१० चैत्र, बुटवल
बुटवल उपमहानगरपालिका अन्तर्गत स्थानीय विकास कोष सञ्चालन समितिद्वारा ६ वटा वडाका महिलाहरुका लागि शुक्रबारदेखि उद्घोषण, बैठक सञ्चालन, माइन्युट लेखन तथा लेखा ब्यवस्थापन सम्बन्धी तालिम शुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले नगरका ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप र उत्पादनसँग जोडेर जिवनस्तर माथि उठाउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो। नगरवासीलाई सीप र उत्पादनसँग जोडेर आय आर्जन बृद्वि गराउन उपमहानगरपालिकाले विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरेको बताउँदै नगर प्रमुख पाण्डेयले आत्मनिर्भर बन्न जस्तोसुकै सीपमूलक तालिम दिन उपमहानगरपालिका तयार रहेको जानकारी गराउनु भयो। प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिका वडा नं १४ देखि १९ सम्मका लागि सञ्चालित कार्यक्रमले ती वडाका जनताको जिवनस्तर माथि उठाउन महत्त्वपूर्ण हुने विश्वास ब्यक्त गर्दै कार्यक्रमबाट लाभ लिन आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा उपप्रमुख सावित्रा अर्यालले यो कार्यक्रम गरिबी निवारण कोष भएको उल्लेख गर्दै महिला सशक्तिकरण र गरिबी निवारण गर्नु रहेको बताउनु भयो । निम्न वर्गका मानिसहरूले उठाएको रकम न्युनतम ब्याजदरमा समुदायमै परिचालन गरेर उद्ममशील बनाउने योजना अनुसार स्थानीय बिकास कोष कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उपप्रमुख अर्यालले सबै घरका महिलालाई कुने न कुनै सीपसँग जोडेर आत्मनिर्भर बनाउने उपमहानगरपालिकाको योजना रहेको उल्लेख बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाका प्रवक्ता समेत रहनु भएका स्थानीय विकास कोष सञ्चालन समितिका अध्यक्ष शिव रानाले कोषमा आवद्ध विभिन्न सामुदायिक संस्था र उक्त संस्थाका सदस्यहरूको संगठन, बचत र सीप विकासको माध्यमबाट सामाजिक रूपान्तरणको अभियानलाई नेतृत्वदायी भुमिकामा ल्याउन कोष संचालनको अवधारणाको बिकास गरिएको बताउनु भयो। प्रवक्ता रानाले बिपन्न बर्गका नागरिकहरूलाई आफ्नो काम, कर्तव्य तथा हक, अधिकारका बारेमा सचेत गराउनुका साथै सामाजिक परिचालन मार्फत विकासको मूल प्रवाहमा ल्याउन कार्यक्रम प्रभावकारी हुने विश्वास समेत ब्यक्त गर्नु भयो ।
बुटवल उपमहानगरपालिका भित्र ६० सामुदायिक संस्थाका करिब १ हजार ५ सय सदस्य कोषमा आवद्ध रहेको जानकारी गराउँँदै प्रवक्ता रानाले संस्थाका सदस्यहरूको आय आर्जन बृद्धि गर्न पशुपालन ब्यापार ब्यवसाय सञ्चालनका लागि न्युनतम ब्याजदरमा घुम्ती कोषको रूपमा ऋण पुँजी लगानी गरेको बताउनु भयो ।
बुटव उपमहा नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष समेत रहनु भएका रानाले कोषले सदस्यहरूको विभिन्न रचनात्मक तथा ब्यावहारिक र सैद्धान्तिक क्रियाकलापमा सहभागी गराई उनीहरूको दक्षता र क्षमताको विकास गराई थप उर्जाशील, चेतनशील एवं सक्रिय जिवनयापनका लागि पनि उद्घोषण, समूहको बैठक सञ्चालन, बैठकमा लेखिने निर्णय तथा लेखा ब्यवस्थापन तालिम अझ बढी प्रभाकवारी हुनेमा बिश्वास ब्यक्त गर्नु भयो।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १९ वडा अध्यक्ष चन्द्र सि थापाको स्वागत तथा प्रशिक्षक दिपु मगरको संचालनमा सम्पन्न कार्यक्रममा कोष सञ्चालन समिति सदस्य प्रेम नारायण पाण्डेलले कार्यक्रमको उद्देश्य र औचित्यबारे जानकारी गराउनु भएको थियो ।
बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा स्थानीय विकास कोष सञ्चालन समितिका अध्यक्ष शिव रानाको अध्यक्षतामा शुरु भएको तालिम बुटवल उपमहा नगरपालिकाको सेमलार र मोतीपुरमा गरी दुई चरणमा संचालन हुने छ। बुटवल १९को बम भोला स्थित दुर्गा मन्दिर शुभारम्भ गरिएको तालिममा १२० जनाको सहभागीता रहने छ।