९ फागुन,गैडहवा
प्रधानमन्त्री के पी शर्मा ओलीले असम्बैधानिक रुपमा गरेको प्रतिनीधि सभा बिघटन बिरुद्ध जनता समाजवादी पार्टीले गैडहवाको लोण्डिहवामा बिरोध सभा गरेको छ। जनता समाजवादी पार्टी,गैडहवा गाउा कार्य समितिको आयोजनामा भएको बिरोध सभामा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री द्वय दान बहादुर चौधरी,मोहम्मद वकिल मुसलमान,जिल्ला अध्यक्ष श्रीराम यादव,जिल्ला प्रवक्ता मोहम्मद इस्लाम मुसलमान प्रदेश सदस्य बिरेन्द्र कुर्मी लगायतले ओलीको संकीपनले देशलाई भडखालोमा पारेको बताएका छन।
बिरोध सभा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुर्व मन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य दान बहादुर चौधरीले आफ्नो घरको झगडालाई समाधान गर्न नसक्ने प्रधानमन्त्री ओलीले घर झगडाको रिसमा घरमा आगो लगाएर खरानी बेच्ने सन्कीपनले देशलाई राजनैतिक र आर्थिक रुपमा कमजोर बनाएको आरोप लगाए। नेता चौधरीले ओलीले सिंह दरवारमा कमेडी शो संचालन गरिरहेको र आफ्ना कार्यकर्ताहरुलाई मञ्चको व्यबस्थापन गर्न लगाएर सडकमा कमेडी शो प्रस्तुत गरिरहेको र ओलीको कमेडी शोले समस्याको समाधान नहुने बताउदै नेता चौधरीले पार्टी भित्रको अन्तर कलहबाट सरकार संचालन गर्न नसके बहुमत प्राप्त दलको नेतृत्वमा सरकार गठन गरेर प्रतिनीधि सभालाई जनताले दिएको म्याण्डेट बमोजिम ५ बर्ष सम्म सरकार संचालन गर्न सकिने बिकल्प हुदा हुदै पनि सनक देखाएर असंबैधानिक रुपमा प्रतिनीधी सभा बिघटन गरेर देशलाई अनिणर्यको बन्दी बनाएको आरोप लगाए ।
यसैगरी जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पुर्बमन्त्री मोहम्मद वकिल मुसलमानले जनता समाजवादी पार्टी चुनाव देखि डराएर होइन जनताले ५ बर्षको लागि स्थाई सरकार संचालन गर्न बहुमत दिएको नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष समेत रहेका प्रधमनमन्त्री केपी शर्मा ओलीले असम्बैधानिक रुपमा गरेको संसद बिघटन बिरुद्ध जनता समाजवादी पार्टी सडक संघर्षमा आउनु परेको प्रस्ट पारे ।राजनैतिक मुद्धाको रुपमा रहेको संसद बिघटन वा पुर्नस्थापनाबारे सर्बोच्च अदालबाट हुने फैसलालाई जनता समाजवादी पार्टीले शिरोधार्य गर्ने कुरा बताउदै नेता मुसलमानले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच आपसी भागबण्डा मिलेकै कारण वाइडबडी काण्ड,सुन काण्ड लगायत भ्रष्टचार सम्बन्धी मुद्धालाई सार्वजनिक लेखा समितिका सभापति रहेका रुपन्देही क्षेत्र नं. ५ का सांसद भरत कुमार शाहले गुमनाम पारेको आरोप लगाए । नेपाली कांग्रेस र नेकपा भ्रष्टचराका मसिहा र हिस्सेदार भएको र जव सम्म उनिहरु सत्तामा रहिरहन्छन तव सम्म मधेसी, आदीवासी, जनजाती, दलित तथा उत्पिडितहरुले कहिल्यै न्याय र राज्यको अनुभुती गर्न नपाउने नेता मुसलमानले बताए ।
जनता समाजवादी पार्टीका रुपन्देही जिल्ला अध्यक्ष श्रीराम अवतारले मधेस आन्दोलनबाट प्राप्त संघिय गणतन्त्र नेपालको माया संघियता बिरोधी नेपाली कांग्रेस र नेकपालाई नभएको र अनेक बहानामा संघियताको खारेजी गर्न उद्धत रहेको आरोप लगाए ।यस्तै जिल्ला प्रवक्ता मोहम्मद इस्लाम मुसलमानले कांग्रेस र नेकपाले यहांका मधेसी, आदीवासी, जनजाती, दलित तथा उत्पिडितहरु माथी रैतीको रुपमा शासन चलाएको र बिकास र सर्बहाराको नाममा जनताकै पसिनामाथी ब्रम्हलुट गरेको आरोप लगाए । चुनाव पछि पछुताउनु भन्दा चुनाव अघि मधेसी, आदीवासी, जनजाती, दलित तथा उत्पिडितहरुको पक्षमा वकालत गर्ने जनता समाजवादी पार्टीका नेताहरुलाई मतदान गरी नेकपा र नेपाली कांग्रेसलाई चुनावी झापड दिनु पर्ने बताए ।
कार्यक्रममा गैडहवा गाउपालिकाका अध्यक्ष तथा जनता समाजवादी पार्टीका अध्यक्ष बच्चुलाल केवट,प्रदेश कमिटी सदस्य बिरेन्द्र कुर्मी र चन्द्रहरी डुबे,वडा अध्यक्ष तथा जनता समाजवादी पार्टीका जिल्ला सदस्य तुल बहादुर पुन,जिल्ला सदस्य शिव कुमार यादव,सुभावती यादव लगायतले प्रतिनीधि सभा बिघटन बिरुद्ध मन्तब्य ब्यक्त गरेका थिए । जनता समाजवादी पार्टी,गैडहवा गाउसमितिका अध्यक्ष अयोध्या सिंहको स्वागत तथा रामकिसुन नायकको संचालनमा सम्पन्न भएको बिरोध कार्यक्रम जनता समाजवादी पार्टी,गैडहवा गाउ समितिका अध्यक्ष बच्चुलाल केवटको अध्यक्षतामा सम्पन्न भएको हो ।