१५ बैशाख, कञ्चन
क्रिएटिभ लुम्बिनी ईङ्गलिस स्कुल, कञ्चन ४ अस्नैया रुपन्देहीले बिभन्न खेलकुद तथा अतिरिक्त कृयाकलाप तथा आधारभुत तह परीक्षा उत्तिर्ण परीक्षामा उत्तिर्ण हुने बिधार्थी तथा उनिहरुका अभिभावकहरुलाई शुक्रवार सम्मान गरेको छ।
बिद्यालयले एक कार्यक्रमको आयोजना गरी आन्तरिक तथा बाह्य अतिरिक्त कृयाकलाप तथा छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० मा उत्कृष्ट नतिजा प्राप्त गर्ने बिधार्थी र उनिहरुका अभिभावकहरुलाई सम्मान गरेको हो।
बिधार्थी तथा अभिभावकहरुलाई सम्मान गर्दै कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले बिधार्थीहरुको शैक्षिक तथा बाह्य ज्ञान र सिपको गुणस्तरका लागि बिद्यालयले गरेको नियमित प्रयास स्रहानिय रहेको बताउनु भयो। बिद्यालयमा शैक्षिक स्तरसंगसंगै अतिरिक्त कृयाकलापमा समेत राम्रो गराउदै जान सके शिक्षित समाज निर्माण गर्न मद्दत पुग्ने बताउनु भयो।
यस्तै अभिभावक ठाकुर गौतमले बिद्यालयको शैक्षिक र अतिरिक्त कृयाकलापमा गरेको प्रगती प्रति खुशी ब्यक्त गर्नु भयो। यसैगरी अभभिावक बाबुराम मल्लले शैक्षिक गुणस्तरले मात्र बिद्यालयको सवल पक्ष नहुने बताउदै खेलकुद र अतिरिक्त कृयाकलापमा बिधार्थीहरुको अब्बलता कायम गर्नु आवस्यक रहेको बताउनु भयो।
कार्यक्रममा छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बिभिन्न पदक प्राप्त गर्ने खेलाडी, बाह्य तथा आन्तरिक बिभिन्न प्रतियोगिताहरुमा बिभिन्न स्थान हासिल गर्ने बिधार्थी र आधारभुत तह उत्तिर्ण परीक्षा उत्तिर्ण हुने बिधार्थीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो।
बिद्यालयका प्रधानाध्यापक हेम बहादुर थापाको अध्यक्षता, सहायक प्रधानाध्यापक प्रेम राजकोटीको स्वागत तथा शिक्षक दिपेन्द्र पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।