४ फागुन, कञ्चन
हरैया बहुमुखी क्याम्पस कञ्चन ३ हरैया रुपन्देहीको १७ औं बार्षिक उत्सव सम्पन्न भएको छ।
क्याम्पसको बार्षिक उत्सव समापन समारोहको मुख्य कार्यक्रमको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकालाई उच्च शिक्षाको मुख्य केन्द्र बनाउन हरैया बहुमुखी क्याम्पसको भुमिका महत्वपुर्ण रहेको बताउदै उच्च शिक्षा हासिल गरेका बिधार्थीहरुबाट निराशा नभई देशमै बसेर केही गर्न सकिन्छ भन्ने भावनाको बिकास गर्नु पर्नेमा जोड दिनु भएको छ। क्याम्पसबाट प्रदान हुने उच्च शिक्षालाई अझ गुणस्तरिय, ब्यबस्थित र समय अनुसार माग हुने बिभिन्न बिषयहरु थप्दै जानु पर्ने भएकोले हाल तयार भइरहेको भौतिक संरचना र जनशक्तीलेमात्र धान्न नसक्ने भएकोले आवस्यक जग्गा र पुर्वाधारहरुको ब्यबस्थापनमा स्थानीय तह पनि सम्बेदनशिल भएको अध्यक्ष ढकालले बताउनु भयो।
यस्तै कञ्चन गाउपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चन र कञ्चनसंग जोडिएका स्थानीय तहका बिधार्थीहरु जो उच्च शिक्षा अध्ययनका लागि घरबाट बाहिर निस्किन नसकेकाहरुका लागि उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान हरैया बहुमुखी क्याम्पसको अवधारणा अगाडी सारिएको स्मरण गर्नु भयो। क्याम्पस स्थापना पश्चात बिधार्थीहरुको अभाव त भएन तर आर्थिक र भौतिक पुर्वाधार ब्यबस्थापनको समस्याले क्याम्पस सञ्चालन र ब्यबस्थापनमा केही बर्ष समस्या देखिएपनि स्थानीय सरकार, स्थानीय, अभिभावक तथा शुभेच्छुकहरुको सहयोगले बिस्तारै क्याम्पसले हरेक पक्षमा गति लिदै गइरहेको क्यु ए एको प्रमाणिकरणको हैसियतमा पुगेको निवर्बतमान अध्यक्ष क्षेत्रीले बताउनु भयो।
यसैगरी कञ्चन गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले हरैया बहुमुखी क्याम्पसको हरेक पक्षको बिकास र बृद्धिका लागि वडा र सम्बन्धित सरोकार पक्ष्ँसंग समन्वय र सहकार्य गरी अगाडी बढ्न सदैब तत्पर रहदै आएको र आगामी दिनहरुमा पनि त्यसको निरन्तरता रहने प्रतिबद्धता जनाउनु भयो।
हरैया बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश खनालले क्याम्पसको बार्षिक शैक्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा अमर रोका, हरैया बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका निवर्तमान अध्यक्ष लिला कुमारी पौडेल, मोहम्मद इश्लाम, प्रेमचन्द्र पोख्रेल, हिमा बेलवासे लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा क्याम्पस संचालनका लागि सहयोग गर्नु हुने आजिवन क्याम्पस सभा सदस्यहरुलाई सम्मान गरिएको कार्यक्रममा क्याम्पसबाट उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने बिधार्थीहरुलाई समेत सम्मान गरिएको कार्यक्रममा बिधार्थीहरुले बिभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए।
क्याम्पस संचालन समितिका अध्यक्ष चुडामणी शर्माको अध्यक्षता तथा उपाध्यक्ष लेखनाथ पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा लेखापाल कपिलमणी पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।
शिक्षा शास्त्र र ब्यबस्थापन शास्त्र संकाय अध्ययन अध्यापन हुदै आइरहेको उक्त कयाम्पसमा करिब ७ सय बिधार्थीहरु अध्ययनरत छन।