१ फागुन,गैडहवा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड पक्षले शनिवार गैडहवामा २६ औं जनयुद्ध दिवसको सहिद परिवार, घाइते, अपांग, तथा पुर्व जनमुक्ती सेना भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। २६ बर्ष अगाडी पुष्प कमल दाहाल(प्रचण्ड)काो नेतृत्वमा बि.सं. २०५२ साल फागुन १ गते सर्बहारा वर्गको शासनसत्ता स्थापित गर्न भनि १० बर्षे शसस्त्र जनयुद्ध शुरु गरेको थियो ।
सहिद परिवार, घाइते, अपांग, तथा पुर्व जनमुक्ती सेनाका क्यारेडहरुलाई समवोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री शुदर्सन बरालले प्रधानमन्त्री केपी ओलीलाई ५ बर्ष सरकार संचालन गर्नकै लागि पार्टीको सहमती भएको र सोही सहमती अनुसार ओलीले देश र जनताको पक्षमा काम गर्नुको साटो नया सामन्तवादको नाइकेको रुपमा शासन संचालन गर्न लागे पछि त्यसको बिरुद्ध पार्टीका शिर्ष नेतृत्वले अंकुश लगाउन खोज्दा प्रतिनीधि सभा बिघटन गरेको आरोप लगाए । संसारमा कही पनि चुनावको माधयमबाट स्थानिय तहको वडा सदस्य देखि सरकारको नेतृत्व गरेको इतिहास नभएको बताउदै केपी ओलीले पार्टीलाई नभई मलाई हेरेर भोट दिएको भन्दै अहंमता देखाएर पार्टीका अन्य क्याडरहरुको सल्लाह,निर्देशन,पार्टीको निर्णयलाई नमानेर अटेरी गरी देशलाई बिदेशी शक्तीहरुको क्रिडास्थल बनाउन खोजेको मन्त्री बरालले बताए।
वडा जनप्रतिनीधि देखि प्रधानमन्त्री सम्म कम्यनिष्ट पार्टीको सरकार भएर पनि कम्युनिष्ट पार्टीले देखेको समाजवाद कागज र भाषणमा नभई गाउ,बस्ती र गरिब तथा बिपन्नहरुको घर घरमा खान लाउन र ओट बनेर परिणत हुनुपर्नेमा केपी ओलीले उखान र टुक्कामा समाजवादलाई बिलय बनाएको सामाजिक बिकास मन्त्री बरालले आरोप लगाए । १० बर्षे जनयुद्धमा बलिदान दिएका सहिदहरु र सहिद परिवारहरुको योगदानले प्राप्त भएको संघिय गणतन्त्र नेपाललाई जनताको म्याण्डेट बिपरित संघिय गणतन्त्र हटाएर नेपाल मात्र नाम राखिनुले केपी ओली संघिय गणतन्त्र बिरोधी भएको प्रमाणित भएको बताउदै सामाजिक बिकास मन्त्री बरालले सत्ता र भत्ता आडमा ओलीको पछि लाग्नेहरु सर्बोच्च अदालतले प्रतिनीधि सभा पुर्नस्थापित गरे पछी कुन मुखले समाजमा देखा पर्ने हुन भन्दै प्रश्न गरे ।
फरक प्रसंगमा बोल्दै केपी ओलीले प्रतिनीधि सभाको बिघटन गर्ने अन्तिम निर्णयमा पुगेपछि त्यसको असहमती ब्यक्त गर्दै सरकारबाट सात जना मन्त्रीहरुले राजिनामा दिनासाथ नेपाली साना उधोगी,ब्यवसायी,किसान र टोकरीवाल ब्यपारीहरु पलायन हुने गरी कृषि निति ल्याएको र यसले केही बर्षमै नेपाली व्यबसायीहरु सडकमा आउने र एक दुई वटा गाई भैसी पालेर दुध बेचेर जिवन निर्वाह गरिरहेका किसानहरुको बिरुद्ध बिदेशी दलालहरु भित्र्याउने सरकारले रणनिती ल्याएको मन्त्री बरालले आरोप लगाए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य नारायण जि.सी.(निर्मल)ले अधिनायकवादी प्रबृतिका केपी ओलीले नेपाली जनताको प्रिय नेता नबनेर आसेपासे,संघियता,धर्म निरपेक्ष र गणतन्त्र बिराधीहरुको कठपुतली बनेर आफ्नो जिवनलाई अन्त्य गर्न लागेको बताएका छन। हिजो कोरोना महामारीको समयमा राज्यले जनताको सुरक्षा दिनु पर्नेमा संकटको बेलामा जनताको समस्यावाट पन्छिएर कम्युनिष्ट पार्टीको सिद्धान्त र बिचारलाई तिलाञ्जली दिएको आरोप लगाए । यस्तै दिनहु महिला दिदि बहिनीहरु बलत्कृत भैरहदा चयनका साथ सुतिरहेको बलत्कृत दिदि बहिनीहरुको चित्कार सुन्न भन्दा केपी ओलीको प्रतिगमन कार्यलाई बैधानिकता दिनमा ब्यस्त भएको आरोप लगाए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता मिन प्रसाद घिमिरे,सचिवालय सदस्य हस्त बहादुर सवांर,किसानहरुको तर्फबाट देवराज पौडेल, लुम्बिनी प्रदेश सदस्य श्रीराम यादव,पुर्व जनमुक्ती सेनाका उनाइटेड,शिक्षक क्षेत्रिय सदस्य रोमनाथ न्यौपाने,महेन्द्र यादव लगायतले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिदै प्रतिगमनको बिरुद्ध एक जुट भएर पुन संघर्ष गर्नु पर्ने आवस्यकता आएको बताएका थिए ।