१३ फागुन, कञ्चन
रुपन्देहीको कञ्चनमा हरेक बर्ष महाशिवरात्रीको अवसरमा संचालन हुदै आइरहेको कञ्चन कपको १५ औं श्रृंखला यही फागुन १६ गते देखि संचालन हुदैछ। १५ औं श्रृंखलाको रुपमा संचालन हुन लागेको कञ्चन कप २०८० का लागि सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको हिमालय सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रूपन्देहीले जनाएको छ।
रुपन्देहीको फुटवल प्रतियोगिताको बिभिन्न श्रृंखला अन्तर्गत कञ्चनमा हुने यस फुटवल प्रतियोगितालाई कञ्चनको मात्र नभई रुपन्देहीकै एक प्रतिस्थित खेलको रुपमा हेरिदै आएको छ। राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ संचालन हुने प्रतियोगितामा देशभका उत्कृष्ट १० फुटवल टिमहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। फागुन २५ गते फाइनल प्रतिस्पर्धा हुने कञ्चनको एकमात्र गौरवमय फुटवल प्रतियोगिता २०८० को विजेताले २ लाख २५ हजार नगद सहित कप र मेडल प्राप्त गर्ने छ भने उपविजेता टिमले १ लाख १५ हजार रुपैया सहित कप र मेडल प्राप्त गर्ने हिमालय सामुदायिक बिकास केन्द्रका अध्यक्ष प्रकाश थापाले जानकारी दिनु भएको छ।
विगतका सवल पक्षहरुलाई आत्मसाथ तथा दुर्वल पक्षहरुलाई सिकाईको रुपमा ग्रहण गर्दै यस पटक खेल हेर्न आउने दर्शकहरुका लागि प्याराफिटको समेत ब्यबस्था गरी प्रतियोगिताको गरिमालाई अझ उच्च बनाउने अभ्यासमा रहेको आयोजक संस्थाले खेलमैदान सफाई, रंगरोगन र प्याराफिट निर्माणको कार्यलाई अन्तिम चरणमा पुराइरहेको आयोजकले जनाएको छ।
हिमलाय गोल्डकपको नामबाट फुटवल प्रतियोगितालाई १४ औं संस्करण देखि कञ्चन कपको रुपमा संचालन गर्न लागि रहेको हो । हिमायल आधारभुत बिद्यालयको खेल मैदान, कञ्चन ४ दियोमा हुने प्रतियोगिता अवलोकनका लागि दर्शकहरुले शुल्क तिर्नु पर्नेछ। प्रतियोगिताका लागि कञ्चन गाउपालिकाले आर्थिक सहयोाग गर्ने छ।
यस बर्षको कञ्चन कपमा प्रतिस्पर्धाका लागि सहभागी हुने टिमहरुको टाइसिट समेत प्रकाशित गरिसको छ। प्रतियोगितामा फुलबारी गाईज बुटवल, कपिलबस्तु-११, कपिलबस्तु, वि.पि. स्मृति भैरव स्पोर्टस क्लब नवलपरासी, विश्व शान्ति, एफ.सि.सालझण्डी, सम्पुर्ण एफ.सि.सुपौली, कञ्चन-११ (आयोजक), फर्साटिकर एफ.सि. शुद्धोधन, देवदह बोईज रूपन्देही, डोना ऐकेडेमी शितलापुर, फोर ब्रोदर्श एफ.सि. नवलपरासी गरी १० फुटवल टिमहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ।