२४ चैत्र, काठमाडौं
बैशाख १५ गते हुने उप निर्वाचनमा इलाम २ मा २० जना र बझाङमा १२ जना बिच प्रतिस्पर्धा हुने भएको छ। इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार १२ दलका उम्मेदवार छन् भने ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
जसमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, नेपाल मजदुर किसान पार्टीका श्याम बहादुर दर्जी, राप्रपाका लक्ष्मी गुरुङ, नेपाली जनता दलका रेशम बहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनका मणि बहादुर लिम्बु, जनमत पार्टीबाट प्रेम कुमार थाम्सुहाङ, नेशनल रिपब्लिक नेपालबाट धनराज राना मगर, राप्रपा नेपालका गणेश बहादुर चौहान राष्ट्रिय जनमुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह र एकीकृत समाजवादीबाट जित बहादुर राई रहेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरुमा अर्जुन बहादुर शाही, केशव कुमार चापागाई, डकेन्द्र सिंह लिम्बु, डाक प्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्यालले उमेद्वारी दिएका छन। २०७९ मङ्सिर ४ को निर्वाचनमा एमालेबाट निर्वाचित प्रतिनीधि सभा सदस्य सुवास नेम्वाङ्गको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यसैगररी बझाङमा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङका अनुसार बेलुकी ५ बजेसम्मको समयभित्र १२ जनाको उम्मेदवारी परेको हो ।
उम्मेदवार दर्ता गर्नेमा नेकपा एमालेबाट दमन बहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेक बहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेपाल मजदुर किसा पार्टीबाट खगेन्द्र बहादुर शाही, नेकपा एकीकृत समाजवादीबाट दिल बहादुर सिंहले उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी राष्ट्रिय मातृभूमि पार्टीबाट विनो दबहादुर थापा, , नेशनल रिपब्लिक नेपालबाट कमल घर्ति मगर, राप्रपाबाट किशोर कुमार खडका र जनता समाजवादी पार्टीबाट राम बहादुर जाग्रीले उमेद्वारी दिएका छन् ।
त्यस्तै नेपाल जनता दलबाट अशोक सुनार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खडका र जनमत पार्टीबाट सुशीला देबी विष्टको उमेदवारी परेको छ। २०७९ मङ्सिर ४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।