२७ चैत्र, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा शुरु भएको लागु औषध दुर्ब्यसनी बिरुद्धको दोश्रो दिन बिद्यालय परिसरमा सुर्ति तथा मदिराजन्य पदार्थको खरिद बिक्रीमा रोक लगाउन सरोकारवालाहरुबिच अन्तरकृया संचालन गरिएको छ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले नयाँ पुस्तालाई सभ्य र असल नागरिक बनाउन घर, समाज र बिद्यालय क्षेत्रमा लागु पदार्थ, सुर्ति तथा मदिराजन्य पदार्थको खरीद बिक्रीपुर्णमा न्युनिकरण तथा निस्तेज गर्न आवस्यक रहेको बताउनु भयो। पछिल्लो समयमा किशोर किशोरीहरुमा देखिएको लागु औषध दुर्ब्यसनीको दलदलमा फसिरहेकोले अवको समाज सुरक्षित नभएको अवस्थामा बिद्यालय परिसरलाई सुर्ति तथा मदिराजन्य पदार्थको खरीद बिक्रीलाई निरुत्साहित गर्न बिद्यालय परिसरमा संचालित ब्यबसायका संचालक, शिक्षक, कर्मचारी र अभिभावकहरु बिच समन्वय र सहकार्य अनिवार्य रहेको उपााध्यक्ष थापा मगरले जोड दिनु भएको छ।
यस्तै वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुले अवको समाजलाई लागु पदार्थ दुर्ब्यसनीरहित बनाउन समाजका अगुवा, टोल बिकास, आमा समूह, क्लव, ब्यबसायीहरुलाई सुर्ति तथा मदिरा पदार्थ र लागु औषध दुर्ब्यसनी बिरुद्ध लाग्न अनुगमन समिति बनाएर अगाडी बढ्न सकिने बताउनु भयो। यसैगरी कार्यक्रममा प्रगती नमुना माध्यमिक बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष चुडामणी पौडेलले किशोर किशोरीहरुलाई सुर्ति तथा मदिरा पदार्थ र लागु औषध दुर्ब्यसनीबाट टाढा राख्न दिनानुदिन चुनौती थपिदै गइरहेको बताउनु भयो।
कार्यक्रममा प्रगती नमुना माध्यमिक बिद्यालयका गणेश पौडेल, केजी कुमार पौडेल, योजना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिष्णु प्रसाद पौडेल, प्रगती नमुना माध्यमिक बिद्यालयका शिक्षक जिवराज पौडेल, सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन रुपन्देहीका गोपाल बहादुर के.सी. लगायत स्थानीय ब्यबसायीहरुले बिद्यालय परिसरमा सुर्ति तथा मदिरा पदार्थको खरीद बिक्री रोक लगाउन सरोकारवालाहरुमा ईच्छाशक्ती अनिवार्य रहेको र समाजलाई सभ्य तथा किशोर किशोरीहरु लागु पदार्थ दुर्ब्यसनीरहित बनाउन ईच्छाशक्तीले सदैव निर्देशित गर्ने बताउनु भएको थियो।
कञ्चन साथी सञ्जालको आयोजना, सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन रुपन्देही र स्ट्रोम फाउण्डेसन, नेपालको सहयोग र कञ्चन गाउँपालिकासंगको समन्वय र सहकार्यमा संचालित लागु औषध दुर्बयसनी बिरुद्धको ५ दिने अभियान चैत्र ३० गते सम्म संचालन हुनेछ।
कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीको अध्यक्षता तथा सचिव उषा सुनारको संचालनमा भएको कार्यक्रम प्रगती नमुना माध्यमिक बिद्यालयमा सम्पन्न भएको हो।