११ फागुन, कञ्चन
श्री बुद्धदिप ईङ्गलिस बोर्डिङ्ग स्कुल, कञ्चन ५ रुपन्देहीको २४ औं बार्षिक उत्सव तथा खेल सप्ताह २०८० बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ। शैक्षिक क्षेत्रमा रुपन्देहीमै फरक पहिचान र अव्वलता कायम गर्न सफल सो बिद्यालयले बार्षिक उत्सवको सन्दर्भमा सप्ताहव्यापी खेलकुद कार्यक्रमहरु संचालन गरेको थियो।
बिद्यालयको बार्षिक उत्सवको अवसरमा शुभकामना मन्तव्य ब्यक्त गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले शिक्षा बिना कुनै पनि बिकासको परिकल्पना गर्न नसकिने बताउनु भएको छ। समुदायलाई सचेत र शिक्षित बनाउने क्षेत्र भनेको बिद्यालय भएकोले ती बिद्यालयहरुमा शिक्षण गर्दा बिधार्थीहरुलाई समाजप्रतिको उत्तरदायित्व बहन र कर्तब्यबारे समेत ब्यबहारिक शिक्षा दिनु पर्ने अध्यक्ष ढकालले जोड दिनु भयो। कुनै पनि भौतिक बिकासको दिगोपना र समुदायको अपनत्व कायम गर्न शिक्षा अनिवर्या हुने भन्दै अध्यक्ष ढकालले कञ्चनको शैक्षिकस्तरलाई राम्रो अंकमा गणनामा पुर्याउन बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुलको भुमिका अतुलनिय भएको बताउनु भयो।
उस्तै कार्यक्रमका बिशिष्ट अतिथिको रुपमा रहनु भएका प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले नेपालको शैक्षिक स्तर राम्रो बनाउन योगदान गरेका संस्थागत बिद्यालयको भुमिकालाई राज्यले गौण रुपमा राखेको आरोप लगाउनु भयो। प्याब्सन अध्यक्ष शर्माले यदि देशमा संस्थागत बिद्यालयहरुको स्थापना र संचालन हुदैनथ्यो भने नेपालको शैक्षिकस्तर नीति र योजनामा मात्र सिमित हुने बिचार ब्यक्त गर्नु भयो। राज्यले एकै किसिमका बिधार्थीहरुलाई राज्यबाट प्राप्त हुने सेवा सुविधाहरुमा समेत संस्थागत र सामुदायिक भनेर बिभेद गर्दै आइरहेको र यो बिभेदको अन्त्य हुनु जरुरी रहेको अध्यक्ष शर्माले बताउनु भयो।
कार्यक्रममा बिद्यालयमा संचालन गरिएका बिभिन्न खेलकुदहरुका विजेता तथा उपविजेता बिधार्थीहरुलाई सम्मान गरिएको थियो। यसैगरी बिद्यालयका शिक्षक शिक्षिका, कर्मचारीहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा बिधार्थी तथा शिक्षक कर्मचारीहरुले बिभिन्न सांस्कृतिक नृत्य तथा कला प्रस्तुत गरेका थिए।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष क्या. बिष्णु नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक लेखनाथ पौडेलले बिद्यालयको बार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
बिद्यालयका सहायक प्रधानाध्यापक देविराम पौडेलले स्वागत गर्नु भएको कार्यक्रममा भरतमणी सापकोटा, हेम बहादुर थापा, प्याब्सन लुम्बिनीका सह सचिव कृष्ण प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो। यस्तै बिद्यालयको बार्षिक उत्सवको सन्दर्भमा बिद्यालयमा पुस्तक प्रदर्शनी समेत गरिएको कार्यक्रमको संचाल शिक्षक हिमाल अधिकारीले गर्नु भएको थियो।