१६ चैत्र, कञ्चन
सुनगाभा महिला समूह, कञ्चन ४, रुपन्देहीको तेश्रो साधारण सभा तथा दोश्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले तिल कुमारी खत्रीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति पुनः गठन गरेको छ।
अधिबेशनले समूहको उपाध्यक्षमा गंगा थापा फौजा, सचिवमा जयकला गोतामे, सहसचिवमा भवि माया सुनारी र कोषाध्यक्षमा लता श्रीस मगर क्षेत्रीलाई निर्वाचित गरेको छ। यस्तै अधिबेशनबाट सदस्यहरुमा सुशिला थापा, रिता देवी पौडेल, सुमित्रा राई, धना पौडेल र टीका कुमारी के.सी.निर्वाचित हुनु भएको छ भने एक जना सदस्य नव निर्वाचित कार्य समितिको पहिलो बैठकले मनोनित गर्ने छ।
नवगठित कार्य समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै कञ्चन ४ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि केशर बहादुर खत्रीले महिलाहरुको सशक्तीकरणका लागि पालिका तथा वडा कार्यलयबाट बिभिन्न कार्यक्रम तथा योजनाहरु संचालन गर्दै आइरहेको र ती कार्यक्रमहरुमा महिलाहरुको सहभागिता महत्वपुर्ण हुने बताउनु भयो। महिलाहरुले पनि अवसर पाए हरेक चुनौतीहरुसंग सामना गरेर भएपनि आफुले प्राप्त गरेको अवसर तथा जिम्मेवारीलाई इमान्दारितापुर्वक पुरा गर्ने भएकोले सुनगाभा महिला समूहले आफ्नो समूह भित्र रहेका महिलाहरुलाई सचेत र सशक्तीरकरण बनाउदै जानु पर्ने वडा अध्यक्ष खत्रीले बताउनु भयो।
यस्तै कार्यपालिका सदस्य सुशिला थापाले अवको महिला सचेत र शिक्षित हुन आवस्यक रहेको बताउनु भयो। हरेक महिलाहरु सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक रुपमा सचेत हुन सकेमात्र समाजमा हुने हरेक चुनौतीहरुलाई अवसरको रुपमा लिन सकिने कार्यपालिका सदस्य थापाले बताउनु भयो।
कार्यक्रममा सुनगाभा टोल बिकास संस्थाका अध्यक्ष लाल बहादुर थापा, समाजसेवी रुम बहादुर फौजा, दुर्गा ढकाल, खेम बहादुर क्षेत्री लगायतले शुभकामना तथा बधाई दिदै समाज रुपान्तरणको अभियानमा महिलाहरुको भुमिका र नेतृत्व प्रभावकारी हुने र समूहबाट भएका हरेक सामाजिक कार्यहरु प्रशंसनिय रहेको बताउनु भएको थियो।
समूहका अध्यक्ष तिल कुमारी खत्रीको अध्यक्षता, पार्वती थापा मगरको संचालन तथा जयकला गोतामेको स्वागतमा भएको कार्यक्रममा अध्यक्ष खत्रीले समूहको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
अधिबेशनमा अमृत थापा मगरको संयोजकत्वमा गठित निर्वाचन मण्डलले समूहको नयाँ कार्य समितिको पुनः गठन गरेको हो । निर्वाचन मण्डलका सदस्य खेम बहादुर क्षेत्रीले समूहको नयाँ कार्य समिति गठन प्रक्रियामा सहजिकरण गर्नु भएको थियो। नव निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक अमृता थापा मगरले सपथ गराउनु भएको थियो। निर्वाचन मण्डलमा गोविन्द आचार्य समेत सदस्य हुनुहुन्थ्यो।कार्यक्रम सुनगाभा हर्नाचौर शान्तीपार्कमा भएको सम्पन्न भएको थियो ।