच्न सक्दैनन । यदि सँसद पुर्नस्थापना भएन भने मुलुक गृहयुद्धमा धेकेलिन्छ । त्यसो हुन नदिन आन्दोलन नै चर्काउनु पर्छ । किनभने अदालतलाई पैसामा बिक्न नदिन सडक आन्दोलनले खबरदारी गर्छ । त्यसको सांकेतिक रुपमा पूर्ब न्यायधीशहरुको भनाईबाट प्रष्ट नै भईसकेको छ ।
त्यसो भए अब काँग्रेसको रोडम्याप के हुन्छ ?
नेपाली काँग्रेस सधै लोकतन्त्र तथा जनताको पक्षमा उभिएर काम गर्दै आईरहेको सर्बमान्य शक्ति भएको नाताले जनयुद्ध,जनआन्दोलन,तथा मधेश आन्दोलनबाट प्राप्त उपलब्धी,संघीय लोकतान्त्रिक गणतन्त्र धर्मर्निपेक्षता,संबिधानको रक्षा गर्दै सार्बभौमसत्ता जनतामा निहित पार्नका निम्ति ढालको रुपमा उभिनु नै काँग्रेसको रोडम्याप हो ।
तपाई पनि एउटा जुझारु युवा नै हो युवा जमातलाई के भन्नुहन्छ ?
युवा भनेको राष्ट्रको खम्बा हो यदि युवा शक्ति नै रहेन भने देश चल्नै सक्दैन बूढापाखाहरु सँग सिको सिकेर हामी युवाहरु असल बिचार बोकेर देश निर्माण र समबृद्धिका लागि एकजुट भई अगाडी बढनुपर्छ ता कि मुलुकलाई गृहयुद्धबाट बचाउन सकियोस ।
त्यसो भए आम नेपाली जनतालाई के भन्न चाहानु हुन्छ ?
ग्रामिण क्षेत्रबाट स्वतन्त्र संचार सम्प्रेषणको नेतृत्व गरेर प्रकाशित हुदै आइरहेको अनलाइन डिजिटल पत्रिका कञ्चन खवर मार्फत लोकतन्त्र नै समबृद्धिको सम्बाहक हो। प्रधानमन्त्री केपी शर्मा ओलीको असम्बैधानिक कदम लोकतन्त्र र संबिधान नै मासेर एकतन्त्रीय कम्युष्टि शाषन गर्ने उद्देश्यले सँसद भंग भएको हो मुलुकलाई हरिकंगाल हुनबाट जोगाउन सम्पूर्ण लोकतान्त्रिक पक्षधर शक्तिहरु मिलेर अगाडी बढन जरुरी रहेको र अवको आन्दोलन भाबि सन्ततिले राज्यको अनुभव गर्न सक्ने व्यबस्थाका लागि आन्दोलनका लागि तयार हुन आग्रह गर्दछु।