२७ चैत्र, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ अन्तर्गत चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पालिकाले पालिकाका भुमिहिन दलित, भुमिहिन सुकुम्वासी तथा अब्यबस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा दिने कार्यलाई गरेको प्रयास र सहकार्य तथा समन्वय प्रशसनिय रहेको बताएका छन।
कार्यक्रममा कपिल पौडेल, केजी कुमार पौडेल, आनन्द आचार्य, शेर बहादुर श्रीस, लेखनाथ पौडेल, प्रेमचन्द्र पोख्रेल, पुष्पराज शर्मा, नन्द बहादुर खडकाथोकी, दिनानाथ आचार्य, प्रकाश उपाध्याय पौडेल, पार्वती ढकाल, सिताराम चौधरी, पारेश्वर शर्मा, प्रजापति सापकोटा लगायतले कञ्चन गाउँपालिकाले गरेको कार्यहरुमाथी टिप्पणी सहित सुझाव सल्लाह दिएका थिए।
कञ्चन गाउँपालिकाको आयोजना तथा सामुदायिक रेडियो कञ्चनको सहजिकरणका भएको कार्यक्रममा सरोकारवालाहरुले उठाएको सवालहरु माथी कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, शिक्षा शाखा अधिकृत रमेश भूसाल, कृषि शाखा अधिकृत मगरेपाल गडरिया, भौतिक पुर्वाधार शाखा अधिकृत सुबोध ज्ञवाली, सूचना प्रबृधि तथा राजश्व शाखाका अनिल थापा, पशु सेवा शाखा अधिकृत ध्रुवराज ज्ञवाली लगायतले जवाफ दिनु भएको थियो।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षता, प्रशासन प्रमुख गिरीराज अर्यालको संचालनमा भएको कार्यक्रममा शिक्षा शाखा अधिकृत रमेश भूसालले स्वागत गर्नु भएको थियो। हरैया बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा रेडियो कञ्चनका स्टेशसन म्यानेजर गोविन्द आचार्यले सहजिकरण गर्नु भएको थियो।