३० चैत्र, बुटवल
राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रिय कार्यकारी अध्यक्ष केशब बहादुर सूर्यबंशीले जनताका लागि सडक, सदन र सरकारमा लड्दै आएको र निरन्तर लड्दै जाने बिचार ब्यक्त गर्नु भएको छ। राष्ट्रिय जनमुक्ती पार्टी निर्वाचन क्षेत्र नं ३ रुपन्देहिको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदनप्रदान र नेता तथा आगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सूर्यबंशीले सो कुरा ब्यक्त गर्नु भएको हो।
रुपन्देहीको तिलोत्तमा नपा वडा नं १३ मा रहेका मगर भवनमा बुधवार भएको कार्यक्रमका प्रमुख आतिथि समेत रहनु भएका राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रीय कार्यकारि अध्यक्ष केशव बहादुर थापा (सुर्यवंशी) ले अब शसक्त रुपमा जनताको बिचमा रहेर जनतासंगै जनताका लागि संघर्ष गर्नुको विकल्प नरहेको बताउनु भयो। नयाँ वर्ष २०८१को शुभकामना दिदै उहाँले हामी सचेत र गोल बन्द हुनुपर्ने र हरेक जाति, समुदाय, भाषा, धर्म र संस्कृतिलाई सत्तामा पुर्याउने राष्ट्रिय जनमुक्ती पार्टीको मुल मन्त्र रहेको बताउनु भयो ।यसै गरि कार्यक्रमको अध्यक्षता गर्दै निर्वाचन क्षेत्र नं ३ क्षेत्रीय समितिका अध्यक्ष हरि दर्लामीले बोल्दै एकले अर्कोलाई सहयोग गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयो। नयाँ वर्ष २०८१ को शुभकामना दिदै अध्यक्ष दर्लामीले जनतालाई पार्टीको मुद्धाहरुमा मजबुत बनाउदै पार्टीलाई पनि मजबुत बनाउनु पर्ने उल्लेख गर्नु भयो।
कार्यक्रममा राष्ट्रिय जनमुक्ती पार्टी तिलोत्तमा नगरका अध्यक्ष राधिका श्रीस, नेपाल मगर महासंघका केन्द्रीय अध्यक्ष छत्र दर्लामी, राष्ट्रिय जनमुक्ती पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, राष्ट्रिय जनमुक्ती पार्टी जिल्ला सहसचिव भुम बहादुर बुढामगर लगायतले नयाँ वर्षको शुभकामना दिदै लगन र मिहेनतका साथ पार्टीलाई अझ संगठित बनाउनु पर्ने बिचार ब्यक्र गर्नु भएको थियो
कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष लिलमाया राना, सचिव चित्र प्रसाद गुरुङ, पार्टी जिल्ला अध्यक्ष प्रेमबहादुर थापा, निर्वाचन क्षेत्र नं ३ क्षेत्रीय समितिका उपाध्यक्ष आशा राना, संगठन सचिव मीन वहादुर पल्लि, कोषाध्यक्ष माया सारु, सदस्यहरु, पार्टीका संघिय महासभा सदस्यहरु, पार्टी कार्यकर्ता, शुभेच्छुक, प्रतिनिधि, अगुवा कार्यकर्ता, समाजसेवी लगायत स्थानीयको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि केशव सुर्यबंशीले पार्टी प्रवेश गर्ने नव आगन्तुक सदस्यहरुलाई राष्ट्रि जनमुक्ती पार्टीको सदस्यता प्रमाण पत्र प्रदान गर्दै सम्मान पार्टी प्रवेश गराउनु भएको थियो। पार्टीका निर्वाचन क्षेत्र नं ३ क्षेत्रीय समितिका अध्यक्ष हरि दर्लामिको अध्यक्षता तथा सचिव राधा कुमारी गुरुङको स्वागत सह सचिव ओमबहादुर रानाले कार्यक्रम सन्चालन गर्नु भएको थियो।