१३ फागुन, कञ्चन
रुपन्देहीको कञ्चनमा कञ्चनको मध्यमकालिन खर्च संरचना तर्जुमा सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मध्यकालिन खर्च संरचना MTEF एफ अन्तर्गत आ.व. २०८१/०८२ -२०८३/०८४ तर्जुमा तथा क्षमता बिकास योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
अभिमुखीकरण कार्यक्रममा संघिय मामिला मन्त्रालयका गोविन्द के.सी.ले कञ्चनको योजना तर्जुमा गर्दा र त्यसको खर्च संरचना के कसरी गर्ने, श्रोत साधनको आंकलन र प्राथमिकताको क्षेत्रको निर्धारण गर्दा के कुरामा ध्यान दिने भन्नेबारे सहजिकरण गर्नु भएको थियो। कञ्चनका जनप्रतिनीधि र बिषयगत शाखाका शाखा प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा विनियोजन, कुशलता, कार्यान्वयन दक्षता र वित्तिय सुशासन, नीति आवधिक योजना र बार्षिक बजेट तथा कार्यक्रम बिचको सामञ्जस्यता, दायित्व पुर्वानुमानबारे अभिमुखीकरणमा सहजकर्ता के.सी.ले सहजिकरण गर्नु भएको थियो।
अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बार्षिक योजना तर्जुमा गर्दा संबिधानले प्रदत्त गरेको ऐन, नियम र कानुनबारेको ज्ञानको अभावका कारण स्थानीय तहले निर्माण गर्ने योजना र खर्च संरचनामा पारदर्शितालाई पुस्ट्याई गर्न नसक्दा जनप्रतिनीधि तथा कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धानको घेरामा पर्नु परेको बताउनु भयो। आवस्यक कानुन र ऐनको अध्ययन विना राजयको कुनै पनि श्रोत साधनहरुको परिचालन र खर्च संरचना तयार गर्ने कार्यको अन्त्यका लागि तालिम प्रभावकारी हुने कुरा अध्यक्ष ढकालले बिश्वास ब्यक्त गर्नु भयो।
अभिमुखीकरण कार्यक्रमको उद्धेश्य र औचित्यताबारे प्रकाश पार्दै कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले कञ्चन गाउँपालिकाले आगामी आ.व.मा हरेक खर्चको संरचना तयार गर्दा संघ र प्रदेशको ऐन र कानुनलाई आधार बनाउनु बिकल्प नरहेको बताउनु भयो। पालिकाको खर्च संरचना तय गर्दा आयोजनाहरुको प्राथमिकता, श्रोतको पहिचान हेरी प्राथमिकताको आधारमा कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न र निर्धारित अवधीमै सम्पन्न हुेन निश्चित्ता कायम गर्न, आफ्नो क्षमता भन्दा बाहिर गएर कुनै पनि योजना तर्जुमा गर्ने परम्पराको अन्त्य गर्न र पालिकाको नियमित कार्यलाई कानुन सम्बत अगाडी बढाउन सहयोग पुर्याउने उद्धेश्यका साथ अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत गौतमले बताउनु भयो।
कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रशासन प्रमुख तथा सूचना अधिकारी गिरीराज अर्यालले सहजिकरण गर्नु भएको थियो।