#सीमा वन
पुस्तक विमोचन कार्यक्रममा सहभागी हुने मन हुँदाहुँदै कार्यव्यस्तताको कारण उपस्थित सकिनँ । थोरै भएपनि लेखनमा रुची राख्ने मलाई छोटु पुस्तक पढ्ने रहर औधी थियो । यो प्रेरणादायी पुस्तक उपहारका लागि आदरणीय सञ्जीव सरप्रति आभारी छु ।
पुस्तक नपढुञ्जेल मनमा कौतुहलता थियो । छोटुको अर्थ के होला ? पाना फर्काउन सुरु गर्दा आमाबुबाप्रति समर्पित पेजमा “फोटोमा समेत नदेखेका बुबा “ यो वाक्यांशले मन छोयो । जसले छोटुको परिकल्पना मनमा आउन थाल्यो । प्रष्ट वक्ता, हँसिलो अनुहार अनि टाईसुटमा सधैँ टिपटप देखिईरहने सञ्जीव सर (छोटु) भित्रको संघर्ष कल्पनाभन्दा बाहिरको पाएँ ।
पुस्तक पढ्दै जाँदा एकपछि अर्को विषयक्रम जान्न उत्सुकता लाग्ने, कतै कसैको जीवनी त कतै कथा,पटकथा पढेको आभास हुने,कतै निरस भेटिनँ । बरु धेरैपटक भावुक समेत बनायो ।
चाहना हुनेले बाहना बनाउँदैनन । निरन्तर मेहनत र लगनशीलताले हरेकका सपना साकार हुन्छन भन्ने प्रमाणित दस्तावेज जस्तो लाग्यो पुस्तक । वास्तवमा हामी भाग्यमा बढी विश्वास गर्छौं। कुनैपनि सफलता प्राप्त गर्नु वा नगर्नुलाई हामी भाग्यको खेल भन्छौं। जबकि हाम्रो पूर्खाहरुले भन्दै आएका छन भाग्य छ भन्दैमा डोकोमा दूध दुहेर अडिदैन । |
सबै ज्ञान हामीले आफ्नो जीवन, भोगाईबाटमात्र आर्जन गर्न सम्भव छैन र हुँदैन पनि । विभिन्न विद्वान, चिन्तक, महान व्यक्तित्वहरुले आफ्नो अनुभवको निचोड सुनाउने गरेका छन् जो हाम्रो निम्ति प्रेरणादायी र जीवनोपयोगी हुन्छ । सञ्जीव सरको संस्मरणात्मक कृति सबैकालागि प्रेरणादायी बन्नेमा विश्वस्त छु ।
जीवनलाई भागेर होइन भोगेर जिउनुपर्दछ । चाहना हुनेले बाहना बनाउँदैनन । निरन्तर मेहनत र लगनशीलताले हरेकका सपना साकार हुन्छन भन्ने प्रमाणित दस्तावेज जस्तो लाग्यो पुस्तक । वास्तवमा हामी भाग्यमा बढी विश्वास गर्छौं। कुनैपनि सफलता प्राप्त गर्नु वा नगर्नुलाई हामी भाग्यको खेल भन्छौं। जबकि हाम्रो पूर्खाहरुले भन्दै आएका छन भाग्य छ भन्दैमा डोकोमा दूध दुहेर अडिदैन । अर्थात भाग्यमा छ भन्दैमा विना प्रयास वा श्रम त्यो प्राप्त गर्न सकिंदैन।
सञ्जीव सरको बाल्यकाल, भारतका कोठीमा रहँदाको छोटु, अभाव र दवावका बीचको विद्यार्थी जीवन, विद्यार्थी राजनीति, परिवारले सहर्ष स्वीकार गर्न नसकेको प्रेमील वैवाहिक सम्बन्ध र आजसम्मको सुमधुर यात्रा, आमाको सुसार गर्न नपाएको गुनासो, असल अभिभावकत्व, जागिर यात्रा र सार्वजनिक संस्थानका नमिठा संस्कार र आफूले ३० वर्ष बिताएका समकक्षीहरुको माँझमा फेरि कृषि विकास बैंकको सञ्चालकको भूमिका अत्यन्तै उदाहरणीय छ । सरको यो साहित्यिकयात्रा निरन्तर चलिरहोस् उच्च सम्मानसहित हार्दिक बधाई तथा शुभकामना ।
पुस्तकमाथिको मेरो दृष्टि संक्षिप्त हो । समीक्षकहरुबाट साहित्यिक शल्यक्रिया हुने नै छन् । आशा गरौं, पुस्तकले सबैको मन छुने छ । पुनः अन्य साहित्यिक रचनाहरुको अपेक्षासहित ।