३० बैशाख, कञ्चन
हरैया बहुमुखी क्याम्पस, कञ्चन ३ हरैया रुपन्देहीले क्यू ए ए मान्यता प्राप्त क्याम्पसका लागि संचालन गरिएका बिभिन्न तहगत कार्यक्रम अन्तर्गत बिश्व विद्यालय अनुदान आयोगका पदाधिकारीसंग अन्तरकृया कार्यक्रम गरेको छ।
विश्वविद्यालय अनुदान आयोगको तयारी मूल्याङ्कन टोलीका प्रतिनिधि बीच भएको अन्तरकृया कार्यक्रममा क्याम्पसका संचालक समितिका पदाधिकारी, चन्दादाता, पुर्व बिधार्थी, शिक्षक, कर्मचारी, अभिभावक, बिधार्थी, शैक्षिक ब्यक्तित्व तथा जनप्रतिनीधिहरु र विश्वविद्यालय अनुदान आयोगको तयारी मूल्याङ्कन टोलीका प्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम भएको थियो।
कार्यक्रममा बिश्व बिद्यालय अनुदान आयोगबाट स्थलगत अनुगमन तथा अन्तरकृयाका लागि हरैया बहुमुखी क्याम्पसको क्यू ए ए मान्यताका लागि पुर्व तयारी मूल्याङ्कन टोलीका टोली प्रमुख प्रो. डा. लेखनाथ भट्टराईले क्यू ए ए मान्यता प्राप्तीका लागि पुरा हुनु पर्ने न्युनतम मापदण्डबारे जानकारी दिन भएको थियो। प्रो. डा. भट्टराईले क्यू ए ए प्रमाणपत्रका लागि शैक्षिक, सामाजिक, भुगोल न्यूनतम आवस्यकताहरुबारे जानकारी दिनु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बिश्व बिद्यालय अनुदान आयोगका तयारी मूल्याङ्कन टोलीका संयोजक प्रो.डा. भट्टराइले क्याम्पसबाट उत्पादित जनशक्ती कहाँ कसरी खपत भएको छ? शिक्षकहरुको अवस्था कस्तो छ? भौतिक तथा शैक्षिक पुर्वाधारहरुको अवस्था के कस्तो छ? र अनुसन्धानमा आधारित शिक्षण कृयाकलापमा पाएको प्राथमिकताले क्याम्पसलाई क्यू ए ए मान्यता प्राप्त गर्ने महत्वपुर्ण आधारहरु अनिवार्य पुरा हुनु पर्ने जस्ता बिषयमा प्रस्टीकरण गर्नु भएको थियो।
कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनको एकमात्र हरैया बहुमुखी क्ययाम्पसले क्यू ए ए मान्यता प्राप्तीका लागि स्थानीय सरकारको हैसियतबाट आवस्यक समन्वय, सहकार्य र सहयोगलाई निरन्तरता दिइने प्रतिवद्धता जनाउनु भएको थियो। शिक्षक विनोद पौडेलले क्याम्पसको संक्षिप्त एस एस आर प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
क्याम्पस संचालक समितिका अध्यक्ष चुरामणी शर्माको अध्यक्षता, क्याम्पस प्रमुख प्रकाश खनालको स्वागत तथा लेखापाल कपिलमणी पौडेलको संचालन भएको कार्यक्रममा कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले समेत क्याम्पसले क्यू ए ए सम्बन्धनका लागि पुरा गर्नु पर्ने सबै मापदण्डमा कन्जुस्याई गर्न नहुनेमा जोड दिनु भएको थियो।