५ फागुन, कञ्चन
राष्ट्रिय भुमि आयोग जिल्ला, रुपन्देहीबाट यही फागुन २४ गते अब्यबस्थित बसोबासीहरुको जग्गा धनिपुर्जाका लागि राजश्व मुल्यांकन सम्बन्धी प्रकाशित
सार्वजनिक सूचनाबाट कञ्चनका अब्यबस्थित बसोबासीहरुको उठिबास हुने भएपछि कञ्चनका कृयाशिल राजनैतिक दलहरु संघर्ष गर्ने तयारीमा जुटेका छन। कञ्चनका कृयाशिल राजनैतिक दलहरुको हिजो आइतवार बसेको संयुक्त बैठकले राष्ट्रिय भुमि आयोग जिल्ला, रुपन्देहीको सूचना अनुसार कञ्चनका अब्यबस्थित बसोबासीहरु जग्गाधनी पुर्जाका कारण उठिबास हुने भएपछि उक्त पुर्जाको बहिस्कार गर्नुको बिकल्प नभएका बताएका छन।
साविक रुद्रपुर गा.वि.स.का पुर्व अध्यक्ष लक्ष्मीकान्त पौडेलको अध्यक्षतामा बसेको बैठकले कञ्चन गाउँपालिका वडा नं. ५ को अव्यवस्थित बसोवासीका निम्ति
राजस्वको सूचना प्रकाशन गर्दा कोही पनि अव्यवस्थित बसोवासीहरुले उक्त सूचनामा उल्लिखित राजस्व तिरि जग्गा धनी दर्ता प्रमाण पुर्जा लिन नसक्ने देखिएकाले उक्त राजस्वका विविध प्रावधनहरुलाई संशोधन गरि न्यून राजस्व निर्धारण गर्ने व्यवस्था गरे पश्चात मात्र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गर्ने व्यवस्था मिलाउनका निम्ति कञ्चन गाउँपालिका मार्फत राष्ट्रिय भूमि आयोग जिल्ला रुपन्देहीमा ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाउने निर्णय गरेका हुन।
यसैगरी उक्त संयुक्त बैठकमा अव्यवस्थित वसोवासीहरुका लागि राष्ट्रिय भूमि आयोगले निर्धारण गरेको राजस्व अत्यन्तै अव्यवाहारिक र महंगो भएका कारण अव्यवस्थित बसोबासीहरुले उक्त राजस्व तिर्न नसकि उनीहरुको उठिवास लाग्ने अवस्था सृजना भएको हुनाले आ आफ्ना जिल्ला स्तरिय नेतृत्व, प्रदेश सभाका सांसद, प्रतिनिधि सभाका सांसदहरु लगायत राष्ट्रिय भूमि आयोग काठमाण्डौ, भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, सिंहदरबार, काठमाण्डौ र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरबार, काठमाण्डौमा विभिन्न चरणमा डेलिगेशन, ध्यानाकर्षण र आवश्यक परे सडक संघर्षका थप कार्यक्रमहरु समेत सञ्चालन गर्ने कञ्चनका कृयाशिल राजनैतिक दलहरुले एक्यबद्धता जनाएका छन।
कञ्चनमा हुने बिभिन्न चरणका संघर्षका लागि कृयाशिल सम्पुर्ण राजनैतिक दल, नागरिक समाज, संघ संस्था, बुद्धिजिवि, पत्रकार लगायत सम्पुर्ण सरोकारवालाहरुलाई ऐक्यवद्धताका निम्ति अपिल गर्दै यस कार्यमा साथ र सहयोगको अपेक्षा सहित बैठकमा गरिएको छ।
बैठकमा साविक रुद्रपुर गा.वि.स.का अध्यक्षलक्ष्मी कान्त पौडेल,नेपाली काग्रेंसका देविराम रेग्मी, ने.क.पा. एमाले दिनानाथ आचार्य, ने.क.पा. (माओवादी केन्द्र)का पुष्षराज शर्मा, रा.स्व.पा.का प्रेम चन्द्र पोखरेल, राष्ट्रिय जनमोर्चा लिलाराम खनाल, नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीका के जी कुमार पौडेल, ने.क.पा. मशालका दिपक पौडेल, ने.क.पा. (माओवादी केन्द्र) का हिरा वहादुर रोका, नेपाली काग्रेंसका बासुदेव दिन पौडेल लगायत स्थानीय संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो।
राष्ट्रिय भुमि आयोग जिल्ला, रुपन्देहीबाट प्रकाशित कञ्चन गाउँपालिका वडा नं. ५ को १ हजार ५ सय कित्ताको राजश्व मुल्यांकन सम्बन्धी सूचनामा एक जना अब्यबस्थित बसोबासीकोलागि न्युनतम १० लाख रुपैया देखि डेढ करोड रुपैया सम्म निर्धारण गरिएको छ। उक्त राजश्व मुल्यांकन अनुसार कुनै पनि अब्यबस्थित बसोबासीहरुले सो रकम तिरेर लालपुर्जा लिन सक्ने अवस्था छैन।
निर्णयको पुर्ण पाठ