४ फागुन, कञ्चन
किशोर किशोरीहरुको हक अधिकार तथा सशक्तीकरणको क्षेत्रमा क्रियाशिल कञ्चन साथी सञ्जालको दोश्रो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले सुस्मिता नेपालीको अध्यक्षतामा १४ सदस्यिय नयाँ कार्य समिति पुनः गठन गरेको छ।
यस्तै अधिबेशनबाट उपाध्यक्षमा विष्णु सुनार गोतामे बि.क., सचिवमा उषा सुनार, सहसचिवमा लक्ष्मण सुनार र कोषाध्यक्षमा समीक्षा राना निर्वाचित हुनु भएको छ। यस्तै सदस्यमा पुजा परिया, निशा नेपाली, अस्मिता पाण्डे, गंगा सुनार, निरुता परियार, नगेन्द्र परियार, उमेश लोध, सुशान्त बि.क., कविता रेग्मी निर्वाचित हुनु भएको छ।
नव निर्वाचित कार्य समितिलाई शुभकामना तथा बधाई दिदै सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष अमृता थापाले समाजमा हुने बिभिन्न बिकृति, बिसंगति, बिभिन्न दुर्ब्यसनी तथा हिंसाहरुका बिरुद्ध सचेतनामुलक कार्यक्रमहरुलाई बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसंग समन्वयगरी संचालन गर्नु अझै जरुरी रहेको बताउनु भयो। किशोर किशोरीहरुलाई समाजको असल नागरिकको रुपमा स्थापित गर्नु साथी सञ्जालको काँधमा आएको र समाजमा हुने लैंगिक तथा यौनिक हिंसा, बालविवाह, दाइजो प्रथा बिरुद्ध सशक्त रुपमा आवाज उठाउन र किशोर किशोरीहरुको हक अधिकार र सशक्तीकरणका लागि सञ्जाललाई सधै कृयाशिल बनाइरहन सुनगाभा र साझेदार संस्थाहरुबाट आवस्यक सहयोग र सहकार्य हुने समेत अध्यक्ष थापाले बताउनु भयो।
संजालका अध्यक्ष सुस्मिता नेपालीको अध्यक्षता, उपाध्यक्ष विष्णु सुनार गोतामे वि.क.को स्वागतमा सम्पन्न कार्यक्रममा अस्मिता पाण्डेले कार्यक्रमको संचालन गर्नु भएको थियो