१ चैत्र, तिलोत्तमा/पार्वती थारु
नेपाल अदिवासी जनजाती महासंघको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ। अधिबेशनले गङ्गा कुमारी छन्त्यालको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ।
बुधबार आदिवासी जनजाती भवन तिलोत्तमा ६ कुन्जलनपुमा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रेम कनौजे मगर, महिला उपाध्यक्षमा दिलमाया गुरुङ्ग, उपाध्यक्षमा तारा गुरुङ्ग, सचिवमा धन बहादुर चौधरी, कोषाध्यक्षमा इन्दु थापा मगरलाई सर्व सम्मत निर्वाचित गरेको छ ।
यसैगरी सदस्यहरुमा टम बहादुर राना मगर, टीका बहादुर छन्त्याल, आशा कुमारी कुमाल, मन्जु मुखिया कुमाल र कृष्ण थारु पनि अधिबेशनबाट निर्वाचित हुनु भएको छ ।
अधिवेशनको खुल्ला सत्रमा बोल्दै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् अध्यक्ष चित्रलाल तुलाचनले हामी यो देशको अभिभावक भएको र अभिभावकले सबैलाई समान व्यवहार गर्दै समस्याको समाधान सहित अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । आज गरेको काम भोलि १० वर्ष पछि पाइने उपलब्धी के हुनेछ त भन्ने मूल्य निर्धारण गरेर काम गर्न आवश्यक रहेको उल्लेख गर्दै तुलाचनले एजेन्डा मुख्य हुदैमा एकता हुन सक्दैन, काम गरेर मात्र एकता हुने र एकताले नेपाल आदिवासी जनजातीलाई नै शिर्ष स्थानमा पुर्याउन मद्दत गर्ने बिचार ब्यक्त गर्नु भयो ।
तुलाचनले हामी एउटै समुदायका एउटै सन्तान भएको र हाम्रो सपना एउटै रहेकोले त्यो सपाना पूरा गर्नका लागि एकजुट हुन अति आवश्यक रहेको बिचारलाई जोड दिनु भएको थियो ।
चित्र प्रसाद गुरुङले बोल्दै अबको नयाँ कार्य समितिले चुस्त दुरुस्त रुपमा काम गर्नु पर्ने बताउनु भयो । पुर्व सल्लाहकार लोक वहादुर गुरुङले आफु भित्रको अहमतालाई हटाउदै, अफ्ना् जिम्मेवारिलाई वोध गरी काम गर्दै जान सक्नु पर्नेमा जोड दिनु भयो । महासंघका सल्लाहकार खुम बहादुर थापाले बोल्दै हामी आफै जाग्न जरुरि छ भन्दै मिलेर जानू पर्ने बताउनु भयो ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष आशा गुरुङको अध्यक्षता रहेको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वर देवि चौधरिको प्रमुख आतिथ्यता र चित्रलाल तुलाचनको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै अतिथिहरुमा समितिका सल्लाहकार छत्र दर्लामि मगर, शंकर गाहा, चित्र प्रसाद गुरुङ, वडा नं ६ का वडा अध्यक्ष गणेश पाठक, राष्ट्रिय आदिवासी जनजाति महिला महासघं तिलोत्तमाका अध्यक्ष दिलमाया गुरुङ, तमु ह्युल छोजधि गुरुङ राष्ट्रिय परिषद् तिलोत्तमाका अध्यक्ष नरजंग गुरुङ, नेपाल मगर संघ तिलोत्तमा नगर समितिका अध्यक्ष लिलमाया राना, समितिका सचिव शान्ति चिदि मगर, थारु कल्याणकारी तिलोत्तमा नगर समितिका अध्यक्ष आशा कुमारि थारु, नेपाल छन्त्याल संघ तिलोत्तमाका अध्यक्ष तारा प्रसाद छन्त्याल, नेपाल कुमाल समाज तिलोत्तमाका अध्यक्ष इन्द्र कुमाल, नेपाल आदिवासी जनजाती महासंघका तिलोत्तमा पुर्व सचिव संगिता गुरुङ, पुर्व कोषाध्यक्ष लोक बहादुर गुरुङ, बुद्धिजीवी समाज सेवी तिलोत्तमा ९ का आश बहादुर गुरुङ, बुद्धिजीवी समाज सेवि तिलोत्तमा १४ का टीका बहादुर छन्त्याल लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा समितिका पदाधिकारी, प्रतिनिधि, पर्यवेक्षक को उपस्थिति रहेको कार्यक्रमका् सन्चालन प्रेम कनौजे मगरले गर्नु भएको थियोे । कार्यक्रममा सहयोगि दातालाई प्रमाण पत्रले सम्मान पनि गरिएको थियोे ।