२७ फागुन,फर्साटिकर/पार्वती थारु
छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगिता २०८० को शानिबार भएको फाइनल खेलमा फर्साटिकर युवा क्लव, फर्साटिकर बिजयी हुदै उपाधि चुम्न सफल भएको छ । खेल सम्पुर्ण युवा क्लव, तिलोत्तमा १४ सुपौलीलाई पराजित गरी उपाधी चुम्न सफल भएको हो।
उपाधी हात पारेसंगै फर्साटिकर युवा क्लव, फर्साटिकरले १ लाख १६ हजार नगद राशि सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने उपविजेता भएको सम्पुर्ण युवा क्लव,सुपैलीले नगद ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
स्वः खगी गुरुङसेनीको स्मृतिमा सञ्चालन भएको फाइनल खेलमा फर्साटिकरले सम्पुणर्लाइ ३ का विरुद्ध ४ गोल गर्दै विजयी भएको हो । खेलको म्यान अफ द म्याच फर्साटिकर युवा क्लवका टिकाराज गुरुङ भएको खेल संयोजक शेर बहादुर गुरुङले बताउनु भयो ।
खेलकुदले समाज साथै सिङगो देशको विकास गर्न सघाउने र यस्ता प्रतियोगिताबाट स्थानिय खेलाडीको समेत हौसला बढने हुनाले खेल अत्यावस्यक रहेको समापन कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभासद माननीय तुलसी प्रसाद चौधरीले बताउनु भयो ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद रहेको र खेलको माध्यमबाट मानिस अनुशासित एवम आर्थिक रुपमा पनि सबल बन्न सघाउ पुग्ने कार्यक्रमका विशिष्ट अतिथि तथा तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वर देवि चौधरीले बताउनु भयो ।प्रतियोगितामा रुपन्देहिका १६ वटा टिमको सहभागीता रहेको थियो ।
स्वःखगी गुरुङसेनीको स्मृतिमा संचालन भएको प्रतियोगिताको क्लवका संरक्षक तथा समाजसेवी क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेको थियो।
प्रतियोगिताको सर्वाधिक गोलकर्ताको रुपमा नव टिकुलीगढ युवा कल्बका खेलाडी निराजन खत्रीले ५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छन भने उत्कृष्ट खेलाडीको रुपमा सम्र्पुण युवा कल्बका सिर्जन क्षेत्रीले ५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। यसैगरी उदयमान खेलाडीको रुपमा सम्पुर्ण युवा क्लवका निखिल पुनले ३ हजार नगद सहित मेडल र प्रमाण प्राप्त गर्न सफल भएका छन भने फर्साटिकर युवा क्लवका खेलाडी सुबान्कर जीसीले उत्कृष्ट गोलकिपरको रुपमा ३ हजार नगद राशि सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा न १३ का वडा अध्यक्ष नारायण ढकाल, तिलोत्तमा नगरपालिका कार्यपालिका कार्यपालिका सदस्य रवि सेन्चुरी, तिलोत्तमा १३ का निर्वतमान वडा अध्यक्ष गणेश न्यौपाने, क्लवका संरक्षक क्याप्टेन नरजंग गुरुङ, क्लवका संस्थापक संरक्षक पदमा गुरुङको आतिथ्यता रहेको थियो। यसैगरी वडा सदस्य केशवराज भण्डारी , करौजिया टोल विकास संस्थाका अध्यक्ष छविराम सोमै मगर, क्लवका पुर्व अध्यक्ष हरि थापा दर्लामी, सल्लाहाकार गणेश प्रसाद काफ्ले, गोपाल काफ्ले, सन्त वहादुर वि.क, हरि वहादुर गुरुङ, जेष्ठ नागरिक नारायण पुन, आशा देवी थारु, नर वहादुर गुरुङ, दुर्गा वहादुर श्रीस, महानन्द भुषाल, टेक वहादुर गुरुङ, प्रहरी चौकी चिल्हीयाका प्रमुख सुदन पन्थी, रुपन्देही फुटवल संघ अध्यक्ष तथा तिलोत्तमा नगरपालिका खेलकुद संयोजक लोक पुन, पुर्व राष्ट्रिय खेलाडी जित बहादुर लामा, नेपाल मगर संघ रुपन्देहीका सदस्य कृष्णा सारु समाजसेवी चिनप्रसाद गुरुङ, दिल वहादुर गुरुङ, ओम वहादुर राना लगायतको अतिथ्यता रहेको थियो।
यसैगरी प्रतिउयोगिता सम्पन्न र्गका लागि मुख्य प्रायोजक नरजङग गुरुङ्गका छोराहरु मिन गुरुङ, सन्जय गुरुङ बुहारी इस्प्रिया गुरुङ, सुस्मा थापा गुरुङ र छोरी दिलमाया गुरुङ सपरिवारको मुख्य सहयोग रहेको थियो ।
कार्यक्रममा पुर्व राष्ट्रिय खेला तथा पुर्व राष्ट्रिय रेफ्री ९६ वर्षीय जितवहादुर राना मगर लाई स सम्मन गरिएको थियो । यस्तै फुटवल खेलका रेफ्री अमर पुन, प्रकाश नेम्वाङ्ग, ववि छन्तेल र किरण थापालाई पनि कदर पत्रले सम्मान गरिएको थियो ।
यसैगरी विद्यागत उत्कृष्ट खेलाडी तथा खेलमा सहयोग गर्ने सहयोगी संस्था क्लव , सन्चारकर्मी तथा सहयोगी हातहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । न्यु सिर्जना युवा कल्बका अध्यक्ष सोवित थापा दर्लामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन क्लवका प्रचारप्रसार संयोजक तथा सल्लाहकार धनवहादुर चौधरीले गर्नु भएको थियो ।