२७ चैत्र, कञ्चन
रुपन्देहीको कञ्चनमा गणित, अंग्रेजी र बिज्ञान बिषयका बिषयगत शिक्षक तथा शिक्षिकाहरुका लागि ५ दिने तालिम संचालन गरिएको छ। बिषयगत शिक्षकहरुलाई बिषयमा दक्षता तथा क्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ सो तालिम संचालन गरिएको हो।
सकाई प्रबर्द्धन परियोजनाको आयोजनामा संचालित तालिमको शुभारम्भ गर्दै कञ्चन गाउापालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले हरेक सिकाईहरुले बिषयगत दक्षता हासिल गरेपनि उक्त सिकाईलाई ब्यबहारमा नउतारे उक्त सिकाईको कुनै अर्थ नहरने बताउनु भयो। तालिमपछि आफ्नो कार्यक्षेत्रमा फर्किएर बिधार्थीहरुबिच सरल र पारिवारिक वातावरणमा आफुले प्राप्त गरेको ज्ञानसिप हस्तान्तरण गर्नु पर्ने बताउदै वडा अध्यक्ष खत्रीले आफुले पढाउने बिषयमा आफ्ना बिधार्थीहरुको नतिजामा सबैभन्दा राम्रो ग्रेड हासिल गराउन प्रयत्नशिल हुन समेत आग्रह गर्नु भयो।
यस्तै कञ्चन गाउापालिका शिक्षा बिकास समितिका संयोजक चित्र तुलाचनले शिक्षा क्षेत्रमा भइरहेको अदृशय घुस लिने र दिने संस्कारको अन्त्य नभएसम्म बिद्यालय शिक्षामा कुनै परिवर्तन नआउने बताउनु भयो। बिशेषगरी शिक्षक सरुवा हुँदा सरुवा भई आउने र जाने शिक्षकहरुलाई परेको समस्याको अन्त्य आफैबाट शुरुवात गर्नु पर्ने उल्लेख गर्दै कञ्चन गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका तुलाचनले युवा जोश जाँगर र नयाँ उत्साहका साथ बिद्यालय छिर्ने हरेक शिक्षकहरुमा बिद्यालय शिक्षा र शैक्षणिक कृयाकलापमा गुणस्तरियता म आफैबाट मैले नै शुरुवता गर्नु पर्छ भन्ने मान्यता राख्न सकेमात्र बिधार्थी अभिभावक र सरोकारवालाहरुले तपाईहरु प्रति गरेको बिश्वास र आशा जिवन्त रहने बताउनु भयो।
रिड नेपाल, ग्रिनतारा नेपाल र एडवान नेपालको साझेदारीमा भएको कार्यक्रममा रुद्रपुर माधयमिक बिद्यालयका सहायक प्रधानाध्यापक ध्रुव पौडेलले सिकाईलाई जिवनको महत्वपुर्ण उपलब्धी बनाउनेगरी तालिमबाट प्रशिक्षित हुन आग्रह गर्नु भयो। आफुले सिकेको सिकाईले बिद्यालयको शैक्षणिक कृयाकलापमा बिधार्थीहरुको रुचि र आकर्षण बढ्नु पर्नेमा सहायक प्रधानाध्यापक पौडेलले जोड दिनु भयो।
सिकाई प्रबर्द्धन परियोजनाका प्रवन्धक कपिलप्रसाद पुरीको अध्यक्षता कृष्ण कुवँरको स्वागतमा भएको कार्यक्रममा सिकाई प्रबर्द्धन परियोजनाका हिरा चौधरीले संचालन गर्नु भएको थियो। रुद्रपुर माध्यमिक बिद्यालयमा संचालन भएको तालिममा कञ्चनका १९ वटा सामुदायिक बिधालयमा बिषयगत शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको छ।
अधारभुत तहका बिषयगत शिक्षकहरुका लागि संचालित गणित, बिज्ञान र अंग्रेजी बिषयको तालिममा गणित बिषयका लागि ऋषीकेश आचार्य, अंग्रेजी बिषयका लागि अभिन महर्जन र के.पी घिमिरे र बिज्ञान बिषयका लागि सुवास गौतमले प्रशिक्षण दिनुहुने छ।