२९ बैशाख, कञ्चन
कञ्चन तुल्सीघाट बिकास तथा ब्यबस्थापन संस्था, कञ्चन ४ रुपन्देहीको छैठौं साधारण सभा तथा चौथो अधिबेशन सम्मन्न भएको छ। अधिबेशनले गेम बहादुर थापाको अध्यक्षतामा ५ जना सदस्य पछि मनोनित गर्नेगरी १७ सदस्यिय नयाँ कार्य समिति गठन गरेको छ।
उक्त अधिबेशनबाट उपाध्यक्षमा भिम बहादुर थापा, सचिवमा शोभाखर आचर्य, सह सचिवमा रामकली थारु र कोषाध्यक्षमा केशव बहादुर गाहा थापा निर्वाचित भएका छन। यस्तै सदस्यहरुमा कृष्ण बहादुर बि.क., राम प्रसाद अधिकारी, कृष्ण प्रसाद पौडेल, गंगादेवी थापा, लाल बहादुर थापा, कृष्ण बहादुर क्षेत्री, रेनु के.सी निर्वाचित भएका छन।
नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले रुपन्देहीको बुटवल पश्चिमकै एकमात्र ब्यबस्थित तुल्सीघाट तथा शबदहनको उचित ब्यबस्थापन र स्तरबृद्धिका लागि पालिकाको आर्थिक तथा भौतिक रुपमा आवस्यक सहयोग, समन्वय र सहकार्यलाई निरन्तरता दिइने बताउनु भयो।
यसैगरी कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले कञ्चन लगायत गैडहवा, सैनामैना र कपिलबस्तुको बाणगंगाका लागि गौरवको स्थान भएको र यसको बिकासबृद्धिका लागि वडाबाट हुने सहयोगमा कुनै कमी हुन नदिने बताउनु भयो।
यस्तै कञ्चन तुल्सीघाट बिकास तथा ब्यबस्थापन संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष क्या.बिष्णु नारायण श्रेष्ठले तुलसीघाट तथा शबदहन ब्यबस्थापन तथा बिकास सामान्य र सानो प्रयासले मात्र सम्भव नभएको बताउनु भयो। अव यस क्षेत्रमा संस्थाको ब्यबस्थित कार्यालय र शोक स्तम्भको निर्माण गर्ने योजनालाई साकार बनाउन पालिका र सबै तहका सरोकारवालाको सहयोग अनिवार्य रहेको र सहयोगका लागि संस्थापक अध्यक्ष श्रेष्ठले आग्रह गर्नु भएको थियो।
र्काक्रममा स्थानीय राजनैतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका देवीराम रेग्मी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमचन्द्र पोख्रेलले तुलसीघाटको बिकास गर्न कञ्चनका राजनैतिक दलहरुबाट आवस्यक सहयोग उपलब्ध गराउनमा कुनैपनि कमी नहुने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गेम बहादुर थापाले संस्थाको बार्षिक प्रगती प्रतिबेदन तथा सचिव नाम बहादुर के.सी.ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। संस्थाका सचिव नाम बहादुर के.सी.को संचालन तथा सह सचिव कविराज ढकालको स्वगतामा सम्पन्न कार्यक्रममा कञ्चन तुल्सीघाट बिकास तथा ब्यबस्थापन संस्थाका चन्दादाता, शुभेच्छुक र स्थानीयहरुको सहभागिता रहेको थियो। कार्यक्रम कञ्चन ४ स्थित तुल्सीघाट ढुङ्गेरहमा भएको कार्यक्रममा संस्थाका चन्दादाताहरुलाई सम्मान समेत गरिएको थियो।