८ बैशाख, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ गौडी भैसाहीमा अवस्थित श्री शान्तीुभुमी आधारभुत बिद्यालयका शिक्षक शिक्षिकाहरुलाई अभिभावकहरुद्वारा सम्मान गरिएको छ।
पालिका स्तरिय आधारभुत तह परीक्षा उत्तिर्ण परीक्षामा पालिकामा सामदुायिक बिद्यालयहरुमा दोश्रो स्थान हासिल गर्न सफल भएको अवसरमा अभिभावकहरुले शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेका हुन।
कन्चन गाउँपालिकामा संचालित १९ वटा सामुदायिक बिधालयहरु मध्ये शान्तीभुमी आधारभुत बिद्यालयले ७२.७२ प्रतिशतका साथ दोश्रो स्थान हासिल गरेको थियो।
शिक्षक तथा शिक्षिकाहरुको सम्मान कार्यक्रममा अभिभावकहरुले बिद्यालयको शैक्षिक क्रियाकलापलाई अझ राम्रो र गुणस्तर कायम गर्न सबै सरोकारवालाहरु लाग्नु पर्नेमा जोड दिएका छन।
कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक बिश्वास पौडेलले बिद्यद्यालयको शैक्षणिक कृयाकलापलाई आगामी शैक्षिक सत्रमा अझ ब्यबस्थित र गुणस्तर कायम गर्न बिद्यालयका सम्पुर्ण शिक्षक शिक्षिका तथा कर्मचारी प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ।
साथै बिद्यालयको प्रगतीमा होस्टेमा हैसे गरेर साथ दिनुहुने अभिभावकहरु प्रति आभार ब्यक्त गर्दै बिद्यार्थी र शिक्षक तथा शिक्षिकाहरु सम्मान गरेर अझ थप हौसला प्रदान गर्न बिशेष भुमिका खेल्ने समीर गैरे, नारायण पर्साद गैरे र झविन्द्र बेलबासे लगायत अभिभावहरुलाई बिद्यालयको तर्फबाट प्रधानाध्यापक विश्वास पौडेलले धन्यवाद समेत ब्यक्त गर्नु भयो।
यस्तै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष देविराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावकहरुको तर्फबाट समीर गैरे नारायण प्रसाद गैरे र झविन्द्र बेलबासेले बिद्यालयको पठन पाठनलाई बिधार्थी र अभिभावकहरुको बिश्वासिलो र गुणस्तरि बनाउन सबै अभिभावकहरु एकसाथ भएर लाग्नुको बिकल्प नभएको बताउनु भयो। बिद्यालयलाई आवस्यक पर्ने अत्यावस्यक आवस्यकताहरुलाई सकेसम्म स्थानीय तहबाट यदि स्थानीय तहले नदिएको अवस्थामा पनि अभिभावकहरु मिलेर सहयोग गर्नु पर्ने वक्ताहरु समीर गैरे नारायण प्रसाद गैरे र झविन्द्र बेलबासेले बिशेष जोड दिनु भएको थियो।
कार्यक्रममा आधारभुत तह उत्तिर्ण परीक्षामा सहभागी भई उत्तिर्ण हुने बिधार्थीहरु सदिक्षा लामिछाने, श्रीस ठकुरी, सृष्टि श्रेष्ठ, दिपेस थारु, काजल खत्री, बिशाल थारु, सागर बि.सी. र जमुना थारुलाई सम्मान गरिएको थियो । यस्तै प्रधानाध्यापक बिश्वास पौडेल, के.वि. थापा, खुना सिंजाली, भागवता पराजुली, कमला न्यौपाने पराजुली, भुवानी रेग्मी, जनमता आले मगर, कृति चालिसे, भावना घर्ति मगर, शारदा राना घर्ति र सुमन बि.सी.लाई समेत सम्मान गरिएको थियो।
बिद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकहरुकै सकृयता र आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष देविराम रेग्मीको अध्यक्षता तथा प्रधानाध्यापक बिश्वास पौडेलले संचालन गर्नु भएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका पदाधिकारी, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक, शिशिका र कर्मचारीहरुको सहभागिता रहेको थियो।
शैक्षिक सत्र २०८० को आधारभुत तह परीक्षा उत्तिर्ण परीक्षामा उक्त बिद्यालयबाट ११ जना बिधार्थीहरु सहभागी भएका थिए।