१६ चैत्र, बुटवल/पार्वती थारु
नोवेल इन्भयरामेन्ट एकेडेमीको आयोजनामा सचेत अभिभावकः हाम्रो शिक्षा, सुसंस्कृत सन्तान र समृद्धि विषयक संवाद कार्यक्रम २०८० सम्पन्न भएको छ। रुपन्देहीको तिलोत्तमा १५ कोहटहवामा रहेको स्काई इनमा विहिबार संवाद कार्यक्रम सम्पन्न भएको हो ।
विद्यार्थीलाई एक पक्षिय होईन बहु पक्षिय शिक्षा प्रदान गर्नु पर्ने आजको आवश्यक रहेको लुम्बिनी विश्व विद्यालयका सह प्राध्यापक तथा कार्यक्रमका मुख्य वक्ता कमल थापाले बताउनु भएको छ।संस्कृतिको आधार बनाउदै, प्रकृतिको निर्माण गरी सफल भविष्यतर्फ अग्रसर हुने विद्यार्थीको निर्माण गर्नुपर्नेमा सह प्राध्यापक थापाले जोड दिनु भयो । बिद्यालय तहमा समय समयमा शिक्षक अभिभावक तथा सरोकारवाल विचमा संवाद कार्यक्रमको आयोजना गर्दा बिधार्थी, अभिभावक, शिक्षकहरुमा समेत सकारात्मक प्रभाव पार्नेमा सह प्राध्यापक थापाले विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा नोवेल इन्भायरोमेन्ट एकेडेमीका प्रबन्धक सुन्दर गुरुङले स्वागत मन्तवय राख्दै एउटा असल अभिभावकको भुमिका के रहन्छ? असल विद्यालयले विद्यार्थीको भविष्य निर्माण गर्नका लागि विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने र सफल बन्ने जनशक्तिको निर्माणका लागि के गर्ने अर्थात के गर्न सकिन्छ भन्नेबारे छलफल गरी योजना तर्जुमा गर्न संवाद कार्यक्रम आयोजना गरेको बताउनु भयो। विश्व रोवोटिङ सिस्टममा पुगि सकेकाले अब आउने २५ वर्ष पछि रोजगारीमा विज्ञान र प्रविधिको चरम विकास हुनेछ र वेरोगारी बढ्ने उल्लेख गर्दै अहिले देखि नै सचेत गराउने उदेश्यले संवाद कार्यक्रम गरेको बताउनु भयो। नोवेल एकेडेमीले विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने गरि विद्यार्थीको चौतर्फि विकासमा ध्यान दिदै आएको र वेलावेलामा व्यत्तित्व विकास गर्ने इभेन्ट पनि गर्दै आएको बताउनु भयो ।
यस्तै अहिलेको शिक्षा वेरोजगारी उत्पादनको थलो भएको देखिन्छ भने त्यसको समाधान व्यवासायिक र प्राविधिक शिक्षाले देला र ? अबको शिक्षा स्वदेशमै रोजगार दिने खालको कहिले हुन्छ ? भन्दै सहभागीले जिज्ञासा राखेका थिए । सहभागीले राखेको जिज्ञासामा कार्यक्रमका प्रमुख बक्ता तथा रण अम्विका आँखा अस्पतालका सहायक प्रध्यापक तथा निमित्त मेडिकल डाईरेक्टर डा. कबिन्द्र बज्राचार्य र समाजशास्त्री सीता भट्टराईले प्रस्ट पार्नु भएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता वज्राचार्यले तनावपूर्ण अवस्थामा न अभिभावकले सहि सिकाउन सक्छ न त शिक्षकले सहि निर्देशन दिन सक्छ न त विद्यार्थीले सकारात्मक कुरा ग्रहण गर्न सक्छ त्यसैले मानसिक सन्तुलन निकै आवश्यक रहेको बताउनु भयो । विदेश जानू गलत नभएर देशमा फिर्ता भएर काम गर्न नसक्ने वातावरणा देशमा रहुन नै मुख्य समस्या रहेको वज्राचार्यले बताउनु भयो ।
यस्तै अर्का वक्ता तथा भैरहवा बहुमुखि क्याम्पसका सह प्राध्यापक , समाजशास्त्री सीता भट्टराईले बोल्दै पढेर मात्र सफलता पाउन सकिँदैन, सफलता पाउनका लागि विद्यार्थीले निरन्तर अभ्यास गर्नु पर्ने र त्यो वातावरणको निर्माण स्कुल र घर दुवैतर्फबाट हुन आवश्यक रहेको बताउनु भयो । शुरुदेखि नै काम गर्न र श्रमको सम्मान गर्न सिकेको बिधार्थी भोली संस्कार युक्त बन्ने र प्राविधिको प्रयोग गरेर कामलाई सहज र सफल बनाउन सक्ने भट्टराईले बताउनु भएको थियो ।
नोवेल इन्भायरामेन्ट एकेडेमीका प्रवन्धक सुन्दर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजिकरण कान्तिपुरका पत्रकार सन्जु पौडेलले गर्नु भएको थियो। कार्यक्रममा जापान गोजुरियो कराँते डो मिसन संघका संस्थापक अध्यक्ष तथा अन्तरास्ट्रिय प्रशिक्षक केवि राना, मगर संघ रुपन्देहीको जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, तिलोत्तमा १५ का वडा सदस्य मंगल श्रीस, १६ का वडा सदस्य जानकी वि क, तिलोत्तमा एफ एमका पत्रकार पार्वती थारु, मिडिया हाउसका पत्राकार राज चौधरी लगायत शिक्षक, अभिभावक, राजनितिज्ञ, समाजसेवी, खेल प्रशिक्षकहरुको सहभागिता रहेको थियोे । कार्यक्रममा नोवेल एकेडेमीका प्रिन्सिपल खिनु गुरुङको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।