२९ चैत्र, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा यही चैत्र २५ गते देखि संचालन भएको लागु औषध दुर्ब्यसनी बिरुद्धको ५ दिने अभियानको चौथो दिन युवा तथा सरोकारवालाहरु बिच लागु औषध दुर्ब्यसनी न्यूनिकरणका लागि संबाद कार्यक्रम सम्पन्न भएको छ।
कञ्चन साथी सञ्जालको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्र र स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा संचालित अभियानमा बिद्यालय परिसरमा सुर्ति तथा मदिराजन्य पदार्थको खरी बिक्री तथा ओसार पोसार गर्ने कार्यलाई निस्तेज पार्न बिभिन्न सरोरकारवालाहरु बिच अन्तरकृया तथा सचेतना र्याली कार्यक्रमहरु सम्पन्न भएका छन। आज चौथो दिन पुर्व लागु औषध दुर्ब्यसनीकर्ता, युवा तथा सरोकारवालाहरु बिच लागु औषध दुर्ब्यसनी न्यूनिकरणका लागि सम्वाद कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा संकल्प समूहका रितेस थापा मगर, ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर पुन, वडा नं। १ का वडा अध्यक्ष हरि नारायण थारु, वडा नं। ३ का वडा अध्यक्ष टिकाराम सापकोटा र वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले सम्वादको क्रममा उठेका सवालहरुको जवाफ दिनु भएको थियो।
कार्यक्रममा लागु औषध विरुद्ध बनेका नीति नियमको कार्यन्वयन गराउन प्रशासनबाट चालिएका कदम, लागु औषध दुर्ब्यसनी नियन्त्रणका लागि प्रहरी प्रशासनबाट स्थानीय तह, संघ संस्था, समुदायहरुसंगको सहकार्यलाई कत्तिको प्राथमिक्ता दिइएको छ,
यस कञ्चन गाउँपालिकामा लागु औषध नियन्त्रणका लागि प्रहरी प्रशासनले के कस्तो योजना रहेका छन जस्ता सवालहरुमाथीको जवाफ ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर पुनले दिनु भएको थियो।
यस्तै यस क्षेत्रमा विभिन्न किराना पसलको नाममा दर्ता भएता पनि सुर्ति तथा मदिराजन्य पदार्थहरुको समेत खुला रुपमा बेचिरहेको ती पसलहरुमाथीको निगरानी तथा अनुगमन गर्ने कार्यलाई स्थानीय सरकारले कत्तिको प्राथमिक्तामा राखेको छ, लागु औषध विरुद्ध बनेका नियममा रही स्थानीय तहले के कस्ता नीति र कार्यविधी बनाई कर्यान्वयनमा गरेको छ, युवाहरुलाई लागु औषध दुर्ब्यसनीबाट जोगाउनको लागि के कस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ।
लागु औषधमा फसेका व्यक्तिहरुलाई उपचारको लागि के कस्तो व्यवस्था गरेको छ, वालवालिकालाई सुर्ति तथा मदिरा जन्य पदार्थमा किन बेच गर्न लगाउनु गैर कानूनी हो तर कञ्चन गाउँपालिकामा बालबलिकाहरु प्रत्यक्ष रुपमा खरिद बिक्री कार्यमा संलग्न भएको पाइन्छ यस प्रक्रियालाई रोक्नको लागि गाउँपालिकाको के कस्तो रणनीति छ ? लगायत लागु औषध दुर्ब्यसनी बिरुद्ध उठेका सवालहरुको जवाफ वडा अध्यक्षहरुले दिनु भएको थियो।
कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष अमृत थापा मगरले लागु पदार्थ दुर्ब्यसनीको अन्त्य गर्नका लागि पारिवारिक र सामजिक रुपमा रुपमा समेत सचेत हुन आवस्यक रहेको बताउनु भयो। पारिवारिक रुपमा आफ्नो छोरा वा छोरी कुन सममा कहा जाँदैछ, घरमा आउदा किन ढिलो गर्छ? के कस्ता संगी साथीहरुको संगत छ? आफुसंग लिएको पैसा के काममा खर्च वा प्रयोग गर्दै छ भन्ने कुराको निगरानी गर्नु पर्ने केन्द्रका अध्यक्ष थापा मगरले बताउनु भयो।
सञ्जालका सचिव उषा सुनारको संचालन तथा कोषाध्यक्ष समिक्षा सुनारको स्वागमा सम्पन्न कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्रका प्रदिप केवटले कार्यक्रम संचालन गर्नु आवस्यकता तथा औचित्यताबारे प्रकाश पर्नु भएको थियो। कञ्चन गाउँपालिका, संकल्प समूह र ईलाका प्रहरी कार्यालय रुद्रपुरको समन्वयमा संचालन भएको कार्यक्रममा बिधार्थी, पुर्व लागु औषध दुर्ब्यसनीकर्ताहरु, खेलाडी, तथा किशोर किशोरीहरुले लागु औषधमा फसेका ब्यक्तीहरुलाई उपचारको लागि के ब्यबस्था छ?, युवाहरुलाई लागु औषध दुर्ब्यसनीबाट जोगाउनको लागि के कस्ता कार्यक्रमहरु छन जस्ता सवालहरु उठाएका थिए।
कार्यक्रम कञ्चन ४ दियोमा रहेको सभाहलमा भएको थियो।