३० फागुन, तिलोत्तमा/पार्वती थारु
नोबेल इन्भरमेन्ट एकेडेमीमा मास्टर एण्ड मिस नोवेल आइकन सिजन ट सम्पन्न भएको छ । रुपन्देहिको तिलोत्तमा १५ मधवलियामा रहेको गुरुङ भवनमा आयोजित फाइनलमा एकेडेमीका पुर्व विद्यालयका छात्रा तर्फ सायारा राना मिस नोवेल सिजन ६ को विजेता बन्न सफल भएका छन।
यस्तै विनिसा पुन प्रथम, युनिसा गुरुङ दोस्रो र सिधिका बस्याल तेस्रो स्थान हासिल गरेका छन् । यसैगरी पुर्व विद्यालयका छात्र तर्फ हिमान्सु आले मिस्टर नोवेल सिजन सिक्सका विजेता बनेका छन् । यस्तै प्रथम मिस्टरमा रोहन थापा र दोस्रो मा प्रनाभ पुन भएका छन् ।
प्राथमिक तहअन्तर्गत छात्रा तर्फ भएको छनोटमा एन्जल गिरि मिस नोवल बनेका छन । यस्तै जेनिसा पावरे प्रथम, लक्षिमा गौतम र प्रिन्सा पुनले तेस्रो स्थानमा हासिल गरेका छन । प्राथमिक तहअन्तर्गत छात्रतर्फ भएको प्रतिस्पर्धामा मिस्टर नोवेल सिजन ६ को विजेता युनिक अधिकारी भएका छन् भने योजिन छन्त्याल प्रथम, रिहान पुन दोस्रो र केशव गाहाले तेस्रो स्थान प्राप्त गरेका छन् ।
यसैबीच आधारभुत तह अन्तर्गतको छात्रा तर्फ अनुस्का कुवार मिस नोवल सिजन ६ को विजेता बन्नु भएको छ । यसैगरि सिल्भि कार्की प्रथम, रक्षा पाण्डे दोस्रो र सन्ध्याङ तरामी तेस्रो मिस नोवेलको विजेता भएका छन। यसैगरि छात्रतर्फ भएको छनौटमा सफल जिमि मिस्टर नोवेल सिजन ६ को विजेता बनेका छन भने संगम थापा प्रथम र सुमित थारुले दोस्रो स्थान हासिल गर्दै मिस्टर नोवेल हुन सफल भएका छन् ।
यसै अन्तर्गत भएको छनोटमा पुर्व विद्यालयका मिस क्युटिमा विनिसा पुन र केशव गाहा छनोट भएका छन । यस्तै उत्कृष्ट अनुशासितमा संगम थापा र युनिसा गुरुङ, उत्कृष्ट प्रतिभावानमा हिमान्सु आले र जेनिसा पावरे, सन्ध्या तरामी, सिसधका बस्याल छनोट भएका छन् । यस्तै आत्माविश्वासी आइकनमा रमान हितांग र अनुस्का कुंवर, क्रियाशिलमा प्रनाभ पुन र रक्षा पाण्डे, मोस्ट चार्मिङमा रिहान पुन र मियांग थापा, मोस्ट हाईजेनिकमा केशव गाहा र सायारा राना, बेस्ट स्माइलमा लक्षिमा गौतम र हिमांशु आले, बेस्ट वार्कमा सिल्भि कार्की र संगम थापा बेस्ट प्रस्नालिटिमा युजिन छन्त्याल र युनिसा गुरुङ, बेस्ट स्किनमा एन्जल गिरि र रिहान पुन तथा बेस्ट फोटोजेनिकमा सायारा राना, रोजन राना, सिल्भि कार्की, सुमित थारु र प्रिन्सु पुन छनोट भएका छन् । दर्शकको छनोटमा मियान थापा र आयोजकको छनोटमा रमान हितांग परेका छन् ।
मास्टर एण्ड मिस नोवेल सिजन ६ आईकनमा विजेता तथा उपविजेता सबै विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि तथा साना तथा घरेलु उद्योग महासंघ केन्द्रीय सदस्य वसन्त रोका तथा नोवेल एकेडेमीका प्रिन्सिपल खिनु गुरुङले सम्मान गर्नु भएको थियो । यस्तै तिलोत्तमा एफएम, राज्य टेलिभिजन, तिलोत्तमा टि.भी. लगायत मिडिया पाटर्नरलाई पनि प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा पशुपति कलेजका क्याम्पस प्रमुख जित बहादुर रास्कोटी, पशुपति मा. वि.का प्रध्यानाध्यापक वेद नारायण भट्टराई लगायतले शुभकामना मन्तव्य राख्दै विद्यार्थीको चौतर्फि विकासमा नोवेल एकेडेमी रुपन्देहीमै पहिलो विद्यालय रहेको बताउनु भएको थियो ।कार्यक्रम नोवेल इन्भारमेन्ट एकेडेमीका प्रिन्सिपल खिनु गुरुङअध्यक्षतामा सम्पन्न भएको थियो ।