२० फागुन,तिलोत्तमा/पार्वती थारु
राष्ट्रिय जनमुक्ती पार्टी तिलोत्तमा नगर समितिको चौथो अधिवेशन शनिवार तिलोत्तमा ९ मंगलापुरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय जनमुक्ती पार्टी संघीय परिषद कार्यकारी अध्यक्ष केशव वहादुर थापा (सुर्यवंशी) ले राष्ट्रिय दृष्टिकोण भएको पार्टी र लोकतान्त्रिक चारित्र भएको पार्टी केवल राष्ट्रिय जनमुक्ती पार्टी रहेको उल्लेख गर्नुभयो। “यदि कसैले यो पार्टीलाई साम्प्रदायिक, जातिवादी पार्टी हो भनेर भन्छ भने त्यसलाई जवाफमा खोइ कहाँ छ प्रमाण देखाऊ भन्न डराउदैनौं ” । कार्यकारी अध्यक्ष सूर्यबंशीले भन्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कार्यकारी अध्यक्ष सूर्यबंशीले चौथो नगर सभाको सफलताको शुभकामना दिदै नेपालको निर्वाचन आयोगले जातिय, धार्मिक, भाषिक, साम्प्रदायिक विभेद फैलाउने पार्टी दर्ता हुदैन भनेर भनेको छ त ! २०४७÷४८ को संविधानमा, त्यो वेलामा दर्ता भएर आएको पार्टी हो राष्ट्रिय जनमुक्ती पार्टी भन्ने भनाइ राख्नु भएको थियो। देश र जनताको पक्षमा सधै उभिएको, भ्रष्टाचाको विरुद्धमा खडा रहेको र शिक्षा ,स्वास्थ्य , रोजगारीको पक्षमा सधै आवाज उठाइरहेको समेत सूयृबंशीले च्यालेन्ज गर्नु भएको थियो ।
कार्यक्रममा वोल्दै के देशमा साँच्चै नै गणतन्त्र आएको छ? भन्दै राष्ट्रिय जनमुक्ती पार्टी संघीय परिषदका उपाध्यक्ष हाजी डा. मोहम्मद हसनले प्रश्न गर्नु भयो। जबसम्म भ्रष्टाचार, गलत नियत र विचारको जरालाई जरैवाट उखेलेर फाल्न सकिदैन तबसम्म देशमा शान्ति सुरक्षा आमन चयनको परिकल्पना गर्न नकिने उपाध्यक्ष हसनले बताउनु भयो ।
यस्तै राष्ट्रिय जनमुक्ती पार्टी संघीय महासभा सचिव गीता सारुले स्थानिय युवाहरुलाई स्थनाीय स्तरमै रोजगारीको सुनिश्चतता गर्नु पर्छ भन्दै दक्ष युवालाई स्वदेशमा नै कर्मशील बनाउनु पर्नेमा जोड दिनु भयो । तिलोत्तमाको शंकरनगर वनबटिकामा भ्यु टावर निर्माणले त्यहाका क्षेत्रलाई समेट्न सक्छ तर युवाहरुको विदेशजाने क्रमलाई रोक्न नसकेको सचिव सारुले बताउनु भयो । सानासाना श्रोत र साधनको उपयोग गरेर युवालाई स्वदेशमा नै उद्यमशील बनाउन राष्ट्रिय जनमुक्ती पार्टी लागेको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको सचिव सारुले बताउनु भयो ।
यसैगरी कार्यक्रममा राष्ट्रिय जनमुक्ती पार्टी महासचिव टोप अस्लामी, मोजिव अली, राष्ट्रिय जनमुक्ती पार्टीसंघीय परिषद सदस्य अशोक पुन, वालकिशोर राना, राष्ट्रिय जनमुक्ती पार्टी केन्द्रिय अनुगमन तथा मुल्यांकन समिति सचिव तारा वलाल, जनमुक्ती युवा महासंघ केन्द्रिय समितिका अध्यक्ष शंकर गाहा, महासंघका वारिष्ठ उपाध्यक्ष सुन्दर गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
यस्तै मगरमहासंघका केन्द्रिय समितिका अध्यक्ष छत्र वहादुर दर्लामी, राष्ट्रिय जनमुक्ती पार्टी संघीय महासभा सदस्य नरजंग गुरुङ, डम्बर सिंह पुन मगर, वल बहादुर गुरुङ, शेर वहादुर गुरुङ, दुर्गा मगर, राष्ट्रिय जनमुक्ती पार्टी प्रदेश नं ५ का अध्यक्ष झमबहादुर गुरुङ , राष्ट्रिय जनमुक्ती पाटी जिल्ला रुपन्देहीका अध्यक्ष प्रेमबहादुर थापा, निर्वतमान जिल्ला सचिव दिलमाया गुरुङ लगायत पार्टीका प्रतिनिधि, शुभचिन्तक तथा स्थानीयहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
राष्ट्रिय जनमुक्ती पार्टी तिलोत्तमा नगर समितिका अध्यक्ष भुम वहादुर बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन प्रेम कनौजे मगरले गर्नु भएको थियो । तिलोत्तमाको मणिग्राम चोकदेखि शुरु भएको विशेष र्याली मंगलापुरमा आएर उद्घाटन समारोहमा परिणत भएको थियो । पार्टीको चौथो अधिवेशनको खुला सत्रमा विशेष झाकी तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।