१३ फागुन, कञ्चन
नेपाल मगर संघ, कञ्चन गाउँ कमिटिद्वारा संघको स्थापना दिवसको सन्दर्भमा "हाम्रो भाषा तथा संस्कृतिको संरक्षण र प्रबर्द्धनमा मगर अगुवाहरुको भुमिका"बिषयक अन्रकृया कार्यक्रम शनिवार सम्पन्न गरेको छ।
अन्तरकृयामा सहभागी वक्ताहरुले भाषा र संस्कृतिको अन्त्यसंगै पहिचान समेत नमोत हुने बताउदै आफ्नो भाषा, धर्म, संस्कृति, कला र साहित्यको संरक्षण र सम्बर्द्धन आफैबाट शुरु गर्नु पर्नेमा जोड दिएका छन। कार्यक्रममा मगर जातीको भाषा, कला र संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न अभियानको रुपमा सञ्चालन गर्नु पर्ने, भाषा कक्षा संचालनका लागि आवस्यक पहल र समन्वय गर्नु पर्ने बिषयहरुमा वक्ताहरुले जोड दिएका थिए।
अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले हाम्रो भाषा, धर्म, संस्कृति, कला साहित्य र संस्कार फरक भएकै कारण मगरजाती पनि राज्यको बिशिष्टिकृत जातीमा सुचिकृत भएको बताउनु भयो। हामीले हाम्रो जातिय पहिचानको संरक्षण र सम्बर्द्धनका लागि पुस्तारन्तरण गर्नु आवस्यक रहेको र त्यसका लागि हामी जुन ठाउँमा छौं त्यही ठाउबाटै अभियानलाई निरन्तरता दिनु पर्नेमा उपाध्यक्ष थापा मगरले जोड दिनु भयो। कञ्चन गाउँपालिकाको नागरिक बडापत्रलाई समेत मगर र थारु जातीको भाषामा प्रकाशन गर्ने अन्तिम तयारी रहेको उल्लेख गर्दै आफ्नो अस्तित्वका लागि दलगत रुपमा फरक फरक बिचार प्रति आस्थावान भएपनि भाषा कला संस्कृति र भेषभुषाको संरक्षणमा कोही कसैपनि फरक मत राख्न नहुनेमा उपाध्यक्ष थापा मगरले जोड दिनु भयो।
नेपाल मगर संघ, कञ्चनका अध्यक्ष कविराज काउचाको अध्यक्षतामा भएको कार्यक्रममा हाम्रो भाषा तथा संस्कृतिको संरक्षण र प्रबर्द्धनमा मगर अगुवाहरुको भुमिका बिषयक अन्रकृयाका लागि संघका उपाध्यक्ष थम बहादुर सिंजाली मगरले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
धनसिंह राना मगरको संचालनमा सम्पन्न कार्यक्रममा अन्त्तरकृयाको क्रममा उठेका बिषयमाथीको टिप्पणी हेम बहादुर थापाले गर्नु भएको थियो।मगर अगुवाहरुको सहभागिता रहेको कार्यक्रम दियो सभाहलमा सम्पन्न भएको हो।
नेपाल मगर संघ, कञ्चनले संघको स्थापना दिवसको अवसरमा भोली १४ गते खल्ला रक्तदान, आधारभुत बिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता, निवन्ध प्रतियोगिता, रसी तानातान, छेलोफाल र महिलाहरुका लागि चम्चा दौड प्रतियोगिता कार्यक्रम संचालन गर्ने भएको छ। यस्तै १५ गते लोक दोहोरी प्रतियोगिता सहित मगर कला र संस्कृतिका नृत्य, झांकी, सोरठी, घाँटु, मारुनी, कौराह लगायत प्रस्तुती रहने संघका उपाध्यक्ष थम बहादुर सिंजालीले जानकारी दि नु भएको छ।
भोली फागुन १४ गते हुने खुल्ला रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नका लागि सम्पुर्ण रक्तदाताहरुलाई संघले अनुरोध समेत गरेको छ।